काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक कार्की ब्यांकेट बबरमहलमा शुरु भएको छ ।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजित नभएको र दुई तिहाइ केन्द्रीय सदस्य आफूहरुकै पक्षमा रहेकाले मूल पार्टी आफूहरू नै भएकाे दाबी गर्नुभयाे ।
नेपालले मूल पार्टीमाथि दागा नधर्न र आँखा नलगाउन केपी ओली समूहलाई चेतावनी दिनुभयाे । पार्टी एकता गर्दा भएको सहमति ओलीले पालना नगरेकाले उनलाई कारबाही गरी अध्यक्षबाट हटाएकाे बताउनुभयाे ।
ओली गुटगत गतिविधिमा लागेकाे आरोप नेपालले लगाउनुभयाे ।
















