No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बालबालिका ‘बुलिङ’को शिकार भइरहेका त छैनन् ?

बालबालिका ‘बुलिङ’को शिकार भइरहेका त छैनन् ?

खासगरी विद्यालयमा पढ्न गएका बालबालिकामाथि शारीरिक मात्र होइन, मानसिक यातना पनि दिइरहेका हुन्छन् । यस्ता यातना न बाहिर देखिन्छन्, न बालबच्चाले खुलेर त्यसको विरोध गर्न सक्छन् । तर, त्यस्ता यातानाले उनीहरुलाई भित्रभित्रै सताइरहेको हुन्छ । यस्तो यातना शिक्षक, विद्यालयका कर्मचारी वा आफ्नै सहपाठीबाट समेत हुनसक्छ ।

नेसनल सेन्टर फर एजुकेसनल स्टाटिस्टिक्सका अनुसार १२ देखि १८ वर्ष उमेरका विद्यार्थीहरूमध्ये एक तिहाइलाई विद्यालयमा बुलिङ हुने गरेको छ ।

भौतिक बुलिङमा शारीरिक दुव्र्यवहार, सजाय दिने, धकेल्ने, पिट्ने, थुक्ने  झगडा गर्नेजस्ता कार्यहरू पर्छन् । त्यस्तै शारीरिक हानि गर्ने किसिमका धम्की दिने र जबरजस्ती केही कार्यहरू गर्न लगाउने पनि यसैमा पर्छन् ।

भावनात्मक बुलिङमा कसैलाई होच्याउने, कसैलाई नराम्रो नाम राखेर बोलाउने, नराम्रो प्रतिक्रिया दिने, जिस्क्याउने, गालीगलौज गर्ने आदि कुरा पर्छन् । यसमा पीडितलाई बहिष्कार गर्ने प्रयास पनि पर्छ । जस्तै ः एक्लै छोडिदिने वा वास्ता नगर्ने आदि ।

भावनात्मक रूपमा गरिने बुलिङमा कसैको सामान लुकाइदिने वा अर्कै ठाउँमा राखिदिने कामहरू पनि हुन्छन् । भावनात्मक बुलिङ प्रत्यक्ष रूपमा वा साइबर बुलिङको माध्यमले पनि हुनसक्छ ।

अनेकथरी बुलिङ

प्याक बुलिङ भनेको समूहले गर्ने बुलिङ हो । अष्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार प्याक बुलिङ विद्यालयहरूमा अत्यधिक मात्रामा हुने गरेको छ र यो व्यक्तिगत बुलिङभन्दा धेरै लामो समयसम्म चलिरहन्छ ।

प्याक बुलिङमा शारीरिक, भावनात्मक बुलिङ वा साइबर बुलिङ पर्छन् । यस्तो बुलिङ विद्यालयको चौरमा, विद्यालयको हलवेमा, भ¥याङमा,  खेलमैदानमा, जिमखानामा, कक्षाकोठामा वा स्कूल बसमा पनि हुनसक्छ ।

व्यक्तिगत बुलिङ भनेको एकले अर्कोलाई गर्ने (वान-अन-वान) बुलिङ हो । जुन अनलाइन मार्फत, प्रत्यक्ष गरिने शारीरिक वा भावनात्मक बुलिङ हुनसक्छ । सन् २००९ मा अष्ट्रेलियामा गरिएको एक अध्ययनअनुसार यो प्राथमिक विद्यालयमा धेरै हुने गरेको छ ।

व्यक्तिगत बुलिङ प्याक बुलिङ हुने जुनसुकै स्थानमा पनि हुनसक्छ र प्याक बुलिङ नहुने सानो क्षेत्र जस्तै बाथरुममा पनि हुनसक्छ ।

विद्यालय बुलिङका माध्यम

फेस–टु–फेस बुलिङ

यसमा विद्यार्थीले एक अर्कालाई प्रत्यक्ष रूपमा चुनौती दिन्छन् ।

साइबर बुलिङ

अनलाइन मार्फत प्रत्यक्ष रूपमा गरिने बुलिङमा इमेल, च्याट रुम, सामाजिक सञ्जाल, टेक्स्ट म्यासेज, इन्स्ट्यान्ट म्यासेज, वेवसाइट पोस्टिङ वा ब्लग आदिको माध्यमबाट हुन्छ । साइबर बुलिङकर्ताले आफ्नो परिचय लुकाउन सक्छन् र पीडितले अज्ञात आक्रमणको रूपमा त्यस्तो बुलिङ खेप्न सक्छन् । साइबर बुलिङमा इमोसनल बुलिङमा हुने सबै थोक पर्छन् ।

विद्यालयमा हुने बुलिङको लक्षित समूह

होमोफोबिक बुलिङ कहिलेकाहीँ अरूभन्दा अलि फरक मानिन्छ किनभने यसको निश्चित लक्षित समूह छ ।

शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूमाथि हुने बुलिङको पनि लक्षित समूह हुन्छ ।

रंगभेदी बुलिङमा कुनै विशेष वर्णको वा संस्कृतिको मानिसलाई लक्षित गरिएको हुन्छ ।

धार्मिक बुलिङले विशेष धार्मिक मान्यता भएका मानिसहरूलाई लक्षित गरेको हुन्छ ।

बुलिङसम्बन्धी केही तथ्य

-एनसिइएसको रिपोर्ट अनुसार मध्य कक्षाहरू (६–७) मा सिनियर स्कूलमा भन्दा पनि धेरै बुलिङ हुन्छ ।

-भावनात्मक बुलिङ सबैभन्दा धेरै प्रचलित बुलिङ हो । त्यस्तै शारीरिक रूपमा गरिने बुलिङ दोस्रो प्रचलित बुलिङमा पर्छ ।

-साइबर बुलिङ मध्यम कक्षाका विद्यार्थीमा खासै हुँदैन तर यो विद्यालयको अन्तिम तीन वर्षमा भने धेरै हुन्छ ।

-धेरैजसो बुलिङ विद्यालय परिसरभित्रै हुन्छ जुन खेलकुद मैदानमा अलि कम र विद्यालयमा अझै कम हुन्छ ।

-मध्यम कक्षाका विशेषगरी ६ कक्षाका विद्यार्थीलाई बसमा धेरै बुलिङ गरिएको हुन्छ ।

-बुलिङबाट ६ कक्षामा पढ्नेहरूलाई धेरै शारीरिक चोट लाग्ने, ८–९ पढ्नेलाई अलि कम र हाइस्कूलकालाई निकै कम चोट लाग्ने गरेको छ ।

बुलिङबाट पीडितहरूमा विभिन्न प्रकारका समस्याहरू देखिन्छन् 

-आत्मसम्मानको कमी

-अरूलाई विश्वास गर्न गाह्रो हुने

-आत्मविश्वासको कमी

-चाँडो रिसाउने

-रिस नियन्त्रण गर्ने

-एक्लै बस्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा#समाजिक#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
ओलीको आमसभा नारायणहिटी दरबार अगाडि

ओलीको आमसभा नारायणहिटी दरबार अगाडि

सभामुखले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस (पत्रसहित)

सभामुखले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस (पत्रसहित)

प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

सरकारी खर्चमा प्रधानमन्त्री ओलीको ‘चुनावी’ दौडाहा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .