No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द

नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द

काठमाडौं । कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।

झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउनुहुन्छ । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।”

झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमावर्ती बजार भएकाले भारतको पिथौरागढ जिल्लाका ग्राहक नेपाली सामान किन्न आउने गरेका थिए तर अहिले सीमानाका बन्द भएकाले व्यापारी सङ्कटमा परेका हुन् । गएको चैतदेखि सीमानाका बन्द भएसँगै भारतीय ग्राहकमा निर्भर रहेको झुलाघाट बजार पूर्णरुपमा बन्द रहेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपाली सामग्री किन्नका लागि भारतको पिथौरागढबाट समेत ग्राहक आउने गरेका थिए तर कोरोनाको महामारीले नाका बन्द भएपछि ग्राहक आउन सकेका छैनन् ।”

नाका बन्द भएपछि झुलाघाटमा ४० भन्दा बढी व्यापारीको व्यापार व्यवसाय चौपट भएको छ । चैतदेखि नै पसल बन्द गरेर घरमा बस्नुपरेको व्यापारी डम्मर जोशीले गुनासो सुनाउनुभयो । उहाँले भन्नुभयो, “तयारी कपडा किन्नका लागि भारतीय ग्राहक आउने गर्दथे । खास गरेर हिउँदको समयमा धेरै ग्राहक आउने गर्दथे । अहिले सीमानाका बन्द भएपछि व्यवसाय पूरै खस्किएको छ ।”

सीमानाका खुला भएको समयमा नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् तर नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ । भारतीय व्यापारीको मुख्य बजार नेपालको क्षेत्र भएकाले यो झुलाघाट बजारसमेत सुनसान बनेको भारतीय पत्रकार प्रमोद भट्ट बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सीमावर्ती दुवै देशका व्यापारीलाई निकै समस्या रहेको छ । सीमानाका बन्द हुँदा व्यापार व्यवसाय चौपट भएको छ ।”

सीमानाका खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीले आन्दोलनसमेत गर्दै आएका छन् । केही दिनअघि उनीहरुले सीमा पुलमै धर्ना दिएर आन्दोलन गरेका थिए । झुलाघाट नाका खोल्ने निर्णय नेपाल सरकारले गरेको भए पनि भारतीय पक्षले शुक्रबारसम्म सहमति जनाएको छैन । नेपाल सरकारले नाका खोलेको भए पनि भारतीय पक्ष भने नाका खोल्न सहमत नरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नाका खोल्ने विषयमा हामीले नेपाल सरकारको निर्णयसहित जानकारी गराइसकेका छौँ । नेपाल सरकारले नाका खुला गरेको भए पनि यसमा भारतीय पक्ष सहमत भएको छैन ।” लामो समयदेखि नाका बन्द हुँदा सीमावर्ती बजारका व्यापारीले भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् ।

नाका नियमित खुल्ने

नेपाल सरकारले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाट नाकासहित कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको खलङ्गा गरी चार नाका खोल्ने निर्णय गरिसकेको छ । यसअघि झुलाघाट नाकामा अत्यावश्यक काम परेकाका लागि सोमबार र शुक्रबार हप्ताको दुई दिन आवतजावत गर्न दिइएको थियो । अब भने नियमितरुपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमानाकामा आवतजावत गर्न दिइने भएको हो । तर भारत सरकारले भने यसअघि पनि नाका खोल्न सहमत नदेखिएकाले अझै पनि कहिले सहमत हुने भन्ने टुङ्गो नलागेको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपाल सरकारले गरेको निर्णयसहित भारतीय पक्षलाई पत्राचार गर्छौं, भारतले सहमति जनाएको दिनदेखि नै नाका नियमित सञ्चालनमा आउँछ ।” नाका पुनः सञ्चालनमा आएपछि सीमावर्ती बजारको व्यापारले गति लिने उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नाका बन्द हुँदा खस्किएको व्यापार व्यवसाय नाका नियमितरुपमा सञ्चालनमा आएपछि सहज हुने विश्वासमा छौँ ।”

लयमा फर्किदै जिल्लाको व्यापार व्यवसाय

कोरोना महामारीका कारण ठप्प रहेको जिल्लाभित्रको व्यापार व्यवसाय पछिल्लो समय लयमा फर्किदै गएको छ । कोरोनाको जोखिम हुन नदिन सरकारले गएको चैत महीनादेखि बन्दाबन्दी घोषणा गरेसँगे बैतडीमा पनि सबै व्यापारिक कारोवार प्रायः ठप्प रहेको थियो । पहिल्ला केही महीनादेखि बन्दाबन्दी खुकुलो गर्दै व्यापार व्यवसाय यातायात खोल्ने सरकारको निर्णयपछि भने यहाँको बजार पनि खुलेका हुन् । बजार खुलेसँगै व्यापार व्यवसाय पनि लयमा फर्किन थालेको बताइएको छ ।

“कोरोना कहरले गर्दा निकै घाटा व्यहोरेका यहाँका व्यापारीको व्यापारिक कारोवार बल्ल ठीक ठाउँमा आउँदैछ, सङ्घका अध्यक्ष चन्दले भन्नुभयो, “व्यापार व्यवसायले पनि गति लिँदै गएको छ हाल बजार क्षेत्रमा पनि किनमेल गर्नेको भीडभाड विस्तारै बढ्दै गएको छ ।” सीमानाका सञ्चालनको बेला दुवै देशका नागरिक वारिपारि सामग्री किनमेल गर्न आवतजावत गर्ने गर्दर्थे ।

पहिले व्यापारिक प्रयोजनका लागि हार्डवेयरका सामग्री यो नाकाबाट आयात हुने गरेकामा केही वर्षदेखि भने यी सामग्रीको आयात घट्दै गएको छ । यो नाका हुँदै बैतडीलगायतका जिल्लामा उत्पादन हुने ठूलो परिमाणको घ्यू भारत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गाईभैँसी पाल्ने घट्दै जाँदा घ्यूको निर्यात पनि निकै कम परिमाणमा हुने गरेको जनाइएको छ । यस्तै नेपालमा उत्पादित तरकारीलगायतका कृषिउपज पनि यो नाका हुँदै भारत जाने गरेको छ । भारतीय ग्राहक भने चिनीयाँ र कोरियाका सामग्री किन्न यहाँ आउने गर्दथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
सहिदको शालिक छेउबाट अर्को जनआन्दोलनको माग !

सहिदको शालिक छेउबाट अर्को जनआन्दोलनको माग !

काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .