No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सहिदको शालिक छेउबाट अर्को जनआन्दोलनको माग !

सहिदको शालिक छेउबाट अर्को जनआन्दोलनको माग !

पोखरा । २०६२/०६३ को जनआन्दोलनको रापताप बढ्दै थियो । २६ चैतको बिहान पोखरा पृथ्वीनारायण क्याम्पस बगरदेखि राजनीतिक दल र विद्यार्थीको र्‍याली महेन्द्रपुलतिर आउँदै थियो । महेन्द्रपुल आइपुग्दा आन्दोलनमा ठूलो संख्या मिसिइसकेको थियो ।

महेन्द्रपुल चोकमै नेपाल टेलिकमको छतमा नेपाली सेना बसिरहेको थियो । सेनाले आन्दोलनलाई अगाडि बढ्न नदिएपछि आक्रोशित भीडबाट टेलिकमतिर ढुंगा हान्यो । सेनाले गोली चलायो । काभ्रे, उग्रचण्डीका भीमसेन दाहाल भुइँमा भुक्लुक्क ढले ।

दाहाल दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो सहिद बने । महेन्द्रपुल चोकनेर उनै दाहालको शालिक बनाइएको छ ।
शनिबार दोस्रो जनआन्दोलनका प्रथम सहिद तिनै भीमसेनको शालिकअघि उभिएर कवि, लेखक तथा नागरिकले तेस्रो जनआन्दोलनको आहृवान गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध शनिबार भएका नागरिक आन्दोलनका सहभागीले संविधानको रक्षाका लागि तेस्रो जनआन्दोलन गर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् ।

****

दोस्रो जनआन्दोलनमा सहभागी समेत नभएका युवा पुस्ता अहिले सडकमा छन्, उनीहरु मध्ये एक हुन २१ वषर्ीय सुदर्शन पौडेल ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम आफैंले बनाएको संविधानकै खिलाप भएको उनको निश्कर्ष छ । माघ १२ गते काठमाडौंमा बृहत नागरिक आन्दोलनमाथि प्रहरीले दमन गरेपछि पोखरामा पनि नागरिक आन्दोलनको आवश्यकता देखे । पौडेलसहित १० जनाको सहजीकरणमा शनिबार कवि, कलाकार तथा नगरिक महेन्द्रपु्ल चोकमा जम्मा भए र ओलीप्रति औंला ठड्याए ।

‘बाजे, बा पुस्तादेखि हामी नाति पुस्तासम्म एउटै कुराका लागि कति पटक सडकमा चिच्याउनुपर्ने हो ?’ कार्यक्रमको सहमजीकरण गर्दै पौडेलले भने, ‘एउटा अमुक व्यक्ति विधि र विधानभन्दा माथि कदापि हुन सक्दैन । त्यो हो भने तानाशाही प्रवृत्तिको सुरुआत हो । त्यसको विरोध गर्छौं ।’

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, लेखक गनेस पौडेल, निर्मला न्यौपाने लगायतले सनकी शासकले विवेक गुमाएको आरोप लगाए ।

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संविधानका हस्ताक्षरकर्ताबाटै बज्रपात भएको बताए । व्यक्तिगत लहडमा संसद विघटन गरेर जनताको अभिमतलाई कुल्चिने काम ओलीले गरेको मुल्मीको भनाइ थियो । ‘संसद विघटन प्रतिस्थापन, विघटन, चुनाव जे भए पनि घाटा आखिर नेपाललाई नै हुने हो । यसपछि ठूलो आर्थिक संकट भोग्नुपर्ने अवस्था देखिन्छ,’ मुल्मीले भने, ‘एकजना व्यक्तिको स्वार्थले जनता सडकमा आउनुभन्दा ठूलो विडम्बना नहोला ।’

लेखक गनेस पौडेलले घर झगडाका कारण ओलीले सिंगो गाउँमै आगो लगाएको बताए । संसदको मात्रै नभएर ओलीले संविधानको विघटन गरेको पौडेलको आरोप छ । ‘चुनावमा पहिलो भएर एउटा पार्टी प्रधानमन्त्रीको कुर्सी ताकेर बस्छ । अर्को एउटा पार्टी सूर्य चिन्ह कसको भागमा पर्ला भन्ने चिन्ताले ग्रसित छ । संविधान र देशको चिन्ता लिने राजनीतिक दलको ठूलो उपस्थिति छैन ।’

अब पनि नबोली बस्ने हो भने त्यो ठूलो आत्मघात हुने पौडेलको भनाइ छ । ‘जब संविधानमाथि कू गर्छन् त्यो नेपाल आमाको थाप्लोमाथि गरेको कू र आमाको टाउकोमा हानेको लात्ती हो,’ पौडेलले भने, ‘अब पनि बोलेनौ चुप लागेर बस्यौं भने योभन्दा ठूलो आत्मघात र राष्ट्रघात अरु हुँदैन ।’

कवि र कलाकारहरुले गीत प्रस्तुत गरे । संगम सांस्कृतिक मञ्चका विकास लुंगेलीको समूहले गीत प्रस्तुत गर्दै भन्यो-

थुन थुन तिमीलाई हेर्ने आँखाहरु थुन
नांगिएको तिम्रो रुप हेर्न नदिन
अध्याँरोमै राख्ने भए राँको किन बाल्यौ,
निरंकुशता लाद्ने भए राजा किन फाल्यौ ?

कलाकारहरुले प्रतिगमनको विरोध गर्नु नेकपाको प्रचण्ड-नेपालको पक्षमा लाग्नु नभएको बताए । नागरिक आन्दोलनकै अभियान्ता निर्मला न्यौपानेले ओलीको कदमले व्यवस्था नै धरापमा परेको बताइन् । अर्की अभियन्ता आस्था नेपालीले ओलीको कदमले देशको संविधान नै अँध्यारोमा धकेलिएको बताइन् ।

त्यसअघि पोखरा मानव अधिकार चोकबाट सुरु भएको विरोध र्‍याली चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित सहिद भीमसेन दाहालको शालिक अघि पुगेर कोण सभामा परिणत भएको थियो ।

तस्वीर सौजन्यः पुकार पुर्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

काठमाडौंमा बर्ड फ्लु : तारकेश्वरमा २३ सय पन्छी नष्ट गरियो

मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दीरबारे किन बोल्नु हुन्न ?

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दीरबारे किन बोल्नु हुन्न ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...