No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गगनलाई विद्यासुन्दरको पत्र-तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस्

गगनलाई विद्यासुन्दरको पत्र-तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस्

 काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभाग र काठमाडौं क्षेत्र नम्बर ४का पूर्वसांसद गगन थापालाई जवाफी पत्र पठाएको छ । महानगरपालिकाले पुरातत्व विभागलाई कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको आरोप लगाएको छ । थापासँग भने कमलपोखरीमा उनका पहलमा भएका कामहरूको विवरण पठाउन पत्रमा भनिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पत्र नै काटेर कमलपोखरीमा कंक्रिट प्रयोग भएको विवादका विषयमा पुरातत्व विभागले आफूहरुसँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

‘टेण्डर प्रक्रियामार्फत विगत दुई वर्षदेखि भइरहेको कमलपोखरी निर्माणको कामको बारेमा काठमाडौं महानगरपालिकासँग कुनै राय-परामर्श नगरी एक पक्षीय रुपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायहरुबिच समन्वय नभएको सन्देश प्रवाह हुने तथा पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ,’ पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचार पुर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ ।’

काठमाडौं महानगरपालिका र वडा नम्बर-१ काठमाडौं महानगरपालिकाको नाममा लेखेको पत्र संख्या ०७७/०७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नु अघि नै विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको भन्दै विभागलाई महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पुर्नर्निमाण सुरु भएको लामो समयसम्म अनदेखा गरेर बसेको पुरातत्व विभागले निर्माणकार्यको अन्तिम चरणमा आएर गरेको कार्य उचित नभएको बताए ।

उनले रानीपोखरीको जस्तो कमलपोखरीको इतिहास नरहेको भन्दै लामो समयसम्म ढलको रुपमा रहेको कमल पोखरीलाई महानगरले सुन्दर पोखरी बनाउन लागेको बताए ।

‘रानीपोखरी ऐतिहासिक सम्पदा हो तर, कमलपोखरी ऐतिहासिक पोखरी हो,’ ज्ञवालीले भने, ‘सम्पदा  संरक्षण र सम्र्बद्धन गर्ने कुरामा हाम्रो कुनै कमी रहँदैन । घाँसले भरिएको कमलपोखरीलाई व्यवस्थित गर्दै स्थानीयको समेत सहमतिमा पोखरी पुर्ननिमार्णको काममा महानगरपालिका अघि बढेको हो ।’

पुरातत्व जस्तो राज्यको निकायले समेत विकास निर्माणका कार्यमा असहयोग गर्न खोज्नु राम्रो नभएको काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुखको तर्क छ ।

‘कमलपोखरी र रानीपोखरी एउटै हो भन्ने भ्रम फिजाउने काम भैरहेको छ । त्यो गलत छ,’ उनले भने, ‘राजनीतिक दलका प्रतिनिधि अभियन्ता र स्थानीयवासीसँग विभिन्न चरणमा छलफल गरेर नै हामीले पोखरी पुर्ननिमाणको डिजाइन तयार गरेका हौँ ।’

गगनलाई पनि पत्र

त्यसैगरी काठमाडौं ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि तत्कालीन संघीय सांसद गगन कुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उनले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘कमल पोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौँ महानगरपालिकाको प्रमुखलाई सम्बोधन गरिएको मिति २०७७/०९/२६को पत्र प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईंसमेतसँग पटक-पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईंबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईंको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रमुख शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ-संस्था सबैसँग पटक-पटक छलफल गरेर सबैको सहमतिमै कमलपोखरी पुनर्निर्माण अघि बढाएको बतउँदै आएका छन् ।

‘कमलपोखरीको विकास तथा सुधारका लागि माननीय कुमार थापाले विगतमा गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न हामीले उहाँलाई पत्र पठाएका छौं,’ शाक्यले भने, ‘उनले सबै विवरण पठाई सहयोग गरे लगत्तै कमलपोखरी पुनर्निर्माणबारे सकेसम्म कमलपोखरीमै पत्रकार सम्मेलन गर्ने तयारीमा छौं ।’

काठमाडौं महानगरपालिका पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षणको अभियानमा रहेको उनले बताए । ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौं, पोखरी नै बनाउन खोजेका हौँ,’ शाक्यले भने, ‘काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
निर्वाचन आयोगको स्पष्टीकरण : नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं

निर्वाचन आयोगको स्पष्टीकरण : नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं

कोभिडविरुद्धको खोप अभियान : दोस्रो दिन २९ हजारले लगाए

कोभिडविरुद्धको खोप अभियान : दोस्रो दिन २९ हजारले लगाए

अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने विश्वास छ : नेता पौडेल

अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने विश्वास छ : नेता पौडेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...