No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देउवाले नेकपालाई यसरी फुटाइदिए

देउवाले नेकपालाई यसरी फुटाइदिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटाएको आरोप खेप्नु परेको छ । देउवाका कारण प्रधानमन्त्री केपी ओलीले नेकपा फुटाएको आरोप लगाउनेहरू धेरै छन् । चियापसलहरूमा देउवाले नेकपा फुटाएको भनेर धेरैका कुरा सुन्न पनि पाइन्छ । नेकपा चिर परेको छ । तर, कानूनी रुपमा विभाजन भएको छैन ।

सभापति देउवाले ओलीलाई संवैधानिक परिषदको बैठकमा साथ नदिएको भए सायद नेकपा फुट्ने सम्भावना निकै कम थियो । त्यति मात्रै होइन ओलीले संसद विघटन गर्दा पनि देउवासँग परामर्श गरेका थिए । देउवाले ग्रीन सिग्नल दिएपछि ओलीले हतार हतारमा संसद विघटन गरेको आरोप पनि छ ।

हुन त ओलीलाई भारतको दवावमा संसद विघटन गरेको भनेर आरोप पनि लागेको छ । भारतले अहिलेसम्म नेपालको प्रतिनिधि सभा विघटन भएको विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न नमानेका कारण कतै भारतले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ त दिएको छैन भनेर आशंका पनि बढेको छ ।

भारतले संसद विघटन गराउन आफ्ना दूतहरूलाई नेपाल पठाएको भनेर आरोप पनि लागेको थियो । भारतले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बरु चीनले नेकपा फुटेकोमा चिन्ता जनाएको छ । प्रतिनिधि सभा विघटन भएकोमा पनि चीन चिन्तित भएको छ । चीनले अहिले पनि नेकपा मिलेर जाओस् भन्ने पक्षमा छ । चीनका दूतहरू काठमाडौंमा नेकपाका नेताहरूलाई भेटेर मिल्न दवाव सिर्जना गरिरहेका छन् ।

कांग्रेसले यो मौकालाई सहि रुपमा सदुपयोग गर्नुपर्ने बेला आफैभित्र झगडा गरेका छन् । संसद विघटनको विषयमा एउटै स्वर बनाउन सकेका छैनन् । यसले गर्दा नेकपा फेरि एकजुट हुने हुन् कि भन्ने अर्को आशंका उब्जिएको छ ।

नेकपा एक हुँदा कांग्रेसका नेता कार्यकर्ताहरू नुन खाएका कुखुरा जस्तो भएर बसेका थिए । नेकपा फुटेपछि बल्ला कांग्रेसभित्र श्वास आएको छ । तर, राष्ट्रपतिको लोभमा रामचन्द्र पौडेलले फरक बहस चलाउँदा कम्युनिस्टहरूलाई फाइदा हुने देखिएको छ ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पौडेललाई राष्ट्रपति पद दिन्छन् भन्ने भ्रममा पर्न नहुने सुझाव नेताहरूको छ ।

नेकपा फुटाउन भूमिका खेलेको आरोप लागेका देउवाको हाइट बढेको छ । अबको १४औँ महाधिवेशनमा देउवालाई सभापति जित्न झन् सजिलो भएको छ । त्यति मात्रै होइन देउवालाई प्रधानमन्त्री बन्ने अवसर पनि जुटेको छ । देउवालाई अवसर आएको देखेरै पौडेलले संसद पुनःस्थापना र प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।

संसद पुनःस्थापना भएपनि देउवालाई नै फलिफाप हुनेछ । बरु संसद पुनःस्थापनाभन्दा निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदा हुनेछ । कांग्रेस सत्तामा जाने ठूलो सम्भावना छ । त्यसो भयो भने देशको अवस्थालाई कांग्रेसले सुधार गरेर लैजान सक्नेछ । यो विषयमा कांग्रेसले जिम्मेवार भएर ध्यानुपर्ने कार्यकर्ताहरू सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या

नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या

कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनको घोषणा

कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनको घोषणा

चीनबाट अवैधरुपमा भित्र्याइएका ठूलो परिमाण मदिरा बरामद

चीनबाट अवैधरुपमा भित्र्याइएका ठूलो परिमाण मदिरा बरामद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .