• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !


सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !

 काठमाडौं । केही वर्ष अघिदेखि नै नेपाली सेयर बजारमा स्टक डिलर कम्पनी आवश्यकताबारे चर्चा हुन्थ्यो । भलै ढिलै भए पनि नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

धितोपत्र व्यवसायी -धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले धितोपत्र व्यापारीको कार्य सन्चालन गर्न अनुमति दिएको जनाएको छ ।

अनुमति पाएको कम्पनी नागरिक लगानी कोषकै सहायक कम्पनी हो । नेपाली सेयर बजारमा यो नयाँ भएका कारण पनि स्टक डिलरको विषयमा धेरैलाई जानकारी नहुन सक्छ ।

के काम गर्छ स्टक डिलरले ?

स्टक डिलरलाई नेपालीमा धितोपत्र व्यापारी पनि भनिन्छ । अर्को भाषमा यसलाई बजार निर्माता समेत भन्ने गरिएको छ । अन्य देशहरुमा पुरानै भए पनि नेपालमा यो नयाँ हो । स्टक डिलरको कारोबार गर्न पाउने नेपालको पहिलो कम्पनी नै नागरिक स्टक डिलर हो ।

अब यसले बजारबाट आफ्नो नाममा सेयर खरिद गर्न सक्छ । खरिद गरेको सेयर कम्पनीले बिक्री गर्न सक्छ । स्टक डिलरको मुख्य काम भनेको नै आफ्नो नामबाट सेयर खरिद वा बिक्री गर्ने हो ।

स्टक ब्रोकर कम्पनीहरुले जस्तो अर्काको नाममा सेयर खरिद गर्ने काम भने यसले गर्दैन । जति खरिद गर्छ आफ्नै नाममा खरिद गर्ने हो र आफूसँग मौज्दात रहेसम्म सेयर बिक्री गर्ने हो ।

अन्य कम्पनीहरुको सेयर खरिद बिक्री गरे पनि आफैंले जारी गरेको सेयरको भने खरिद-बिक्री भने गर्न पाउँदैन । धितोपत्र व्यवसायी नियमावली, २०७४ मा स्टक डिलरलाई चाहिने पूर्वाधार तथा अन्य आवश्यक विषयहरु समेत उल्लेख गरिएको छ ।

अहिले कुनै व्यक्तिले आदेश दिँदा ब्रोकर कम्पनीहरुले सेयर खरिद वा बिक्री गर्ने गरेका छन् । तर स्टक डिलरले यस्तो गर्दैन ।

अन्य स्टक डिलरको प्रवेश खुला

जानकारहरु स्टक डिलरको प्रवेशले पुँजी बजारलाई सकारात्मक असर पर्ने बताउँछन् । नागरिकको प्रवेशले अन्य स्टक डिलरहरुको प्रवेशलाई खुला गरिदिएको छ । जस्तो- शिवम सिमेन्ट आईपीओ जारी गर्ने पहिलो सिमेन्ट उद्योग हो । शिवमले आईपीओ जारी गरेपछि अन्य सिमेन्ट कम्पनीहरु पनि धमाधम आईपीओ जारी गर्ने तरखरमा छन् । यस्तै नागरिकको प्रवेशपछि अन्य स्टक डिलरहरु पनि आउन सक्ने बोर्डको अनुमान छ ।

स्टक ब्रोकर एशोसिएनका पूर्वअध्यक्ष भरत रानाभाटले स्टक डिलरको प्रवेशले बजारलाई स्थिर बनाउन सहयोग पुर्याउने बताउँछन् । घटेको बेला खरिद गर्ने र पछि बिक्री गर्ने भएका कारण यसले बजारलाई स्थिर बनाउन राम्रो सहयोग पुग्ने उनले बताए ।

‘यसले माउ कम्पनीबाट ऋण लिएर पनि सेयरमा लगानी गर्न पाउँछ, व्यक्तिगत लगानीकर्ताहरुले जस्तो थोरै होइन,’ उनले भने, ‘उसँग त ठूलो ब्लकमा सेयर हुन्छ, बजार माथि जाँदै गर्दा सप्लाई दिँदै-दिँदै जान्छ जसले गर्दा धेरै चाँडो माथि जान पाउँदैन, यसले दुर्घटनाबाट जोगाउँछ ।’

नेपालमा अधिकांश लगानीकर्ता व्यक्तिगत नै छन् । संस्थागत लगानीकर्ताहरु कम भएका कारण लगानीकर्ताहरु बजार घट्दा आत्तिने र बढ्दा मात्तिने जस्तो भइरहन्छ । स्टक डिलरले यस्तो हुन नदिने पूर्वअध्यक्ष रानाभाट बताउँछन् । तल आउँदा किन्ने र माथि जाँदा बेच्ने भएकाले यसले तल पनि धेरै तल आएका बेला बिक्री गरेर नहिँड्ने उनी बताउँछन् ।

स्टक डिलरहरु हुँदा समग्र बजारलाई राम्रो हुन्छ : बोर्ड

नागरिक स्टक डिलरले कारोबारका लागि अनुमति पाउनु पुँजी बजारका लागि राम्रै विषय भएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरी बताउँछन् । नागरिक स्टकले अनुमति पाएपछि अन्य स्टक डिलरहरु आउने बाटोसमेत खुला भएको छ । भोलिका दिनमा धेरै स्टक डिलरहरु हुँदा समग्र बजारलाई राम्रो हुने कार्यकारी निर्देशक गिरीको भनाइ छ ।

यसले बजारलाई स्थायित्व दिनका लागि समेत मद्दत पुग्ने उनले बताए । ‘स्टक डिलरको काम भनेको मार्केट स्टेबल बनाउने त होइन, तर उनीहरुको कारोबारले मार्केटलाई स्टेबल बनाउन मद्दत पुग्छ,’ उनले भने, ‘यो भनेको व्यक्ति होइन संस्था हो, संस्थासँग रिसोर्स हुन्छ बजार विश्लेषण गर्न सक्छ यसकारण पनि राम्रो असर पर्नेछ ।’

स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् ।

बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र पाएर धितोपत्र व्यापारीको काम गर्न सक्ने व्यवस्थालाई समेटी २०७६ फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।

यसले सेयर खरिद गरेर वृद्धि भएपछि बिक्री गर्ने हो । मानौं, कुनै कम्पनीको सेयर मूल्य १ हजार १ सय रुपैयाँ छ भने त्यसलाई खरिद गर्ने र पछि १ हजार २ सय पुगेपछि बिक्री गर्छ । यसरी किनेको र बिक्री भएको मूल्य बिचको अन्तर (एक सय रुपैयाँ) नै स्टक डिलर कम्पनीको नाफा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ग्लोबल मनी वीकमा लहानका विद्यार्थीलाई शेयर बजारबारे सचेतना
  • २०७७ माघ १२, सोमबार ०९:४२
  • In "मधेश प्रदेश"
  • एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का
  • २०७७ माघ १२, सोमबार ०९:४२
  • In "देश"
  • शेयर बजारमा प्रवेश गर्नु अघि के जान्नुपर्छ? लहानको जे.एस.क्याम्पसमा विद्यार्थीहरूलाई प्रशिक्षण
  • २०७७ माघ १२, सोमबार ०९:४२
  • In "BannerNews"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

दक्षिण एसिया र तालिबानबारे कसरी प्रस्तुत होलान् बाइडन ?

प्रधानमन्त्री ओलीले गरे पशुपतिमा पूजा

आन्दोलन कति कति, फेरिएन दुर्गति !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version