• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दक्षिण एसिया र तालिबानबारे कसरी प्रस्तुत होलान् बाइडन ?


दक्षिण एसिया र तालिबानबारे कसरी प्रस्तुत होलान् बाइडन ?

 काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले पदभार सम्हालेसँगै अब अमेरिकाको नीति विश्वभर कस्तो रहला भन्ने चर्चा सुरु भएको छ । के बाइडनको कार्यकालमा अमेरिकाले दक्षिण एसियाप्रतिको नीति फेर्ला त ? एशियाली मुलुकहरुमा यसबारे चासो बढेको छ ।

अनुदारवादी नेताको छवि बनाएका डोनाल्ड ट्रम्प हटेसँगै अब अमेरिकाको विदेश नीति परिवर्तन हुन सक्ने अपेक्षा छ । यद्यपि केही नीतिहरुलाई भने बाइडनले पनि निरन्तरता दिने बताइसकेका छन् ।

दक्षिण एसिया अमेरिकाका लागि सधैँ महत्वपूर्ण रहँदै आएको छ । विशेषगरी पछिल्लो समय दक्षिण एसियाली मुलुकमा चीनले आफ्नो प्रभाव बढाउँदै लगेकाले पनि यो क्षेत्र उसका लागि महत्वपूर्ण बनेको हो ।

अमेरिकाको टि्वन टावरमा आतंकवादी आक्रमण हुनुभन्दा पहिला आतंकवाद नियन्त्रण, सैन्य र सहयोगमा पाकिस्तान अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक थियो । तर, त्यसयता भने अमेरिकाले पाकिस्तानमाथि आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

यसअघि अमेरिकाले पाकिस्तानलाई आर्थिक सहायता दिँदै आएकोमा ट्रम्पले त्यसलाई रोकिदिएका थिए । चीनसँगको बढ्दो मैत्रीसम्बन्धलाई ध्यानमा राख्दै बाइडनले पाकिस्तानलाई उक्त सहयोग पुनः नदिन पनि सक्छन् ।

दक्षिण एसियामा भारतसँगको अमेरिकाको सम्बन्ध बाइडनको कार्यकालमा पनि महत्वपूर्ण रहने छ । चीनविरुद्धको नीति कार्यान्वयनका लागि पनि अमेरिकालाई भारतको साथ चाहिने भएकाले बाइडनले पनि भारतलाई साथै लिएर अघि बढ्न सक्ने जानकारहरु बताउँछन् ।

बाइडनको कार्यकालमा पनि चीन अमेरिकाका लागि सबैभन्दा टाउको दुखाइको विषय बन्न सक्छ । भारतले रुससँग हतियार खरिद गरेको लगायतका विषयमा अमेरिकाले असन्तुष्टि व्यक्त गर्दै आए पनि दक्षिण एसियामा बढ्दो चिनियाँ प्रभाव कम गर्न भारतसँग सहकार्य गर्नु बाइडनका लागि महत्वपूर्ण हुने जानकारहरुको भनाइ छ ।

बंगलादेश दक्षिण एसियाको उच्च आर्थिक वृद्धिदर भएको मुलुक हो । तर, उसको अमेरिकासँगको आर्थिक कारोबार भने सीमित छ । यस्तोमा बाइडनको कार्यकालमा बंगलादेशसँग पनि अमेरिकाको आर्थिक सम्बन्ध थप विस्तार हुन सक्ने अपेक्षा छ । पछिल्लो समय बंगलादेशको चीनसँगको सम्बन्ध पनि बढ्दो क्रममा रहेकाले अमेरिकासँग सम्बन्ध सुधार हुनेमा आशंका भने कायमै छ ।

हिन्द महासागरको रणनीतिक हिसाबमा निकै महत्वपूर्ण क्षेत्रमा अवस्थित श्रीलंकामा अहिले चीनको राम्रो प्रभाव छ । बाइडनलाई श्रीलंकामा प्रजातन्त्रको पक्ष बलियो बनाउँदै चीनको प्रभाव सीमित पार्नु पनि एक चुनौती हुनेछ ।

दक्षिण एसियामा नेपाल, भुटान र माल्दिभ्ससँगको सम्बन्ध भने बाइडनको कार्यकालमा पनि समान रहने पक्काजस्तै छ । ट्रम्पका पालामा पनि यी मुलुकको सम्बन्धमा खासै उतार-चढाव नदेखिएकाले बाइडनको कार्यकालमा पनि यो नीति कायम रहनेछ ।

अफगानिस्तान र तालिबानसँगको सम्बन्ध

बाइडनको कार्यकालमा उनको अफगानिस्तान र तालिबानबारे लिने निर्णय भने अबको चार वर्षका लागि निकै महत्वपूर्ण हुनेछ । बाइडनले यसअघि तालिबानसँग अमेरिकाले गरेको सम्झौतामा पुनर्विचार गर्ने बताइसकेका छन् ।

तालिबानले ट्रम्पका पालामा भएको सम्झौता पालना नगरेकाले यसबारे पुनर्विचार गर्नुपर्ने अवस्था आएको बाइडनको प्रशासनले बताइसकेको छ । यस्तोमा आगामी दिनमा शान्ति पुनः स्थापना हुने वा युद्ध झन् भयावह बन्ने भन्ने आशंका अफगानिस्तानमा देखिएको छ ।

अफगानिस्तान लामो समयदेखि जारी गृहयुद्धको अन्त्य पर्खिरहेको छ । पाकिस्तानले पनि बाइडनलाई ट्रम्प प्रशासनले तालिबानसँग गरेको सम्झौताबाट बाहिर ननिस्किन अनुरोध गरिसकेको छ । अफगानिस्तानमा शान्ति पुनः स्थापनाको लागि पाकिस्तानको पनि भूमिका महत्वपूर्ण रहने विश्लेषकहरुको भनाइ छ ।

यस्तो परिस्थितिमा अफगानिस्तान, पाकिस्तान र तालिबानलाई मिलाउनु बाइडनको लागि मुख्य चुनौती हुनेछ । यद्यपि बाइडनको प्रशासनले तालिबानसँग हिंसा कम गर्ने, आतंकवादी संगठनसँगको साँठगाँठ घटाउँदै लैजाने र मानव अधिकारको पालना गर्नेलगायत शर्त कार्यान्वयन गर्नुपर्ने शर्तलाई प्राथमिकतामा राखेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकामा बाइडन : नेपाल नीतिमा के परिवर्तन आउला ?
  • २०७७ माघ १२, सोमबार ०९:४५
  • In "देश"
  • बाइडनको विश्व नीति : प्रजातन्त्र र मानव अधिकार प्राथमिकतामा, चीनप्रति नरम
  • २०७७ माघ १२, सोमबार ०९:४५
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकाको तिब्बत कानुनले चीनलाई प्रत्यक्ष चुनौती
  • २०७७ माघ १२, सोमबार ०९:४५
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

प्रधानमन्त्री ओलीले गरे पशुपतिमा पूजा

आन्दोलन कति कति, फेरिएन दुर्गति !

कसरी हुन्छ युरिक एसिड ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version