No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महोत्तरीमा एउटै टोलका १६ जनालाई सर्पले टोकेको भन्दै संत्रास फैलिएपछि….

महोत्तरीमा एउटै टोलका १६ जनालाई सर्पले टोकेको भन्दै संत्रास फैलिएपछि….

महोत्तरी : महोत्तरीको भंगहा नगरपालिका ५ राजपुरटोलकी ४५ वर्षीया जैमुन खातुनलाई बिहीबार विषालु सर्पले टोक्यो । धानखेतमा जाँदै गरेको बेला विषालु सर्पले टोकेपछि उपचारको लागि सिरहाको बन्दीपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो ।

उनको शवलाई ईस्लाम धर्म परम्परा अनुसार सोहि टोल नजिक रहेको कव्रग्राहमा गाडियो । सो घटना सेलाउन नपाउँदै शुक्रबार साँझ सोही टोलमा १५।१६ जनालाई पालैपालो सर्पले डसेको भन्दै त्रास फैलियो ।

साँझ ५ बजेदेखि राति १० बजेसम्म अदृश्य सर्पले १५।१६ जनालाई टोक्यो भन्ने कुराको जानकारी टोलकै सकिला खातुनले भंगहाका नगरप्रमुख संजिव साहलाई दिइन् । नगरप्रमुख अचम्ममा पर्दै संचार माध्यमलाई जानकारी गारए । संचार माध्यममा समाचार सार्वजनिक हुँदा चारैतिर सनसनी फैलियो । एउटै टोलमा कसरी कुन सर्पले १६ जनलाई टोक्यो होला भन्ने कौतुहल्ता त्रासको विषय बन्यो ।

राति नै सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना मुस्लिम समुदायको महिला र एकजना सरदार थरका पुरुषसहित ८ जनालाई बर्दिबास स्थित सर्पदशं उपचार केन्द्रमा भर्ना गरियो ।
अदृश्य सर्पले धेरैलाई टोकेको भन्दै आफुलाई पनि पटक पटक जानकारी आएको भंगहा नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवकुमार महतोले बताए ।

‘घटना सुन्दा म आफै आश्चर्यमा परे । कुरा बुझ्दै जाँदा आफुलाई सर्पले टोको भनेर बेहोस् भएका ८ जनालाई उपचारका लागि बर्दिबास स्थित सर्पदशं उपचार रकेन्द्रमा भर्ना गरिएको रहेछ’, वडाध्यक्ष महतोले टुडेपाटीसंग भने ‘शुक्रबार त्यहिकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएकाले सायद उनीहरुलाई डरले आफुहरुलाई सर्पले टोकेको हो भन्ने भ्रम भएको रहेछ । बिहान उपचारमा रहेकाहरुको अवस्था बुझ्दा सबैको अवस्था समान्य छ । कसैलाई विष लागेको छैन । त्यसैले उनीहरुलाई भ्रम नै भएको रहेछ ।’

यता बर्दिबास सर्पदंश उपचार केन्द्रले भर्ना भएका ८ जना उपचार पश्चात घर फर्केका जनाएको छ । सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले भने ‘सर्प टोकेको भन्दै आठैजना बेहोस् अवस्थामा आएका थिए । अहिले सबै उपचार पश्चा निको भएर घर फर्केका छन् । उनीहरुको जिउमा कतैकुनै सर्पले टोकेको चिनो छैन । विष पनि लागेन ।’

स्थानीय एक महिलाको सर्पले टोक्दा मृत्यु भएको र नजिकै शव गाडेकाले डराएर आफुहरुलाई सर्पले नै टोक्यो भनेर मनोवैज्ञानिक कारणले बेहोस् भएको हुन सक्ने सर्पदंश उपचार केन्द्रका अध्यक्ष देवकोटाको भनाइ छ ।

भंगहाका नगरप्रमुख संजिव साहले आफुलाई राति नै १६ जनालाई सर्पले टोकेको भनेपछि आश्चर्यमा परेको बताए । सोहि अनुसार संचारमाध्यमलाई पनि जानकारी गराएको तर पछि बुझ्दै जाँदा उनीहरुलाई सर्पले टोकेको भ्रम भएको उनको भनाइ छ । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार, भत्ताको नाममा प्रमुखले झ्वाम पारे १२ लाख

औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार, भत्ताको नाममा प्रमुखले झ्वाम पारे १२ लाख

निधिको दावी स्वभाविक र आधारपूर्ण, निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन

निधिको दावी स्वभाविक र आधारपूर्ण, निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन

नेपाल–भारतबीच मंगलबार द्विपक्षीय वार्ता हुँदै

ओली–मोदीबीच फोन संवाद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .