No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यूएनएचसीआरको टोली फर्कियो, ७ हजार भुटानी शरणार्थी अलपत्र

यूएनएचसीआरको टोली फर्कियो, ७ हजार भुटानी शरणार्थी अलपत्र

विराटनगर । शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थीको अलपत्र परेका छन् ।

शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च परिषदको टोली फर्किएपछि शिविरमा स्वदेश र्फकन र तेस्रो देश पुनर्स्थापना पर्खिएर बसेका भुटानी शरणार्थीहरु अलपत्र परेका हुन् ।

शनिश्चरे शिविरमा रहेका चारसय ६२ जना दर्तामा छुटेको उनको भनाइ छ । ‘यता आएपछि रोजिरोटीको खोजीमा हिँडेकाहरु दर्ता हुन छुटे,’ उनले भने, ‘पछि आएकाहरु बसिरहेका छन् । तर तिनिहरुको रेकर्ड अझै कायम भएको छैन ।’

भुटान सरकारले बस्न नदिएपछि २०४९ सालमा शरणार्थीहरु नेपाल प्रवेश गरेका थिए । पटक पटक भुटान र्फकने प्रयास गरे पनि उनीहरुले पाएका छैनन् ।

यूएनएचसीआरको टोली फर्किएपछि सबै काम नेपाल सरकारले गर्ने भनिएको छ । जसका लागि जिल्ला प्रशासन कार्यालय झापाले दुईजना फोकल पर्सन पनि तोकिएको छ । तर तेस्रो मुलुक पुनर्वासका लागि नेपालको पहलले मात्र सम्भव नरहेको उनले बताए । दाता नै फर्किएपछि अब झिनो आश मात्रै बाकीँ रहेको राईको भनाइ छ ।

‘अब सबै काम सरकारले गर्ने भनेको छ । स्थानीय तहले शिक्षा,स्वास्थ्य र खानेपानी हेर्ने जिम्मेवारी पाएको छ,’ उनले भने, ‘२०१९ मा शनिश्चरेले शिक्षा स्वास्थ्यको जिम्मेवरी लिएको छ । २०२० बाट बेलडागीको जिम्मा स्थानीय तहले लिएको छ ।’

उनका अनुसार नेपाल सरकारले एक पटक पहल गरिदिने हो भने बिछोडिएको परिवारको पुनर्मिलन हुने बताए । ‘स्वदेश फीर्तीको आशा कम भयो, पुनर्मिलनका लागि पर्खिरहेका छन् धेरै मानिस,’ उनले भने, ‘स्वदेश फिर्तीका लागि नेपाल सरकारले पहल गर्या । तर भुटानले मानेको छैन ।’

आय आर्जनको बैकल्पिक बाटो, फेरियो जीवनशैली

शरणार्थीलाई सुरुका केही वर्ष दात्री निकाले खाद्यान्य उपलब्ध गराएर राख्यो । पुनर्वासमा लैजान थालेपछि भने सहयोग गर्न छाडेको छ । पछिल्लो समय शरणार्थीहरु आय आर्जनको वैकल्पिक स्रोत प्रयोग गरिएका छन् ।

शिविरमा प्रया घरबाट एक जना पुनरवासका लागि विदेश गएका छन् । तिनले पठाएको पैसाले धेरैको गुजारा चलिरहेको नरबहादुर साम्पाङले बताए । तेस्रो मुलुक पुनर्वासको जीवनस्तर धेरै माथि उक्लिएको शिविर सचिव राईको भनाइ छ । ‘गुजाराको मुख्यमस्रोत तेस्रो देशमा गएका आफन्तहरु नै हुन्,’ उनले भने, ‘स्थानीयस्तरमा पनि आयआर्जनको काम गर्न गरिरहेका छन् ।’

तेस्रो मुलुक पुनरवासले शरणार्थीको दैनिकी फेरिएको उनले बताए । नियमित रेमिट्यान्स आउँदा शरणार्थीको जीवन शैलीमा सकारात्मक परिवर्तन ल्याएको बताए ।
शरणार्थीको जीवनशैली फेएसिँगै त्यस क्षेत्रमा अर्धपक्की संरचना पनि निर्माण भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार एक लाख २७ हजार पुनर्वासका लागि विभिन्न सातवटा देश पुगेका छन् ।

नेपाली बन्ने चाहाना

भुटानले फर्काउन नचाहेका कारण अधिकांश शरणार्थी तेस्रो मुलुक पुगे । पुनर्वास जान नपाएका र स्वदेश र्फकने झिनो आस भएकाहरु नेपालमा छन् । २८ वर्षयता नेपालमै बसेकाहरुले स्थानीयकरण गर्न माग गरेका छन् ।

‘पुनर्वास र स्वदेश फिर्तीको सम्भावना कम छ,’ शिविर सचिव राईले भने, ‘हाम्रो माग नेपाल सरकारले स्थानीयकरण गरिनुपर्छ भन्ने पनि छ ।’ नेपाली नागरिकको मान्यता पाए शरणार्थी क्याम्प नरहने उनले बताए ।

‘स्थानीयकरणको अवसर आयो भने क्याम्पमा शरणार्थी रहदैनन्,’ उनले भने, ‘वर्षौैसम्म यहीँ बसियो, यही ठाउँको माया छ, नेपाल सरकारले स्थानीयकरणको अवसर पनि दिनुपर्छ ।’ पटक पटक हिडेरै भुटान र्फकन खोज्दा भारतले बाटोमा नै रोकेको स्मरण गर्दै उनले भने, ‘स्वदेश र्फकन पाउने भए तेस्रो देशको विकल्प आउने थिएन् ।’

स्थानीयकरणका लागि पहल गरिदिने दात्री निकाय नै नहुँदा समस्या भएको उनले बताए । ‘ हिजो यूएनएचसीरआरले हाम्रो कुरा सुन्थ्यो । गुनासो गर्न पाइन्थ्यो । आफ्नो निकायमार्फत पहल पनि गर्थे,’ उनले भने,’ अहिले अन्योल छ । कसलाई पहल गर्ने ।’

शरणार्थी शिविरमा रहेका नरबहादुर साम्पाङ नेपालमै बस्न पाउनु पर्ने बताउँछन् । उनका एक छोरा एक बुहारी तेस्रो देश पुगेका छन् । आफ्ना पुर्खा नेपालबाट नै गएका कारण नेपालीकरण हुन पाउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

विज्ञापन बोर्डद्वारा मध्यरातिदेखि चुनावी विज्ञापन हटाउन आग्रह

विज्ञापन बोर्डद्वारा मध्यरातिदेखि चुनावी विज्ञापन हटाउन आग्रह

फागुन २१ को निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार बन्द

फागुन २१ को निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार बन्द

नेपाल रेलले प्रतिनिधि सभा निर्वाचनका लागि जयनगर–जनकपुर सेवा ३ दिन बन्द

नेपाल रेलले प्रतिनिधि सभा निर्वाचनका लागि जयनगर–जनकपुर सेवा ३ दिन बन्द

Next Post
अब सरकारी सेवा हातहातमै, कागजात बाेक्ने र लाइन बस्ने झन्झट अन्त्य

अब सरकारी सेवा हातहातमै, कागजात बाेक्ने र लाइन बस्ने झन्झट अन्त्य

प्रभु बैंकलाई सफल बनाएका भट्टचनको यात्रा अब कता ?

प्रभु बैंकलाई सफल बनाएका भट्टचनको यात्रा अब कता ?

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

मध्यपूर्व तनाव चर्किँदै: अमेरिकाद्वारा नागरिकलाई तत्काल स्वदेश फर्किन आपतकालीन आग्रह

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

बेलायतले इरानमाथि आक्रमणमा प्रत्यक्ष सहभागिता नभएको दोहो¥यायो

बेलायतले इरानमाथि आक्रमणमा प्रत्यक्ष सहभागिता नभएको दोहो¥यायो

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

युएइले १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोन रोक्यो

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

मारिने इरानी उच्च अधिकारीको संख्या ४० भन्दा धेरै

इरानका सर्वोच्च नेता कतिबेला, कहाँ र कसरी मारिए ?

विज्ञापन बोर्डद्वारा मध्यरातिदेखि चुनावी विज्ञापन हटाउन आग्रह

विज्ञापन बोर्डद्वारा मध्यरातिदेखि चुनावी विज्ञापन हटाउन आग्रह

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .