No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अब सरकारी सेवा हातहातमै, कागजात बाेक्ने र लाइन बस्ने झन्झट अन्त्य

अब सरकारी सेवा हातहातमै, कागजात बाेक्ने र लाइन बस्ने झन्झट अन्त्य

काठमाण्डाै । के तपाईँ सरकारी सेवा लिनुपर्दा अहिले पनि आवश्यक कागजात बोकेर कुनै कार्यालयमा घण्टाैँ लाइनमा बस्दै आउनुभएको छ ? हरेक कामपिच्छे आफ्ना महत्त्वपूर्ण कागजात फोटोकपी गरेर फाइल पनि त तयार गर्दै आउनुभएकै होला ? यस्ता झञ्झटलाई हटाउने गरी नेपाल सरकारले नयाँ एप्सको विकास र नमुना परीक्षण सुरु गरेको छ । यस एप्समा नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एकको नम्बरलाई आफ्नो नाममा रहेको मोबाइलबाट एक ‘क्लिक’ गरेपछि त्यहाँबाट आफ्ना सबै विवरण स्वतः प्राप्त हुनेछ र त्यसैका आधारमा सम्बन्धित कार्यालय तथा सेवासँग सिधै पहुँच स्थापित हुनेछ ।

यो नयाँ कार्यक्रमले नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ । नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् । एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

विगतका कतिपय कार्यालयले प्रविधिको प्रयोग गरी केही अभ्यास नगरेको होइन तर त्यो अलि प्रभावकारी नभएको गुनासो आइरहेका बेला सरकारले अझै उच्चस्तरको प्रविधिको प्रयोग गरी कागजात बोक्ने र लाइन बस्ने झञ्झटकाे अन्त्य गर्ने पहलका रूपमा यस एप्सको कार्यक्रम ल्याएको हो । अब आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजात साथमा बोकेर हिँडिरहनुपर्ने झन्झटहुँदैन । एप्समा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रक्रिया थाल्न सकिन्छ ।

अहिले गृह मन्त्रालममा दुई करोड १५ लाख नागरिकताको डिजिटल विवरण भण्डार भइसकेको छ । मतदाता परिचयपत्रका आधारमा औँठा छाप र फोटोसहित एक करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगसँग छ । झण्डै ६५ लाख बढी नागरिकको राहदानीको विवरण परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागमा सुरक्षित छ । यी तीनै ठाउँमा रहेका विवरणलाई प्रयोग गरी त्यस एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्र समेतलाई जोड्ने योजना सरकारको छ ।

सरकारले २०७६ कात्तिक ५ गते देशकाे आर्थिक रुपान्तरण र समृद्धिमा सूचना प्रविधिका माध्यमबाट सघाउन ल्याएको डिजिटल नेपाल, फ्रेमवर्क, २०७६ स्वीकृत गरी कार्यान्वयनमा ल्याएपछि यो एप्स यस क्षेत्रमा एक महत्त्वपूर्ण कडी मानिएको छ । समय सापेक्ष सूचना प्रविधिको प्रयोगमार्फत विभिन्न सेवा क्षेत्र र निकायका कार्यान्वयनको कार्यायोजना समेटिएको त्यस फ्रेमवर्क (कार्यढाँचा) मन्त्रिपरिषद्को २०७६ कात्तिक ५ गतेको बैठकले पारित गरेको थियो ।

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने उद्घोषसहित नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले याे एप्सको ‘बेटा भर्सन’ परीक्षणका रूपमा शुभारम्भ गर्नुभएको हो । नेपालका हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवा सर्वसुलभ ढङ्गले मोबाइलबाटै प्राप्त गर्न सकिने भएकाले नागरिक एप अधिकतम प्रयोग गरी लाभ लिन मन्त्री गुरुङले आग्रह गर्नुभएको थियो ।

“लाइन होइन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप” भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाइ गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाका दिन पनि सेवा लिन सकिनेछ । यसको नमुना परीक्षण तीन महिनासम्म हुनेछ । अनलाइनबाटै नागरिकता, लाइसेन्स जस्ता सेवा लिन पाउनका लागि भने विद्युतीय हस्ताक्षरसम्बन्धी अलग्गै कानुन आउन आवश्यक रहेको सरकारी अधिकारीको भनाइ छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि ‘एण्ड्राेइड’ मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एक स्टोरबाट याे एप डाउनलोड गर्न सक्नेछन् । अहिले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिनेछ । त्यस सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।

डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेअनुसार सरकारले नागरिकलाई प्रदान गर्ने सेवा एकीकृत तथा अन्तरआबद्ध गरी सहज र प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारी कामकारबाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइने उद्देश्यअनुसार एउटा कार्यका रूपमा नागरिक एप सार्वजनिक गरिएको हो । यो नयाँ कार्यक्रमले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका साथै सहस्राब्दी विकास लक्ष्य समेतलाई योगदान दिने ठानिएको छ ।

एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवा थप गर्दै लगिनेछ । अहिलेलाई परीक्षणका रूपमा अघि बढाइएको नागरिक एपबाट प्रवाह गरिने सरकारी सेवा पारदर्शी, भरपर्दो र सुरक्षित हुनेछ । नागरिक एप प्रयोग गर्ने कार्यविधि सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

फ्रेमवर्कले आठ वटा कार्यक्षेत्र (डोमिन) र ८० वटा क्रियाकलाप (पहल) भएको फ्रेमवर्क कार्यान्वयनसँगै देशमा जारी सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) बिछ्याउने कार्यले पनि तीव्रता पाइरहेको छ । फ्रेमवर्कमा सेवा प्रवाहमा चुस्तताका साथै विद्युतीय भुक्तानी, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, हवाई, ट्राफिक व्यवस्थापन, उद्योग र वित्तीयलगायत क्षेत्र समेटिएको थियो । सूचना प्रविधिको युग सुहाउँदो सेवा र पहुँच विस्तारका लागि मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेटलगायतका अत्याधुनिक सञ्चार सेवालाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन सूचना महामार्गले सेतुको भूमिका निर्वाह गर्नेछ । नेपाल दूरसञ्चार प्राधिकरणले मध्यपहाडी लोकमार्गमा पर्ने प्रदेश १, २ र ३ मा पर्ने विभिन्न ठाउँमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल टेलिकमलाई दिएको छ ।

‘डिजिटल पूर्वाधारको समृद्धिको आधार, हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’को नाराका साथ सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत प्राप्त हुने अन्य लाभका अतिरिक्त यो प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत थप पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनका लागि आधार तय हुनेछ ।

कसरी प्रयोग गर्ने ?

यो एप्स प्रयोग गर्न निकै सजिलो छ । स्मार्ट मोबाइलामा नागरिक एप्स डाउनलोड गरेपछि त्यसभित्र गएर प्रयोग गर्न सकिन्छ । आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट यो एप्स र यसमा रहेको सुविधा लिन सकिन्छ । मोबाइल नम्बर राखेपछि कसको नाममा दर्ता छ भनेर एप्सले स्वचालितरुपमा पत्ता लगाउँछ । नागरिकता नम्बरबाट नै एप्सले सम्बन्धित निकायको प्रणालीमा पहुँच बनाउन सक्छ । उदाहरणका लागि कुनै कार्यालयले दिने सेवामा तपाईँको प्यान विवरण चाहिने भयो, प्यान नम्बर राखेकै भरमा एप्सले राजस्व विभागको प्रणालीबाट सोझै विवरण प्राप्त गर्न सक्छ, जसका कारण तपाईँले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनु पर्दैन ।

केन्द्रदेखि पालिकाले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एप्सबाट प्राप्त गर्न सकिन्छ । पालिका सरकारले प्रदान गर्ने ६४ मध्ये ४० बढी सेवा यही एप्सबाट प्राप्त गर्न सकिनेछ । कुनै पनि विवरण भर्नु र अपलोड गर्नु नपर्ने भएकाले पनि नागरिकलाई सजिलो हुनेछ । नागरिक एप्स चलाउन यति सजिलो छ कि एक क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि आफै आवेदन भरिन्छ ।

सरकारका विभिन्न निकायमा भएका नागरिकका प्रमाणित विवरण यसले स्वचालितरूपमा रुजु गर्छ । यसलाई कसैबाट पनि फेरबदल वा किर्ते गर्ने सम्भावना नै हुँदैन । एप्समार्फत पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्धसरकारी सेवा प्रदान हुनेछ । यसको प्रयोगले नागरिको सहजताका साथै सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारको सञ्चालन खर्च कटौतीमा ठूलो सहयोग गर्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

Next Post
प्रभु बैंकलाई सफल बनाएका भट्टचनको यात्रा अब कता ?

प्रभु बैंकलाई सफल बनाएका भट्टचनको यात्रा अब कता ?

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक होऔँ : रामचन्द्र पौडेल

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक होऔँ : रामचन्द्र पौडेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .