संसद विघटनविरुद्ध माइतीघरमा डम्फूसहित नागरिक समूहको प्रदर्शन

काठमाडौं । वृहत नागरिक समूहले संसद विघटनको विरोधमा काठमाडौंमा डम्फूसहित प्रदर्शन गरेको छ ।

साताव्यापी विरोध कार्यक्रम अन्तर्गत उनीहरुले माइतीघरमा सोमबार डम्फूसहित प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता रहेको थियो ।