• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल


समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल

संजय यादव, मंसिर २६, शुक्रबार
गोलबजार, सिरहा

सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले समाज बदलिन पहिला आफुलाई नै बदलिन सके समाज परिवर्तन गर्न ज्यादा समय नलाग्ने बताएका छन् । कानूनले दिएको अधिकार उपयोग गरि समाजमा देखिएका बिकृती, बिसंगती, अंधविश्वास जस्ता कुरितिहरु हटाउन हरबखत समुदायसंगै रहेको बताए । सिरहाको सुखीपुर नगरपालिका वार्ड नं ७ शिब चौक बलही स्थित दलित परिवर्तन समाज सुखीपुरको आयोजनामा भएको ”बाल बिवाह, दाईजो प्रथा तथा लागु औषध दुबर््सन न्यूनिकरण” बिषयक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कणेलले यस्तो बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कणेलले भने, बाल विवाह, दाइजो प्रथा तथा लागु औषध समाजमा आगोको भुस जस्तै सल्किदै गईरहेकोले सचेत नागरिकहरुले यसलाई सही बाटोमा ल्याउन आजै देखि अग्रसर भई पहल गर्न आहवान गरे । प्रमुख अधिकारी कणेलले थपे, बाल विवाह, दाइजो, लागु औषधको कारोवारी कानूनी अपराध हो । त्यसैले यस्ता अपराध कसैले गर्न नहुनेमा जोड दिए ।

त्यस्तै पूर्व साँसद एवं नेपाली काँग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले यस्ता अपराध गर्नेहरुलाई बिभिन्न नेताहरुको सिफारिसमा सिडियो, एसपीले नै छोडाउन सहयोग गरिरहेको बताए । पूर्व साँसद यादवले भने, दहेज दिनु र लिनु कानूनी अपराध रहेपनि दाइजो प्रथा दिनप्रतिदिन बढदै गईरहेको प्रति सचेत हुन सबैमा अनुरोध गरे । उनले भने, पहिला आफुबाट नै शुरु गरी अनि मात्र अरुलाई भन्न आग्रह गरे । भाषण गरेर हुदैन, काम गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको पूर्व साासद यादवले भने ।
कार्यक्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवले शिक्षाको कमीले समाजमा यस्ता बिकृतीहरु बढदै गईरहेकोले शिक्षामा जोड दिन सबैमा अपलि गरे । यस्ता बिकृतीहरु न्यूनिकरण गर्न नगरको तर्फबाट अभियान नै चलाएको र यसमा सबैको साथको खाँचो रहेको बताए ।
त्यस्तै सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजियारले प्रशासनले एकलै चाहेर पनि कहिले गर्न सकदैन, आम जनसमूदायको साथले मात्र यस्ता बिकृतीहरु हटन सक्ने बताए । शान्ति सुरक्षाकोलागि चौबिसौ घण्टा हामी तम्तयार रहेको बताए ।
कार्यक्रमको मंचमा रहेको प्रमुख अतिथि, बिशिष्ट अथिति, अतिथि लगायत उपस्थित सबै सहभागिहरुलाई आ आफनो स्थानबाट उठेर आ आफनो छोराको बिवाहमा कुनै किसिमले दाइजो नलिने र छोरीको बिवाहमा समेत दाइजो नदिने पहिला आफुबाट नै लागु गर्न सबैमा कार्यक्रमको संचालक रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवले प्रतिबद्धता गर्न लगाए । उपस्थित सबैले एक स्वरमै प्रतिबद्धता समेत जाहेर गरेको थियो ।  कार्यक्रममा आयोजक संस्था दलित परिवर्तन समाजको संरक्षक एक्लब कुमार रामको प्रमुख ब्यबस्थापन, रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवको संचालन तथा आयोजक संस्था अध्यक्ष रामपरिक्षण मोचीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नियमकानून र निर्देशन नमान्ने बिद्यालयलाई कार्यवाही हुने : प्रमुख जिल्ला अधिकारी कणेल
  • २०७७ मंसिर २७, शनिबार १४:३०
  • In "मधेश प्रदेश"
  • कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल
  • २०७७ मंसिर २७, शनिबार १४:३०
  • In "मधेश प्रदेश"
  • ६१ वर्षमा सिरहा विशेश्वर सदायले पाए नागरिकता
  • २०७७ मंसिर २७, शनिबार १४:३०
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Next Post

विवेकशील साझा पार्टीले उखु किसानको लागि सङ्घर्ष गर्ने

समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

अर्थपूर्ण सहभागिता गरौं

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version