• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार


समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

 

पुष्पराज खतिवडा
बारा : सरकारले तोकेको समर्थन मुल्यमा किसानको धान खरिद गर्न जिल्लाका ५ कृषि सहकारी संस्थाहरु तयार भएका छन् । आईबार संघिय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय बारालसँग ती संस्थाहरुले सम्झौता गरेका छन् ।

आगामी पौष मसान्त सम्मको समय सिमामा प्रति सहकारी अधिकतम् ५ हजार मेट्कि टन धान खरिदका लागि सम्झौता भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय बाराले जनाएको छ ।

सम्झौता गर्ने सहकारीहरुमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको १५,१८ र १९ नं. वडाका क्रमश साना किसान कृषि सहकारी संस्था लि.डुमरवाना,मनहर्वा र ईनर्वासिरा गरी ३ वटा छन् । यस्तै करैयामाई गाउँपालिकाको १ मा रहेको अर्को साना किसान कृषि सहकारी संस्था लि. तेतरिया र फेटा गाउँपालिका ७ स्थीत रहेको कटेङ्गनमाई कृषि सहकारी संस्था भएको कार्यालयका प्रमुख डा.सुरेन्द्र यादवले बताउनु भयो ।

१८ प्रतिशत सम्मको चिस्यान भएको धान तोकिएको मुल्यमा खरिद गरी १५ दिन भित्र बैंक मार्फत भुक्तानी गर्नुपर्ने प्रावधान छ । धान विक्रि गर्ने किसानको विवरण सहित निर्धारित स्थानबाट मात्रै धान खरिद गर्नु पर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार किसानको धान खरिद गरे वापत सहकारीलाई प्रति क्विन्टल ११२ रुपैैंयाका दरले सरकारले अनुदान दिने यादवले बताउनु भयो ।
जिल्लामा करिब ७ सयको संख्यामा कृषि सहकारी रहेका छन् । तर ५ वटा सहकारीले मात्रै धान खरिद गर्ने प्रकृयामा भाग लिएका हुन् । सरकारले तोकेको समर्थन मुल्य र बजार भाउमा प्रति क्वीन्टर ५ सय रुपैंया सम्म फरक छ ।

सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७३५ र मध्यम २ हजार ८८५ समर्थन मुल्य निर्धारण गरेको छ । तर जिल्लामा दुबै धान २ हजार ४ सय देखी २ हजार ५ सय सम्म विक्रि वितरण हुँदै आएको जिल्ला कृषि संघ बाराका अध्यक्ष मिश्रलाल सहनीले बताउनु भयो ।

अहिले घाटामै धान किनेर भण्डारण गर्ने र मुल्य वृद्धिका समयमा विक्रि गर्ने योजनामा धान खरिद गर्न लागिएको हो । जस्मा डुमरवानाको आफ्नै खाध्य उद्योग संचालनमा छ । उसले चामल बनाएर विक्रि गर्दै आएको छ । बाँकी सहकारीले खरिद गरेको धान उसैले लिन सक्छ । उसले नलिए खरिद भएको धान सहकारीले गरेर भण्डारण गर्ने र उपयूक्त भाउ पाएका बेला बिक्रि गर्ने योजना भएको वहाँको भनाई छ ।

सोना मंसुली धान मसिनोकी मोटो भन्ने विवाद

सोना मंसुली धान मसीनोकी मोटो भन्ने विषयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय बारामा विवाद भएको छ ।

आईतबार धान धान खरिद गर्ने सम्झनौता गर्न ईकाई कार्यालय पुगेका सहकारी प्रतिनिधिहरु र कार्यालयका प्रतिधिनी विच यस विषयमा विवाद भएको हो । मंसुली धान मसिनो अर्थात मध्यम मुल्यमा खरिद गर्नु पर्ने जनाईएपछी विवाद भएको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रलाल सहनीले बताउनु भयो । ईकाई कार्यालयले सोना मंसुली धानलाई मध्यमको सुचिमा राखेपछी किसान प्रतिनिधी र कार्यालय विच सामान्य विवाद भएको हो ।

लामै समय उक्त विषयमा चर्चा भएपछि विभिन्न क्षेत्रका जानकारहरुसँग बुझ्दा समेत केहीले मंसुली धान मोटा र केहीले मसिनो बताउँदा थप समस्या भयो । सरकारका कयौं कृषि विज्ञले समेत मसिनोको सुचिमा मंसुली पर्ने जनाएपछी विवाद समाधानका लागि नार्कको कार्यालय परवानिपुरको सहारा लिनु परेको थियो ।

तराई फल्ने सोना मंसुली धान मोटा भएको परवानिपुर कृषि अनुसन्धन निर्देशनालय(नार्क) का निर्देशक डा. रामवरण यादवले बताउनु भयो । कुनैपनी एकहजारवटा धान जोख्दा २० ग्राम भन्दा बढी भए उक्त धान मोटाको सुचि भित्र पर्दछ । सोना मंसुलीको उक्त परिमाण २१ ग्राम बढी भएकाले उक्त धान मोटा भएको बहाँले बताउनु भयो ।

अन्तत नार्कबाट निर्देशक डा. यादवको सुझावले सोना मंसुली मोटा धान भएको प्रमाणित भएपछि विवाद मिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय प्रमुख डा. सुरेन्द्र यादवले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको छ : प्रमुख अतिथि चौधरी
  • २०७७ मंसिर २८, आईतवार २१:४५
  • In "मधेश प्रदेश"
  • पडरिया साना किसानले भब्य मनाए १८ औं वार्षिक साधारणसभा
  • २०७७ मंसिर २८, आईतवार २१:४५
  • In "मधेश प्रदेश"
  • सिरहामा भाडाको भैँसी बाँड्ने सहकाकरीमाथि कारबाही
  • २०७७ मंसिर २८, आईतवार २१:४५
  • In "BannerNews"
Tags: #शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

अर्थपूर्ण सहभागिता गरौं

अष्ट्रेलिया–चीन सम्बन्धमा द्वन्द

भारतीय मिडियाले भन्न थाले, ‘भारत नै अब नेपालको सहारा !’अझै सहज भएन चिनियाँ नाका,

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version