No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

बीबीसी। इस्लामिक गणतन्त्र इरानको निम्ति अहिले निर्णायक समय हो। शनिवार बिहान हमला सुरु हुँदा प्रारम्भिक लहरमै जुनबेला उनको निवास लक्षित भएको स्पष्ट भयो त्यतिखेर देखि नै त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अवस्थाबारे भिन्न भिन्न विवरणहरू आइरहे।

भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा उनको निवास परिसरमा धेरै क्षति पुगेको देखियो।

इरानबाट आएका प्रारम्भिक प्रतिक्रियामा उनलाई सुरक्षित स्थलतर्फ लगिएको भनिएको थियो। त्यसपछि ती ८६ वर्षीय धर्मगुरुले सरकारी टेलिभिजनमा सम्बोधन गर्ने भनियो तर त्यसो हुन सकेन।

शनिवार साँझतिर इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले टेलिभिजन सम्बोधन गर्दै ती सर्वोच्च नेता “अब नरहेको थुप्रै सङ्केतहरू” मिलेको घोषणा गरे।

इजरेली तथा अमेरिकी सञ्चारमाध्यमहरूले नाम नखुलाइएका अधिकारीहरूलाई उद्धृत गर्दै ती नेताको निधन भएका पुष्ट प्रमाण पाइएका विवरण दिए।

तर इरानी अधिकारीहरूले त्यसलाई अस्वीकार गरि नै रहे।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको सामाजिक सञ्जालमा इरानी सर्वोच्च नेता मारिएको समाचार राखेको कैयन् घण्टापश्चात् इरानको सरकारी टेलिभिजनले खामेनेईको निधन भएको पुष्टि गर्‍यो।

इस्लामिक गणतन्त्र इरानको उतारचढावपूर्ण इतिहासमा अहिलेको समय निकै कठिन हो – तर यसका सबभन्दा शक्तिशाली धर्मगुरु तथा सैन्य कमान्डरहरूले यस्तो समय आउने छ भनेर तयारी गरेका थिए।

गत जुनमा भएको १२ दिनको युद्धका बेला पहिलो रातमा भएको पहिलो लहरको आक्रमणमै इजरेलले ९ जना परमाणु वैज्ञानिक तथा कैयन् सुरक्षा प्रमुखहरूलाई मारिदिन सफल भयो। त्यसपछिका दिनहरूमा थप वरिष्ठ वैज्ञानिक तथा कम्तीमा ३० वरिष्ठ कमान्डरहरू मारिए।

आयतोल्लाह पनि उनीहरूको निसानामा छन् भन्ने स्पष्ट पारिएको थियो।

त्यतिखेर युद्धभरि खामेनेई विशेष भूमिगत बङ्करमा रहे र उनले माथिल्लो तहमा कुनै रिक्तता नहोस् भनेर तत्काल पदस्थापन गरिहाल्न सुरक्षा अधिकारीहरूको सूची नै बनाएका विवरण आए।

गत वर्षको वैमनस्यताभन्दा अगाडि पनि खामेनेईले असेम्बली अफ एक्स्पर्ट्स – ८८ वरिष्ठ धर्मगुरुहरूको समूह -लाई जुनसुकै परिस्थितिका निम्ति तयार रहन भनेको विवरण आएका थिए। न्यूयोर्क टाइम्सका अनुसार आफ्नो हत्या भए आफ्नो पदमा नियुक्त हुन सक्ने सम्भावित् “तीन वरिष्ठ धर्मगुरु” उनले छानेका थिए।

उनका छोरा मोज्तबा लगायत उनका सम्भावित् उत्तराधिकारीबारे कैयन् वर्षदेखि चर्चा चल्दै आएको थियो।

यसपालिको हमलाको पहिलो दिनको हवाई आक्रमण तथा लक्षित आक्रमणमा मारिने केवल सर्वोच्च नेतामात्र होइनन्। जो जो अहिले वरिष्ठ पदमा बहाल छन् वा जो जसले अब झन् वरिष्ठ पद सम्हाल्नु पर्ने छ तिनले आफूहरू अडिग रहेको र कुनै पनि उत्तराधिकारीको चयन प्रक्रिया सहज हुनेछ भनेर विश्वलाई सन्देश दिनु पर्ने छ।

तर आयातोल्लाहको ३६ वर्षीय शासनको अन्त्य उनका समर्थकहरूका निम्ति ठूलो धक्का हुने छ। तिनमा उनको रक्षाको कर्तव्य निर्वाह गर्दै आएका उनका सहयोगी तथा इस्लामिक रेभलुश्नरी गार्ड्स कोर (आईआरजीसी)का वरिष्ठहरू तथा देशभित्र र बाहिर रहेका इस्लामिक क्रान्तिका समर्थकहरू पर्छन्।

तर तेहरान तथा कराज सहरका गल्लीहरूमा उनको निधनको खबर सुनेर उत्सव मनाइरहेका मानिसहरूको समूहको केही भिडिओ बीबीसीले साँचो भएको पत्ता लगाएको छ।

तेहरानस्थित आयतोल्लाह अली खामेनेईको निवास परिसरमा हमला अघि र पछिको दृश्य देखिने भूउपग्रहबाट खिचिएको तस्बिर

पश्चिमा जगत् खास गरी संयुक्त राज्य अमेरिकाप्रति गहिरो गरी सशङ्क खामेनेईले इरानभित्र कठोर शासन चलाए। सुधारका आह्वान तथा बारम्बार भएका विरोध प्रदर्शनहरूको दमन गरे।

इजरेल र अमेरिकासँग प्रत्यक्ष सैन्य टकरावका माझ देशभित्र मानिसहरूले परिवर्तनका निम्ति आवाज झन् उठाउन थालेपछि उनले जीवनकै सबभन्दा ठूलो चुनौती बेहोरेका थिए।

यो महिनाको सुरुमा हामी तेहरान पुग्दा इरान पहिलेभन्दा एउटा बेग्लै देश जस्तो लाग्यो। हजारौँ इरानीको ज्यान गएको इतिहासकै खराब भनिएको सुरक्षा दमनका कारण उत्पन्न पीडा र आक्रोश ताजै थियो।

खामेनेईको शासन अचानक अन्त्य भएपश्चात् अब प्रश्नहरू उनका उत्तराधिकारीतर्फ सोझिने छन् – माथिल्लो पदमा आएको परिवर्तनले के यो ४७ वर्ष पुरानो इस्लामिक गणतन्त्रको दिशा पनि बदल्न सक्छ।

जोसुकै आए पनि तिनको मुख्य लक्ष्य एउटै हुने छ – कायम व्यवस्थाको रक्षा गर्नु जसले धर्मगुरु तथा शक्तिशाली सुरक्षा फौजलाई सत्तामै राखिरहन्छ।

अन्त्यभन्दा निकै पर रहेको एउटा युद्ध अहिले अनपेक्षित तथा खतरनाक तरिकाले चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post
मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .