No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनमतले बुझायो ज्ञापनपत्र

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनमतले बुझायो ज्ञापनपत्र

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ।

सोमबार पार्टीका उपाध्यक्ष जयकान्त राउत, महासचिव चन्दन सिंह प्रधानमन्त्री सुशीला कार्कीलाई मधेश, थरूहट र स्वराज आन्दोलनसँग सम्बन्धित विगतका सबै राजनीतिक सम्झौता कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

पार्टीका अध्यक्ष सिके राउत हस्तार गरेको ज्ञापनपत्रमा राज्य संयन्त्रमा देखिएको विभेद, संघीय संरचनामा भएको आक्रमण रोकी निर्णयात्मक कदम चाल्न सरकारको ध्यानकर्षण गराइएको छ।

ज्ञापनपत्रमा मधेशी समुदाय माथिको दमन रोक्न, किसानका समस्या समाधान गर्न, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न र अन्तरिम सरकारमा समावेशी प्रतिनिधित्व बढाउन माग गरिएको छ।

२०६३/६४ को मधेश आन्दोलनदेखि २०७२ को मधेश तथा थरूहट आन्दोलनसम्म सयौंले बलिदान दिएको तर राज्यले विभिन्न सम्झौताहरू कार्यान्वयन नभएको पार्टीको ठहर छ।

यस्तै, तराई- मधेशका विकास योजनामा ढिलाइ नगर्न माग नगर्न माग गरिएको छ।

यी हुन जनमतका १२ बुँदे मागहरूः

१. विगतका सम्झौताहरूको कार्यान्वयनः मधेश, थरूहट तथा स्वराज आन्दोलनको क्रममा नेपाल सरकारले गरेका २२-बुँदे, ८- बुँदे र ११-बुँदे सम्झौताहरू अनुसार बाँकी रहेका कामहरू कार्यान्वय गर्ने। राजनैतिक आन्दोलनको क्रममा मुद्दा लागेकाहरूलाई हिरासत तथा जेलमुक्त गर्ने र मुद्दा फिर्ता लिने। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने।

२. नेपाली सेना सहित सुरक्षा निकायहरूमा समावेशिताः नेपाली सेनासहितका सुरक्षा निकायहरूमा मधेशीहरूको सहभागिता समानुपातिक समावेशी बनाउन मधेशी युवाहरूको समूहगत भर्ती तत्काल सुरू गर्ने।

३. प्रदेशको पूर्ण स्वायत्तताको घोषणाः नेपाल सरकारले २०६४ फागुन १६ गते संयुक्त। लोकतान्त्रिक मधेशी मोर्चासँग गरेको ८- बुँदे सम्झौता अनुसार प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउँदै पूर्ण स्वायत्त घोषणा गर्ने र तत्अनुसार राजनैतिक, प्रशासनिक र आर्थिक स्वायत्तता प्रदान गर्ने। स्थानीय निकाय प्रदेश मातहत हुनुपर्ने।

४. प्रहरी संरचना प्रदेश मातहत कायम गर्नेः संघीयतामा रहेको प्रचलन अनुरूप तथा नेपालको संविधानको अनुसूचीले दिएको अधिकार अनुरूप प्रहरीलाई पूर्णतः प्रदेश मातहत कायम गर्ने।

५. निर्वाचन क्षेत्र पुनःर्निधारण तथा प्रदेशको सीमाङ्कन सच्चाउनेः तराई-मधेशको जनसंख्या ५४% रहेकोमा सो अनुरूप प्रतिनिधित्व हुन नसकेकोले प्रतिनिधि सभाको निर्वाचन क्षेत्र जनस‌ङ्ख्याको आधारमा निर्धारण गर्ने। लुम्बिनी, सुदूरपश्चिम तथा प्रदेश नं. १ को सीमाङ्कन त्यहाँको जनचाहना बमोजिम सच्चाउने।

६. संविधान संशोधनः माथिका अधिकारहरू नेपालको संविधानमा नै सुनिश्चित गर्न तथा नेपाललाई हामी सबैको साझा बहुराष्ट्रिय राज्यको रूपमा स्थापित गर्न संविधान संशोधन अध्ययन समिति बनाई आवश्यक संशोधनको सिफारिस नेपाल सरकारलाई गर्ने। सो सम्बोधन सकेसम्म निर्वाचन अगावै गर्नु पर्ने वा निर्वाचित संसद्‌को प्रारम्भिक बैठकहरूबाटै पारित गरिने ठोस प्रतिबद्धता गर्नुपर्ने।

७. मधेशीसँग हुने विभेद र हिंसा तत्कालै रोक्नेः निर्वाचन आयोग सहितका संवैधानिक आयोगहरूले मधेश प्रति गर्ने विभेद र षड्यन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा गृह मन्त्रालय तथा मातहतका जिल्ला प्रशासन कार्यालयहरूबाट मधेशीमाथि हुने गरेको दमन र शोषण तत्कालै रोक्ने।

८. समावेशी प्रतिनिधित्वः अन्तरिम सरकारमा जेन-जी, मधेशी, थारू, मुस्लिम, आदिवासी जनजाति र दलितको प्रतिनिधित्व बढाउने।

९. किसान तथा युवा बेरोजगारीको समस्याको समाधानः तराई-मधेशमा किसानहरूले भोग्दै आएको मलखादको अभाव, कृषि उपजको उचित मूल्य नपाउने, कृषि ऋण, अनुदान र सहुलियत उपलब्ध नहुने, बालीनाली क्षतिको मुआब्जा नपाउने सहितका समस्या समाधान गर्न अविलम्ब पहल गर्नुपर्ने। युवाहरूको चरम बेरोजगारीको समस्या समाधान गर्न उद्योग-धन्धा खोल्नुका साथै लाखौंलाई रोजगारी दिन सक्ने वृहत् रोजगारीमूलक कार्यक्रमहरू ल्याउन पहल गर्नु पर्ने।

१०. वैदेशिक रोजगारमा रहेकाहरूको समस्या सम्बोधनः वैदेशिक रोजगारमा तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान गर्न पाउने सुनिश्चतता गर्नुपर्ने। वैदेशिक रोजगारमा रहेकाहरूले विदेशमा भोग्दै आएका समस्याहरूको समाधान गर्नुपर्ने, उनीहरूको राहत तथा उद्दारमा ध्यान दिनुपर्ने तथा स्वदेशमै रोजगारीको पहल गर्नुपर्ने।

११. तराई-मधेशको विकास कार्यक्रमहरूः तराई-मधेशमा संचालित सडक, भवन, पुल, नहर आदि निर्माणका कार्यहरूमा अनपेक्षित तथा अनावश्यक रूपमा ढिलाई हुने र काम सम्पन्न नहुने प्रवृत्ति देखिएको हुँदा सो अन्त्य गरी विकास कार्यक्रमहरू प्रभावकारी तरीकाले संचालन गर्न पहल गर्नुपर्ने।

१२. संवादको वातावरण सिर्जना गर्नेः मधेशमा भइरहेको प्रतिरोध र आन्दोलनमा सहभागी आन्दोलनकारीहरूमाथि धरपकड र दमन नगरी संवादको वातावरण सिर्जना गर्नुपर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

Next Post
मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेसमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

लम्कीचुहामा सिटी हल तथा संग्रहालय शिलान्यास, सन्तुलित बजेट निर्माणमा मुख्यमन्त्री शाहको जोड

लम्कीचुहामा सिटी हल तथा संग्रहालय शिलान्यास, सन्तुलित बजेट निर्माणमा मुख्यमन्त्री शाहको जोड

चीनले भन्यो – ‘अरुणाचल प्रदेश हाम्रो हो, भारतले अवैध रूपमा कब्जा गरेको छ’

चीनले भन्यो – ‘अरुणाचल प्रदेश हाम्रो हो, भारतले अवैध रूपमा कब्जा गरेको छ’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .