No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

३१ जनप्रतिनिधिका पद रिक्त

३१ जनप्रतिनिधिका पद रिक्त

 काठमाडौं । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त छ ।

यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको छ ।

गत निर्वाचनमा निर्वाचित मकवानपुरको भिमफेदी गाउँपालिका ८ का वडाअध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका पुगेका छन् । घिसिङ अमेरिका हानिएपछि उनको स्थान १ भदौ ०७६ देखि रिक्त छ ।

यस्तै, संखुवासभा खाँदबारी नगरपालिका ५ का वडाअध्यक्ष बम बहादुर घले वडाअध्यक्ष पद त्यागेर जागिर खान भन्दै कोरिया गएका छन् । वडाअध्यक्ष नै कोरिया गएपछि ०७५ मंसिरदेखि खाँदबारी नगरपालिका वडा नं. ५ का वडावासी नेतृत्वविहीन छन् ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् । प्रदेश नम्बर एकमा पर्ने सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ

तनहुँको भानु नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष प्रकाश मल्ल नागरिकता किर्ते गरेको अभियोगमा जेल परेका छन् । जनप्रतिनिधि नै किर्ते नागरिकता दिलाउने कार्यमा संलग्न भएपछि मल्लको पद गयो र २२ भदौ ०७७ देखि उनको स्थान खाली छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का श्रवण कुमार यादव भ्रष्टाचारको अभियोगमा निलम्बित छन् । यादवलाई निलम्बित भएपछि सम्मरीमाई गाउँपालिका–५ का वडावासी पनि ९ चैत ०७६ देखि नेतृत्वविहीन छन् ।

यस्तै, पाल्पाका जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको निधन भएपछि उनको स्थान ०५ मंसिर ०७६ देखि खाली छ ।

संघीय मामिला मन्त्रालयले गत कात्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो ।

हालसम्म ६१ जिल्लाबाट मात्र विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसमा २१ जिल्लाका बिभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको पाइएको मन्त्रालयले जनाएको छ । ‘बाँकी जिल्लामा रिक्त नभएर नआएको हुन सक्छ । तथापि हामीले पुनः पत्र पठाएका छौं,’ मन्त्रालयका शाखा अधिकृत महेश कुमार दाहालले अनलाइनखबरसँग भने ।

धेरै पद लुम्बिनी प्रदेशमा रिक्त

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् । लुम्बिनी प्रदेशको ७ जिल्लाका १० वटा स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ ।

प्रदेश नम्बर एकको चार जिल्लाका सात स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ ।

प्रदेश दुईको सप्तरीमा तीन वडा अध्यक्ष र रौतहटमा एक वडाअध्यक्ष पद रिक्त छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुई/दुई जिल्लाका दुई/दुई स्थानीय तहमा दुई/दुई वडाध्यक्षको पद खाली छ ।

रिक्त पदमा उपनिर्वाचन कहिले ?

रिक्त पदहरुको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । सोहीअनुसार गत कात्तिक पहिलो साता निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदको संख्या र स्थानको विवरण मन्त्रालयसँग माग गरेको थियो ।

उपनिर्वाचनको पूर्वतयारी स्वरुप स्थानीय तहका पदाधिकारीहरुको रिक्त रहेको पद र स्थानको विवरण संकलन गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ बताउँछन् ।

‘निर्वाचन गर्ने कि नगर्ने भन्ने सरकारको कुरा हो । आयोगको परामर्श लिने आफ्नो ठाउँमा छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘तर, कुन–कुन ठाउँमा कुन–कुन पद रिक्त छ भनेर पूर्व तयारीका लागि आयोगले सरकारसँग विवरण माग गरेको हो ।’

सरकारले यसअघि ०७६ संसिरमा रिक्त भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । त्यसबेला दाङ र भक्तपुरमा प्रदेशसभा तथा कास्कीमा प्रतिनिधिसभाको उपनिर्वाचन भएको थियो ।

धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post
खुलेआम ठगी गर्दै एनआईसि एशिया बैंक, धितो लिलामीमै किर्ते गरेको पाईयो !

खुलेआम ठगी गर्दै एनआईसि एशिया बैंक, धितो लिलामीमै किर्ते गरेको पाईयो !

 शान्ति प्रक्रियाको नेतृत्व, स्वामित्व र नियन्त्रण अफगानिस्ताले नै गर्नुपर्छ : भारत 

 शान्ति प्रक्रियाको नेतृत्व, स्वामित्व र नियन्त्रण अफगानिस्ताले नै गर्नुपर्छ : भारत 

पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सका ७ हजार कर्मचारीलाई बिदा गरिने

पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सका ७ हजार कर्मचारीलाई बिदा गरिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .