• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट


पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

धनगढीमाई–१०, सिरहा | सामाजिक सेवाको प्रतीक बनेको पद्मोदय फाउन्डेसन आज गहिरो चोटमा छ। अकल्पनीय र अमानवीय ढंगले भएको एक योजनाबद्ध आक्रमणले फाउन्डेसनको आत्मा र अस्तित्व नै हल्लाइदिएको छ।
आइतवारको मध्यरात। सबथोक शान्त थियो। तर त्यो शान्ति केही बेरमै छियाछिया बन्यो, जब मोटरसाइकलमा आएका करिब ६ जना नकाबपोशहरू फाउन्डेसनको कार्यालय रहेको लवकुश सामुदायिक भवनमा पुग्छन्। ताल्चा फोडेर कार्यालयभित्र पसेपछि उनीहरूले दराजमा रहेका फाउन्डेसनका बहुमूल्य कागजात, सामाजिक तथा कल्याणकारी योजनाका फाइलहरूमा पेट्रोल छर्किएर आगजनी गरेका छन् |
धधकीएको त्यो आगो केवल कागज जलाउने आगो थिएन। त्यो आशाको आगो थियो, जसले गरीब, विपन्न, अपांग र बेसहारा मानिसको जीवनमा उज्यालो ल्याउने सपना जलाइदियो। फाउन्डेसनले वर्षौंदेखि संचित गरेका योजना, रिपोर्ट, तथ्यांक र समाजसेवामा अगाडि बढाउने खाका क्षणभरमै खरानीमा परिणत भयो।
सिर्फ कागज जलेन, हजारौ दिन दु:खीको भरोसा र सपना जलेको हो।
स्थानीय स्तरमा कृषि पशुपालन लगायतको क्षेत्रमा जनजीविका उकास्न क्रियाशील रहेको लवकुश बहूद्देश्यीय सहकारी संस्थाको कुर्सी, टेबल लगायत कार्यालयको सामग्रीहरु समेत लुटिएको छ। यो केवल चोरी मात्र होइन, यो सामाजिक सेवामाथिको अमानवीय प्रहार हो – एक कायरहरूद्वारा गरिएको घृणित प्रयास हो।
अध्यक्ष दिपेन्द्र महतो, आफ्ना आँखा रसाउँदै भन्छन्:
“हामी गरीब बिपन्न बालबालिकालाई किताब, कलम दिन खोजिरहेका थियौं, उनीहरूले हाम्रा फाइल जलाए। हामी अपांगहरूलाई हिँड्न व्हीलचेयर दिन खोजिरहेका थियौं, उनीहरूले हाम्रा योजना खरानी बनाए। उनीहरुले हाम्रो कार्यालय मात्र होइन हजारौ बालबालिकाको सुन्दर भविष्य जलाए, तर हाम्रो मनोबल चाहिँ कसैले जलाउन सक्दैन।”
बिहानको उज्यालोले जब जलेका कागज, टुटेका दराज र लुटिएको सहकारी देख्यो, तब गाउँका आँखामा आश्चर्य होइन – आक्रोश थियो।
फाउन्डेसनले विगतमा विद्यालयहरूलाई सहयोग, बृद्धबृद्धाहरूलाई सम्मान, अपांगता भएका नागरिकलाई जीवनको सहारा, अनि रक्तदान, स्वास्थ्य परीक्षणदेखि लिएर शिक्षा सुधारसम्मका कार्यक्रम गरिरहेको थियो। यस्तो संस्था लक्षित हुनु, सिङ्गो समाजमाथिको हमला हो।
स्थानीय युवाहरू, महिलाहरू र सामाजिक अभियन्ताहरूले एक स्वरमा भन्छन्:
“पद्मोदय फाउन्डेसन जल्दैन, यसले फेरि उठ्नेछ – र अझ मजबुत भएर समाजसेवामा फर्कनेछ।”
यस घटनाले केवल पद्मोदय फाउन्डेसन मात्र होइन, समग्र मानवीय सेवामाथि प्रश्न खडा गरेको छ। दोषीहरू पहिचान गरी कडा कानुनी कारबाही गरिनुपर्छ भन्ने मागले अहिले गाउँ गुञ्जिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शिक्षा र सामाजिक उत्थानमा पद्मोदय फाउन्डेसनको महत्वपूर्ण योगदान
  • २०८२ श्रावण १२, सोमबार ०८:५६
  • In "BannerNews"
  • पद्मोदय फाउन्डेसनद्वारा गौरादह नगरपालिकामा न्यानो विद्यालय पोशाक वितरण
  • २०८२ श्रावण १२, सोमबार ०८:५६
  • In "BannerNews"
  • समाजसेवी अशोक खड्काको योगदान: मासिक ५० हजार समाजसेवामा खर्च, ३० लाख व्यक्तिगत सहयोग
  • २०८२ श्रावण १२, सोमबार ०८:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post

संगठन र सत्ता बीच सन्तुलन नै काँग्रेसको पुनर्जागरणको आधार

सिराहाको धनगढीमाईमा स्कुल निर्माणमा अनियमितता, गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासो

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version