No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

सिरहा, धनगढीमाई — सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन तीव्र रुपमा भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार नगरपालिकाका केही जिम्मेवार व्यक्ति तथा जनप्रतिनिधिको मिलोमतोमा गैरकानुनी रुपमा खोलाबाट निर्माण सामग्री निकाल्ने कार्य धमाधम भइरहेको छ।

स्थानीय बासिन्दाका अनुसार विगत केही महिनादेखि रातको समयमा टिपर, एक्साभेटर र लोडर प्रयोग गरी अवैध रुपमा ग्रावेल निकालिँदै आएको छ। पटकपटक स्थानीय सञ्चारमाध्यम तथा नागरिक समाजमार्फत खबर सार्वजनिक हुँदा पनि कुनै कारबाही नभएको उनीहरूको गुनासो छ।

स्थानीय एक बासिन्दाले भने, “हामीले नगर प्रमुखदेखि प्रहरी प्रशासनसम्मलाई जानकारी गराएका छौं तर कसैको पनि चासो छैन। बरु उल्टै उत्खननकर्तालाई संरक्षण दिइँदैछ।” उनका अनुसार, खोला क्षेत्रको अत्यधिक दोहनका कारण पर्यावरणीय असन्तुलनको खतरा बढिरहेको छ। जलस्रोत सुक्दै गएका छन् र खोलाको धार समेत परिवर्तन हुन थालेको छ।

त्यसैगरी अर्का स्थानीय युवाले भने, “न त प्रहरी बोलाइन्छ, न त अनुगमन टोली आउँछ। यस्तो लाग्छ, यहाँका सरोकारवाला मौन छन्, चुप छन्। हामी जनता भने हेरिरहन्छौं पेलिने गरी।”

यसअघि पनि यस्तै किसिमको उत्खननबारे समाचार प्रकाशित हुँदा समेत कुनै कारबाही नभएको जनाइएको छ। नगरपालिकाको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

यता जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा प्रहरी प्रशासनले पनि यसबारे बोल्न रुचि नदेखाएको स्थानीयको गुनासो छ।

अब प्रश्न उठेको छ — यदि समाचारले असर गर्दैन, कानुनको डर छैन भने, यस्तो दोहनलाई कसले रोकिन्छ? अवैध उत्खननले गर्दा पर्यावरणीय संकट, कृषि प्रणालीमा असर, र जनधनको क्षति हुन सक्ने खतरा बढ्दो छ।

स्थानीयबासीले तत्काल सम्वन्धित निकायबाट कडा कारबाही र उत्खनन रोक्नुपर्ने माग गरेका छन्। यदि तत्कालै कदम नचालिएमा स्थानीय स्तरमै विरोध प्रदर्शन र आन्दोलनको चेतावनी समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

Next Post
गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम "रामजानकी चौक" राख्दै नामकरण कार्यक्रम सम्पन्न

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .