गोलबजार — आज मिति २०८२ असार ३१ गते, मंगलवारका दिन सिरहा जिल्लाको गोलबजार–४ स्थित क्याम्पस रोडको सडकको पहिलो चौबाटो, राम मन्दिर नजिकको चौकमा “रामजानकी चौक” नामकरण कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रम श्री धनपति ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। नामकरण कार्यक्रममा स्थानीय समाजसेवी, बौद्धिक वर्ग तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विशेष उपस्थितिमा रहेका व्यक्तिहरूमा काशिन्द्र यादव, हेमन्त कुमार सिंह, वैधनाथ महतो, विजय सिंह, विक्रम महरा, राजकुमार साह, श्याम कुमार कटुवाल र शिवनाथ साह रहेका थिए।
उक्त अवसरमा वक्ताहरूले चौकको नाम “रामजानकी चौक” राखिनु धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बताउँदै, यसले स्थानीय पहिचान र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका थिए।
स्थानीय बासिन्दाहरूले चौकको नामकरणप्रति खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गरिनुपर्ने माग समेत गरेका छन्।















