कठमाण्डौं : आईतवार विगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै प्रदर्शन गरीएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा जम्मा भएका करिब ५० जना हिन्दु समर्थकहरु प्रदर्शनमा सहभागि थिए ।
बिरगञ्जको घण्टाघरमा आयोजित प्रदर्शनमा ‘हिन्दु रास्ट्र कायम गर, हिन्दु गणतन्त्र नेपाल जिन्दावाद, हिन्दु धर्ममाथिको अतिक्रमण रोक्न नसक्ने ओली राजिनामा देउ’ लगायतका नारा लगाईएको थियो ।
यसैगरी, ‘हिन्दु साधुसन्तको सुरक्षा सुनिस्चित गर, पुजारी हत्याको श्रृंखला बन्द गर, धर्म परिवर्तन बन्द गर, राष्ट्रिय एकता अभियान जिन्दावाद’ लगायतका नारासहित प्रदर्शन गरिएको राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादवले जानकारी दिए ।
पदर्शनकारीहरुले चिनियाँ अतिक्रमणको बिरोध गर्दै सम्वन्धित स्थलाको अनुगमन नै नगरी ‘अतिक्रमण भएको छैन’ भन्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीको अभिब्यक्ति प्रति आपत्ति जनाएका छन् ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै विश्व हिन्दु परिषदका जिल्ला महामन्त्री रञ्जित कुसुबाहाले हिन्दुहरु एकीकृत हुनु पर्नेमा जोड दिए। उनले सरकारको कडा बिरोध गर्दै मण्डले र कम्युनिष्टहरुले देस बर्बाद पारेको आरोप लगाए । उनले संघर्ष गरेर हिन्दु राज्य स्थापना गर्ने र सत्ता कब्जा गर्ने चेतावनी पनि दिए।
यसैगरी, राष्ट्रिय एकता अभियानका जिल्ला संयोजक अशोक कुसबाहा र परवानिपुर गाउँपालिकाका संयोजक ओमबाबु यादबले २÷४ जना लोभीपापीका कारण नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको आरोप लगाए । ८० प्रतिशत हिन्दु वसोवास भएको नेपालाई हिन्दु राष्ट्र घोषणा गर्ने पहल नथाले जनताकै वलमा सत्ता कब्जा गर्नुको विकल्प नरहने चेतावनी दिए ।