No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन्।

उनले आज धनुषाको हङ्सपुर नगरपालिकाका दुई सामुदायिक विद्यालयको अनुगमन गरी विद्यमान बेथिति तथा विसङ्ति हटाउन पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिए।

मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा उक्त नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौँडामा निजी विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीको नाम देखाएर तिनका नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा उपलब्ध गराइएको फेला परेको बताए। विद्यार्थी सङ्ख्याका आधारमा सामुदायिक विद्यालयलाई सरकारले आवश्यक छात्रवृत्ति र खाजा खर्च उपलब्ध गराउने गरेको छ।

शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी कायम गरेर विद्यालयले छात्रवृत्ति, खाजालगायत विभिन्न छ–सातवटा शीर्षकमा सरकारबाट प्राप्त रकम दुरुपयोग भइरहेको बताए। उनले नक्कली विद्यार्थीको विवरण विद्यालय शिक्षा व्यवस्थापन सूचना प्रणालीमा राखेर रकम निकासा गराउनु भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीका माग गरे।

मुख्यमन्त्री सिंहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएकाले यसलाई नियन्त्रण तथा नियमन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिए।

यसैगरी मुख्यमन्त्री सिंहले आजै सोही नगरपालिका–८ झटियाहीस्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको समेत अनुगमन गरेका छन्। विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिकस्तरको विद्यालयमा शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै उनले व्यवस्थापनका लागि तत्काल पहल गर्न नगर उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराए।

उपप्रमुख मण्डलले शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आर्थिक वर्षमा शौचालय निर्माण गरिने जानकारी गराइन्।

मधेश प्रदेश, शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशका एक सय ३६ वटै पालिकालाई एक महिना अगाडि पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन सुझावसहित ध्यानाकर्षण गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
अपराध गरेको छैन, तर राज्य मेरोविरुद्ध लागेको छः रवीन्द्र मिश्र

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .