धनुषा : बालिका बलात्कार आरोपमा धनुषा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ मा एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही वडामा डेरा गरी बस्दै आएका भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको सीतामढी थाना बथनाहा ग्रामपञ्चायत भुतही–५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साह रहेका छन ।
बालिकालाई बलात्कार गरिएको हल्ला फैलिएपछि प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरी टोलीले उनलाई शनिवार दिउंसो पक्राउ गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका साह विरुद्ध आइतवार अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन ।