राजविराज । राष्ट्रिय मुक्ति पार्टीका नेताहरुले मलेठ घट्नाका शहीदहरुप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
२३ फागुन २०७२ मा मलेठ घट्ना भएको थियो । नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियान अन्तर्गतको कार्यक्रम रोक्न तत्कालिन मधेशी मोर्चाले प्रदर्शन गरेको थियो ।
त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको ज्यान गएको थियो । मलेठका संजन मेहता, विरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।
सरकारले पाँचै जनालाई शहीद घोषणा गरेको छ ।
यो घट्नाको स्मरण गर्दै राजविराज नगरपालिकाले शुक्रबार पालिकामा सार्वजनिक विदा समेत दिएको थियो ।