No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत-पाकिस्तानसम्म जोडिएको लाल हत्याकाण्डमा टर्निङ प्वाइन्ट : सुटर गुड्डु टोखाबाट पक्राउ

भारत-पाकिस्तानसम्म जोडिएको लाल हत्याकाण्डमा टर्निङ प्वाइन्ट : सुटर गुड्डु टोखाबाट पक्राउ

काठमाडौं। जाली नोटको कारोबारमा मुछिएका ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी) को हत्यासम्बन्धी घटना पुनः एक पटक चर्चामा आएको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले रक्सौल ‘लोकेट’ भएका गुड्डु पटेललाई टोखाबाट पक्राउ गरेपछि यो घटना चर्चामा आएको हो।

सर्लाही हरिवन नगरपालिका-२ स्थायी घर भएका मोहम्मदको २०७९ असोज ३ मा कागेश्वरी-मनोहरा नगरपालिका-८ गोठाटारमा हत्या गरिएको थियो। भारतीय नागरिकहरु बब्लु पासवान रक्सौल, गुड्डु पटेल रक्सौल, भारत महेशपुर राजु भनिने दिनेशले सुपारी लिएर उनको हत्या गरेका थिए ।

नेपाल प्रहरीले उनीहरु तीन जनाकै खोजी गरेको थियो । त्यसमा दुई जना पक्राउ परिसकेका छन्। अब राजु भनिने दिनेश पक्राउ पर्न बाँकी रहेका छन्।

लाल मोहम्मदको हत्या सम्बन्धमा नेपाल प्रहरी र भारतीय प्रहरी दुवैले चासो राखेका थिए। यसमा भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी)ले चासो देखाएको थियो। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएपछि नेपाल प्रहरीको उच्च तह अलमलमा परेको थियो।

हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न लामो समय लगाएको थियो। उनी नेपाली भूमि प्रवेशको सूचना दिन भारतीय प्रहरीले धेरै समय पर्खेको थियो।

उनी नेपाल आएको सूचना दिनका पछाडी केही भारतीय अपराधीहरुलाई भारत पठाउन नेपाल प्रहरी तयार हुनुपरेको थियो। गुड्डु पक्राउ पछि अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने,  ‘हामीले लामो समयदेखि निगरानीमा राखेका थियौं, टोखामा हिँड्दै गरेको अवस्थामा फेला पारेका हौं।’

मोहम्मद हत्या घटनाको अनुसन्धानमा आइबीले अनावश्यक चासो दिएपछि नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक धिरजप्रताप सिंहले अवरोध नगर्न आग्रह गरेका थिए।  तर उसले शर्त राखेपछि तत्काल त्यो शर्त पूरा भएन, केही समयको फरकमा भारतीय प्रहरीले केही व्यक्तिहरुको सूची नेपाल प्रहरीलाई पठाएको थियो। नेपाल प्रहरीले पनि ती मध्ये एकलाई कुलेश्वर अर्कोलाई बीरगन्जबाट पठाएपछि भारतले बब्लुलाई नेपाली भूमिमा पठाइदियो।

अहिले पनि नेपाल प्रहरीले एक जिम्मेवार अधिकृतको साथ लगएर भारतमा अपराध गरी नेपाल आएर बसेका एक भारतीय प्रहरीलाई दिएपछि त्यसको बद्लामा गुड्डुलाई नेपाल प्रहरीले फेला पारेको हो। उनी किन नेपाल आए भन्ने बारेमा नेपाल प्रहरीका केही अधिकारीहरुले बताएअनुसार उनी भारतमै पनि फरार सूचीमा थिए।

उनी लागुऔषध र अपहरणको काम गदै आएका कारण भारतमा पनि फरार सूचीमा थिए।  ‘उनी अपहरणमा पनि संलग्न भएको देखिएको छ’, नेपाली सुरक्षाकर्मीले भने ‘भारतमै उनी फरार थिए।’

मोहम्मद हत्या प्रकरणमा अनुसन्धान गर्न तत्कालिन समयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा एउटा समिति गठन भएको थियो। समितिले २०७९ मंसिर २ मा सरकारी वकिल कार्यालयमा अभियोगपत्र बुझाइसकेको थियो। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका केही व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।

समितिको अनुसन्धानले मोहम्मदको हत्या भारतीय बब्लु पासवानकै योजनामा भएको निष्कर्ष निकालेको थियो। यसहत्या प्रकरणमा प्रहरीले २५ भन्दा बढी व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

भारतीय नक्कली नोटसँगै युरेनियम कारोबारमा संलग्न भएको आशंका र पाकिस्तानको इन्टर-सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) को समर्थनमा आतंकवादी सञ्जालसँग जोडिएको हुन सक्ने भन्दै भारतीय आपराधिक ग्याङले मोहम्मदको हत्या गरेको हुन सक्ने अनुमानसहित नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सर्लाही हरिवन नगरपालिका-२ स्थायी घर भएका मोहम्मदको २०७९ असोज ३ मा कागेश्वरी-मनोहरा नगरपालिका-८ गोठाटारमा हत्या गरिएको थियो । मोहम्मदको उनकै गार्मेन्ट कम्पनी एडभेन्चर इन्टरप्राइजेजअगाडि गोली हानेर हत्या गरिएको थियो।

प्रहरीका अनुसार पासवान लागुऔषध मुद्दामा पर्साको वीरगन्जस्थित कारागारमा पाँच वर्ष कैद सजाय पाएका व्यक्ति हुन्। उनी आफैं ‘सुटर’ भने होइनन्। ‘बब्लु पासवान आफैं सुटर होइनन्, सुटर अरू नै भएकाले उनलाई पक्राउ गरेपछि मात्रै अरू सबै थाहा हुनेछ,’ अनुसन्धान समितिका एक सदस्यले भने।

प्रहरीका अनुसार पासवानले हतियार ल्याएर वीरगन्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ र १७ वर्षीय रेहान मियाँलाई दिएका थिए। उनकै निर्देशनमा मोहम्मदलाई मार्न महोरम र रेहानले हतियार काठमाडौंसम्म ल्याई ‘सुटर’लाई दिएका थिए । प्रहरीका अनुसार सुटर भने गुड्डु र दिनेश हुन्।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएका वीरगन्ज-१६ का २१ वर्षीय महोरम मियाँ, सोही ठाउँका १७ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका-१ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । साथै बब्लु पासवानलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ।

एक नेपाली युवती, भारतका ‘गुड्डु’ भनिने नितिन मोहन खानसहित ६ जनालाई फरार सूचीमा राखेको थियो। आइबीले मोहम्मदको हत्या गर्न पासवानलाई प्रयोग गरेको आशंका नेपाल प्रहरीको छ। पाकिस्तानका आतंकवादीसँगको सहयोगमा जाली नोट कारोबारी गरेको आरोप लागेका मोहम्मदको आइबीले निगरानी राखेको थियो।

प्रहरीका अनुसार गार्मेन्ट व्यवसायको आडमा लाल मोहम्मद, वाहिद खानलगायतको समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्थ्यो। उनीहरू विगतमा अदालतबाट दोषी ठहर भई जेल चलान भएका थिए।

मोहम्मद करिब नौ वर्ष जेल बसेर २०७४ मा सरकारी आममाफीमा छुटेका थिए। जेलबाट निस्किएपछि मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरेका थिए । उनले एडभेन्चर इन्टरप्राइजेज नामक गार्मेन्ट कम्पनी चलाएका थिए।

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस (रअ) विशेष ब्युरोको एक रिपोर्टअनुसार मोहम्मद नेपालमा नक्कली भारतीय नोट कारोबारमा बिचौलियाको भूमिका निर्वाह गर्थे । सो रिपोर्टपछि नै आइबीले चासो राखेको स्रोतको दाबी छ।

आइबी र रअले मोहम्मदलाई लामो समयदेखि खोजी गरिरहेका थिए। ‘अन्तर्राष्ट्रिय आतंकवादी दाउद इब्राहिमसँग जोडिएर भारतविरोधी गतिविधिमा संलग्न रहेको, भारतीय नक्कली नोटको कारोबार गरेको, पाकिस्तानको इन्टर-सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) सँग सम्बन्ध रहेको भन्दै भारतीय सुरक्षा अधिकारीले मोहम्मदको खोजी गरिरहेको थियो,’ नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत एक अधिकारीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

Next Post
लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन

लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन

मेक्सिको, क्यानडा र चीनमाथि कर लगाउने ट्रम्पको घोषणापछि अमेरिकी शेयर बजारमा हाहाकार

मेक्सिको, क्यानडा र चीनमाथि कर लगाउने ट्रम्पको घोषणापछि अमेरिकी शेयर बजारमा हाहाकार

बारामा अढाइ किलो अफिमसहित दुई जना पक्राउ

बारामा अढाइ किलो अफिमसहित दुई जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .