No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली फुटबलकी ‘पर्याय’ बनिन् रौतहटकी लक्ष्मी


नेपाली फुटबलकी ‘पर्याय’ बनिन् रौतहटकी लक्ष्मी

इलाम : महिला फुटबलको लागि रौतहट आधारभूमि नै हो। अहिलेको सिनियर राष्ट्रिय टोली होस् या उमेर समूहको, रौतहटका खेलाडीहरूको बाहुल्य हुने गर्छ।

अझ भनौँ महिला फुटबलको कप्तान जन्माउने जिल्ला नै हो रौतहट। त्यहीँको सानो गाउँ बागमतीकी लक्ष्मीकुमारी पौडेलले सोचेकी थिइनन् एक दिन नेपाली फुटबलमा बेग्लै छवि बनाउँछु भनेर।

गाउँमा पुरुष टिमसँगको प्रतिस्पर्धाले निखारिएका खेल कौसलले उनलाई नेपाली महिला राष्ट्रिय टिमको उत्कृष्ट मिडफिल्ड बन्न मद्दत गर्‍यो। ६० सालको दशकको सुरुमा घरबाट फुटबल खेल्न हौसला पाए पनि समाज भने उनलाई बाधक थियो।

केटी भएर जर्सी लगाएर मैदान उत्रनुलाई त्यतिबेलाको समाजले रुचाइँदैनथ्यो। तर, अरूको मतलब गरिनन्। यात्रा बढाइन्। जसले नेपाली फुटबलका लागि यादगार बन्न सफल भएकी छन्।

फुटबलको सुरुवाती चरण सम्झँदै लक्ष्मी भन्छिन्, ‘गाउँमा महिलाको फुटबल टिम थिएन, गाउँका केटाहरूसँग मिलेर कहिले खाली खुट्टा त कहिले पुरानो जुत्ता लगाएर खेलिन्थ्यो। शारीरिक रुपमा  बलिया केटाहरूसँग भिड्न सारै गाह्रो हुन्थ्यो।’

घरनजिकै खेल मैदान भए पनि प्रशिक्षकको अभाव थियो। उनको खेल कौशलले अपेक्षाअनुरूप उचाइ लिन सकेको थिएन। २०६० साल साउन १ गते भने उनको खेल जीवनमा एकाएक परिवर्तन नै आयो।

शेरबहादुर दलार्मीले रौतहटमा महिला टिमलाई प्रशिक्षण दिने भए। तर लक्ष्मीको हकमा यो प्रशिक्षण लिन पाउनु कठिन भयो। घरबाट झण्डै १३ किलोमिटर टाढा चन्द्रनिगाहपुर पुग्न बिहान ४ बजे नै उठेर जानुपर्ने बाध्यता थियो। तर उनले हिम्मत हारिनन्। कहिले साइकल त कहिले बिहानै आउने बसमा झुन्डिएर खेल मैदानसम्म पुग्थिन्।

समयमा कक्षामा नपुग्दा शिक्षकको कुटाइ खाएको पनि तीतो अनुभव छ उनीसँग ‘बिहानै उठेर खेल्न जानुपर्ने। घर आइनपुग्दै स्कुलको घण्टी बज्थ्यो अनि जुत्ता कुनामा फालेर २ गाँस भात च्यापेर स्कुल पुग्दा ढिला भइसकेको हुन्थ्यो।’ विगत सम्झँदै रोमाञ्चित हुन्छिन् उनी, ‘अहिले सम्झँदा पनि आफैँलाई अचम्म लाग्छ फुटबलका लागि कतिसम्म गरियो भनेर।’

राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा पनि उनीसँगै चन्द्रनिगाहापुरमा प्रशिक्षण लिन्थिन्। अनु र लक्ष्मीसँगै २० जनाले प्रशिक्षण लिए पनि अनु र गोमा थापाले मात्र उनीसँगै फुटबलमै करियरलाई बढाए।

एपिएफमा प्रवेशपछि फेरियो खेल कौशल 

३ वर्षसम्म रौतहट टिमबाट प्रतिनिधित्व गरेकी लक्ष्मीले २०६३ साल भदौदेखि एपिएफ टिमबाट करारमा खेल्न सुरु गरिन्। एन्फा मायोज कपको रौतहट टिम उपविजेता हुँदा उत्कृष्ट खेलाडी चुनिएकी थिइन् लक्ष्मी । उनको खेलप्रतिको लगनले ६ महिना नबित्दै सशस्त्र प्रहरी जवानमा भर्ती भइन्। विभागीय टिम एपिएफबाट खेल्न सुरु गरेको २ वर्षमै उत्कृष्ट मिडफिल्डरका रुपमा उदाइन्।

​

१० वर्षसम्म एपिएफ टिममा मिडफिल्डर हुँदै कप्तानसम्मको भूमिका निर्वाह गरेकी उनी भन्छिन्, ‘जागिर हुने भएकाले खेलाडीहरूको आकर्षण पनि विभागीय टिममा अलिक बढी छ। अनि नियमित प्रशिक्षणका कारण खेलाडीहरूले खेल कौशल पनि सुधारिँदो छ।’

१० वर्षे एपिएफ यात्रामा उनले आफ्नो टिमलाई महत्वपूर्ण १० वटा उपाधिसमेत दिलाइसकिन्। तेस्रो प्रधानसेनापति कपमा उपकप्तानको भूमिकामा रहेकी उनले चौथो प्रधानसेनापति र सातौँ राष्ट्रिय खेलकुदमा एपिएफ टिमको नेतृत्वसमेत गरिन्।

राष्ट्रिय टोलीको यात्रा

विभागीय टिममा आफ्नो काैशल निखारेकी लक्ष्मीले राष्ट्रिय टिममा डेब्यु गर्न ६ वर्ष नै कुर्नुपर्‍यो। सन् २०१० को ११ औँ दक्षिण एसियाली साग गेममा पहिलो पटक महिला फुटबलले प्रवेश पायो। त्यही प्रतियोगितामा बंगलादेशविरुद्धको खेलमा सूर्यचन्द्र अंकित जर्सीमा मैदानमा देखिने अवसर पाइन्। त्यसपछि सन् २०१६ सम्म उनले राष्ट्रिय टिमबाट फर्केर हेर्नुपरेन। पहिलो पटक राष्ट्रिय टिममा डेब्‍यु गर्दा उनको प्रदर्शन सनसनीपूर्ण थियो।

बंगलादेशविरुद्ध जित निकाल्दा कप्तान जमुना गुरुङलाई क्रसपास दिएकी थिइन्। बंगलादेशविरुद्धको त्यो क्षण सम्झँदै लक्ष्मी भन्छिन्, ‘थोरै नर्भस थिएँ, पहिलो पटक राष्ट्रिय टोलीबाट मैदानमा उत्रँदा। दबाब महसुस गरेको थिएँ, तर आफूलाई प्रमाणित गर्दै गरेको एसिस्टले पहिलो पटक सहभागिता जनाएको सागको पहिलो खेलमा नै जित निकाल्यौं।’

श्रीलंकाविरुद्ध दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन मात्र गरिनन् राष्ट्रिय टिमबाट व्यक्तिगत पहिलो गोलसमेत गर्दा गरिन। जहाँ नेपाल ८–० ले विजयीसमेत भयो। त्यसपछि नेपालले खेलेको हरेक अन्तर्राष्ट्रिय खेलमा उनी पहिलो रोजाइको खेलाडीमा पर्न सफल भइरहिन्। २०१० मा नेपाललाई रजत पदक दिलाएपछि उनी सहायक हवल्दार पदमा बढुवा भइन्। सोही वर्ष आयोजना भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदासमेत लक्ष्मी टोलीमा थिइन्।

लक्ष्मीको खेल र राष्ट्रिय टिममा उनको प्रदर्शनप्रति पूर्वप्रशिक्षक ध्रुव केसी खुलेर प्रशंसा गर्छन्। ‘लक्ष्मीको खेल निकै उत्कृष्ट छ। विपक्षी खेलाडी छलाएर गोलको अवसर सिर्जना गर्न उनी माहिर छन्। बक्स टु बक्स अवसर निकाल्न सक्नु उनको खुबी हो। नेपाली टिमका लागि उनको योगदान अतुलनीय नै मान्न सकिन्छ।’

सन् २०१२ को दोस्रो साफ गेममा श्रीलंकाविरुद्ध गोल गर्दै आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याइन्। खेलको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ३–० को जितका साथ फाइनल यात्रा तय गर्नमा उनको योगदान महत्वपूर्ण थियो। बक्स टु बक्स गोल गर्न माहिर मानिने लक्ष्मी १२औँ साग गेममा नेपाली टोलीको उपकप्तानको भूमिकामा थिइन्। तर, फाइनल खेलमा भने उनले कप्तानको आर्मव्यान्डसमेत लगाउने मौका पाइन्। कप्तान अनु लामाको स्थानमा प्रवेश गरेकी उनले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानको आर्मव्यान्ड लगाउने मौका पाएकी थिइन्।

राष्ट्रिय टोलीमै रहँदा उनी सन् २०१४ मा लाइब्रेरिया शान्ति मिसन टोलीमा समेत खटिइन्। करिब ७ महिना लाइब्रेरियामा बिताएपछि पुनः राष्ट्रिय टोलीमा स्थान बनाउँदै आफनो खेल जीवन बढाइन्। तेस्रो महिला साफ अगाडि लाइब्रेरियाबाट फर्केका उनीसहित भगवती थापा, उषा भण्डारी र कप्तान अनु लामालाई २१ दिन क्याम्पबाहिर राखेर पुनः टोलीमा फर्काइयो।

लक्ष्मीसँगै क्लब र राष्ट्रिय टिमकी सहकर्मी गोलरक्षक अम्बिका दाहाल भन्छिन्, ‘लक्ष्मी आफ्नो भूमिकालाई न्याय गर्ने खेलाडी हुन्। क्लबमा हुँदो होस् या राष्ट्रिय टिममा, उनको प्रदर्शन तारिफयोग्य नै हुन्थ्यो। फुटबल र लक्ष्मी पर्याय नै हुन भन्दा फरक नपर्ला।’

उनको खेलप्रतिको लगनको सम्मान गर्दै २ वर्षअघि ‘मुन ड्रप वेभवरेज’ रौतहटले ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो। आक्रामक मिडफिल्डर लक्ष्मी अन्य विपक्षी खेलाडीका लागिसमेत चुनौती थिइन्।

सन् २०१६ पछि भने लक्ष्मी नेपाली राष्ट्रिय टोलीमा देखा परिनन्। एन्फाको राजनीतिको सिकार हुनुपरेको उनको गुनासो छ। सन् २०१८ मा नै गिनिज बुकमा नाम लेखाउन जोडनमा आयोजित समानताका लागि फुटबल अभियानमा समेत उनले नेपालबाट प्रतिनिधित्व गरेर सहभागी जनाउने मौका पाएकी थिइन्।

‘फुटबल खेलेर बाँच्‍न सकिएन’

नेपाली फुटबलमा प्रतिस्‍पर्धा र नयाँ खेलाडीको आगमन बढ्दै जान थालेपछि उषा भण्डारीसँगै लक्ष्मी फुटबल छाडेर अमेरिका गइन्। फुटबलमा हुने विभेद उनलाई मन परेको छैन।

‘हुन त पुरुष फुटबलरलाई समेत बाँच्न सक्ने वातावरण नेपालमा छैन। तर, तुलनात्मक रुपमा महिलालाई विभेद नै गरिन्छ। सेवा सुविधा होस् या म्याच एक्सपोजरमा’, उनी भन्छिन् ‘फुटबल खेलेर राष्ट्रिय खेलाडी भनेर नाम त कमाइयो, तर बाँकी जीवनका लागि खेलकुदमा न्यून अवसर छ। त्यसैले भविष्य बनाउन पनि अमेरिका आउनुपर्‍यो।’

विभागीय टिमका कारण नै महिला फुटबलमा नेपालको पहिचान बन्न सकेको लक्ष्मीको भनाइ छ। ‘विभागले महिला फुटबल टिम नबनाउने हो भने त भुटानले पनि नेपाललाई हराउन सक्छ। एन्फामा त फुटबलमा पकड बनाउन राजनीति गर्दै ठिक्क छ। खेलाडीबारे त कसले पो सोच्या छ र?’ उनी गुनासो गर्छिन्, ‘खेलाडी पलायन रोक्ने हो भने खेलेर बाँच्न सकिन्छ भनेर आभास हुने वातावरण बनाउनुपर्‍यो। हिजो गणेश थापा हुँदा जस्तो थियो त्योभन्दा केही पनि सुधार भएको छैन।’

कुरैकुरमा उनी भावुक भइन्, ‘मेरो सफलताको सबै श्रेय शेरबहादुर गुरुलाई जान्छ। फुटबलमा मलाई ब्रेकथ्रु गराउने गुरु हामीमाझ हुनुहुन्न, तर उहाँको नाममा शेरबहादुर दलार्मी खेलमैदान बनेछ, खुसी लाग्छ। त्यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले लगानी गरोस्’, अमेरिकामा पनि अहिले कहिलेकाहीँ हुने फुटबल खेलमा सहभागी भइरहन्छिन् उनी।

thahakhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
गोलबजारको लँजमा छापामारी, चार जना पक्राउ

गोलबजारको लँजमा छापामारी, चार जना पक्राउ

५ बर्ष नाकाबन्दीको बित्यो तर नेपालको दुर्दशा अझैं उस्तै

५ बर्ष नाकाबन्दीको बित्यो तर नेपालको दुर्दशा अझैं उस्तै

सौराहामा एक्कासी पर्यटकको चहलपहल

सौराहामा एक्कासी पर्यटकको चहलपहल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .