No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

५ बर्ष नाकाबन्दीको बित्यो तर नेपालको दुर्दशा अझैं उस्तै

५ बर्ष नाकाबन्दीको बित्यो तर नेपालको दुर्दशा अझैं उस्तै

काठमाडौँ : नेपालमा संविधान जारी भएपछि रुष्ट बनेको भारतले ६ महिना लामो नाकाबन्दी गर्दा ‘आत्मनिर्भर’ को आवाज चर्कोसँग उठेको थियो । त्यतिबेला उद्योग, व्यवसाय करिब करिब हालकै अवस्थामा थियो । हाल कोरोना भाइरसका कारण थिलथिलो बनेको मूलुकको अर्थतन्त्र त्यतिबेला भारतको नाकाबन्दीका कारण नाजुक बनेको थियो । तर, राजश्व प्रशासन भने त्यतिबेला २५ अर्ब राजश्व कम उठेकोमा चिन्तित थियो ।

भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, अन्तशुल्क उठाउनमा मात्रै केन्द्रित रहेको राजश्व प्रशासनलाई मूलुक आत्मनिर्भर बनाउने र उत्पादन निर्यातसहित आयकर उठाउनेबारे चासो देखिएन । आज ५ वर्ष बितिसक्दा पनि यो दशा झन झन बढ्दो क्रममा रहेको नेपालका उद्योगीहरुको गुनासो छ ।

आर्थिक वर्ष २०७१÷२०७२ मा नेपालमा ७ खर्ब ८६.२ अर्बको आयात तथा ८५.२ अर्बको निर्यात गरी भन्सार शुल्क ७० अर्ब ४८ करोड, मूल्य अभिवृद्धि कर ७८ अर्ब ९३.४६ करोड, अन्तशुल्क २२ अर्ब ४७ करोड गरी जम्मा १ खर्ब ७१ अर्ब ८९ करोड राजश्व उठेको थियो । यो तथ्यांकको पारो हरेक आर्थिक वर्षमा उकालो लागिरहेकै छ । अहिले १४ खर्बको आयात भईरहेको छ ।

देशमा उत्पादन भएको स्याउ कुहिने तर १ अर्ब ९६ करोडको स्याउ आयात गर्ने, २ अर्बको आलु, २ अर्बको सुपारी, २५ करोडको केरा, १२ करोडको छोकडा, ५५ करोडको सुन्तला, ३० करोडको अम्बा र आँप र२५ करोडको कागती मूलुकले बेसाउनु परेको तितो यथार्थ अहिले दोब्बरले बढेको छ ।

‘देशमा आफ्नै कच्चा पदार्थबाट चल्न सक्ने हेटौंडा कपडा कारखाना, भृकुटी कागज उद्योग, लुम्बिनी चिनी मिल, टङली बस जस्ता चीनको सहयोगमा बनेका उद्योगलाई बन्द गरि दक्षिणी छिमेकिको आडमा उनकै कच्चा पदार्थबाट चल्ने फलाम, सिमेन्ट, प्लाष्टिक, पेन्ट जस्ता ७० अर्बको कच्चा पदार्थ आयात गरि ७५ अर्बको सामान उत्पादन गर्ने उद्योगलाई बढावा दिने तर ३ अर्बको कच्चा पदार्थ  आयत गरी ९ अर्बको औषधि बनाउने उद्योगलाई खुट्टा तान्ने प्रवृत्ति भएकाहरुले अर्थतन्त्र डुबाइ छाडे’ नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक दाहालले भने ।

स्यानिटाइजर उदाहरण

नेपालमा चैत्र अगाडीसम्म स्यानिटाइजरको उत्पादन हुन्नथ्यो । तर, नेपाली औषधि उद्योगहरु भने उत्पादन गर्न सक्नेमा ढुक्क थिए । कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि भारत र चीनबाट स्यानिटाइजरको आयात हुन थाल्यो । नेपाली उद्योगले आफैँ उत्पादन गर्न सक्ने भनेपछि दर्ता लगायतका प्रक्रियाका लागि ३ महिनाको समय दिईयो । सो अवधिमा औषधि उद्योग बाहेकले उत्पादन गर्न सक्ने भनेर आएनन् ।

तर, औषधि व्यवस्था विभागले भने पुनः अर्को ३ महिनाको समय थप्यो । यसको मुख्य कारण थियो, विदेशी स्यानिटाइजर भित्र्याउने दाउ । चैत्रदेखि असोजसम्म ३४ करोड रुपैयाँको स्यानिटाइजर आयात भएको छ । जबकी, आवश्यकता अनुसार नेपाली उद्योगहरुले नै स्यानिटाइजर उत्पादन गर्न सक्ने बताईसकेका थिए ।

‘हामीले बजारको माग अनुसार उत्पदन गर्न सक्छौ भन्दाभन्दै पनि स्वदेशी उद्योगलाई सिध्याउन विदेशी स्यानिटाइजरको आयात गरियो’ एक उद्योगीले भने, ‘विदेशबाट आयत भएका स्यानिटाइजर मानव स्वास्थ्यका लागि हानिकारक छन् अनुगमन गर्नुपर्यो भन्दा पनि औषधि व्यवस्था विभागका तत्कालिन महानिर्देशक नारायण प्रसाद ढकालले बेवास्ता गर्दा नेपालीहरुले हानिकारक स्यानिटाइजर प्रयोग गरे ।’

कच्चा पदार्थ पनि स्वदेशमै उपलब्ध हुने र आवश्यकता अनुसार उत्पादन गर्न सकिने हुँदाहुँदै पनि विदेशी स्यानिटाइजरको आयात किन गरियो आफूहरुले बुझ्न नसकेको औषधि उत्पादक संघका पूर्व अध्यक्ष दाहालको भनाई छ ।

दाहाल भूकम्पपछिको भारतीय नाकाबन्दीका समयमा जुर्मराएको आत्मनिर्भरको आवाज अहिले कमजोर हुँदै गएको र त्यसबेलाको तुलनाको आयातको दर दोब्बर भईसकेको बताउँछन् । मूलुकलाई आत्मनिर्भर बनाउने मामिलामा कर्मचारी संयन्त्रले काम नगर्दासम्म नेपालले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नै नसक्ने उनको भनाई छ ।

‘भारतीय नाकाबन्दीका बेला स्वाभिमान र आत्मनिर्भरको कुरा खुब उठे’ उनले भने, ‘आज ५ वर्षपछि हामी झन झन भारतसँग परनिर्भर हुँदै गएका छौँ, आयातको दर हेर्ने हो भने दोब्बर भईसकेको छ ।’bizpati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
सौराहामा एक्कासी पर्यटकको चहलपहल

सौराहामा एक्कासी पर्यटकको चहलपहल

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

जानकी मेडिकल कलेज धारासायी हुँदै

जानकी मेडिकल कलेज धारासायी हुँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .