बरियारपट्टी ।मधेस प्रदेशमा रहेको औरही गाउँपालिकाको एक विद्यालय एक वर्ष देखि प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित भएको छ ।सिरहाको औरही गाउँपालिका वडा नम्बर १ हरकट्टीका श्री आधारभूत विद्यालयमा प्रधानाध्यापक बिहिन हुदा दिनप्रतिदिन पठनपाठन प्रभावित हुदै गएको छ।शिक्षक मोहन प्रसाद यादवले भने प्रधानाध्यापक रामचन्द्र यादव बिरामी भएको कारण विद्यालय आइरहेको छैन प्रशासनिक कामकाज शिक्षक प्रमोद कुमार सिंहले अहिले गरिरहेको छ ।शिक्षक प्रमोद कुमार सिंहले भने प्रधानाध्यापक यादवले निमित्त कसैलाई दिएको छैन तर मैले बाध्य भएर प्रशासनिक कामकाज गर्नु पर्छ वहाँले आफ्नो ठाउमा एक जनालाई विद्यार्थी पढाउन दिएको छ ।
बाल विकास छात्रा २४ छात्र ३९ जम्माविद्यार्थी संख्या ६३ उपस्थिति २०।कक्षा १ मा छात्रा १४ छात्र ३० जम्मा विद्यार्थी संख्या ५४ उपस्थिति २३।कक्षा २मा छात्रा १४ छात्र १३ जम्मा विद्यार्थी संख्या ५४ उपस्थिति १५।कक्षा ३ मा छात्रा १३ छात्र १५ जम्मा विद्यार्थी संख्या २८ उपस्थिति १२।कक्षा ४ मा छात्रा १५ छात्र १६ जम्मा विद्यार्थी संख्या ३१ उपस्थिति १९ ।कक्षा ५ मा छात्रा १० छात्र १३ जम्मा विद्यार्थी संख्या २३ उपस्थिति १० ।कक्षा ६ मा छात्रा १४ छात्र ८ जम्मा विद्यार्थी संख्या २२ उपस्थिति १३ विद्यालयको विद्यार्थी हाजिरी रजिस्टार उपस्थिति संख्या यस्तो छ ।बिहिवार उपस्थिति हेर्दा ५० जना भन्दा कम विद्यार्थी उपस्थित थियो यसै बाट प्रस्ट हुन्छ कि दिनप्रतिदिन विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
दिवा खाजा वाट विद्यार्थीहरु बन्चित छन सरोकारवाला विद्यालय वरेमा कुनै चासो छैन ।स्थानीय सरकार छ कहाँ हो जनता थाहा छैन स्थानीय पुनम महतो भने ।शिक्षा शाखा दुई कर्मचारी छन मनोजकुमार यादव र रमेश शर्मा छन।शिक्षाक्षेत्रमा प्रगति होस भन्ने पालिका राखेको छ ।शिक्षा शाखाको कर्मचारी मनोज कुमार यादव भन्छ १३ वटा विद्यालय दिवाखाज चलिरहेको छ।गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत उदित्य कुमार कर्ण भन्छ दिवा खाजा वाट विद्यार्थी बन्चित छैन तर साउन देखिनै दिवा खाजा बाट विद्यार्थी बन्चित छ ।