जनकपुरधाम। रौतहटको गौर नगरपालिका-१ स्थित गौर सेन्ट्रल अस्पतालको लापरबाहीका कारण १८ वर्षीय लालु यादवको मृत्यु भएको भन्दै पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्।
गौर-३ निवासी धर्मेन्द्र यादवका छोरा लालु यादवको आन्द्राको शल्यक्रिया (अपरेसन) गर्ने क्रममा मृत्यु भएको हो। मृतकका काका देवेन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनको चरम लापरबाहीका कारण भतिजाको ज्यान गएको आरोप लगाए ।
देवेन्द्र अधिकारीका अनुसार सुरुमा लालु यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल, गौरमा लगिएको थियो। तर त्यहाँ कार्यरत चिकित्सक पंकज साहले उपचार सम्भव हुँदाहुँदै निजी अस्पतालमा रिफर गरिदिएका थिए। अधिकारीले आरोप लगाउँदै भने, “डाक्टर पंकज साह, घनश्याम ठाकुर लगायत केही चिकित्सकको मिलेमतोमा बिरामीलाई जबरजस्ती निजी अस्पताल पठाइएको हो। कमिशनकै कारण लालुको ज्यान गयो।”
उनले सरकारी अस्पतालमा उपचार सम्भव हुँदा पनि बिरामीलाई निजी अस्पतालमा पठाउनु केवल रौतहटको गौर नगरपालिका-१ स्थित गौर सेन्ट्रल अस्पतालको लापरबाहीका कारण १८ वर्षीय लालु यादवको मृत्यु भएको भन्दै पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन् ।
सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर, कमिशनको खेल?
देवेन्द्र अधिकारीका अनुसार सुरुमा लालु यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल, गौरमा लगिएको थियो। तर त्यहाँ कार्यरत चिकित्सक पंकज साहले उपचार सम्भव हुँदाहुँदै निजी अस्पतालमा रिफर गरिदिएका थिए। अधिकारीले आरोप लगाउँदै भने, “डाक्टर पंकज साह, घनश्याम ठाकुर लगायत केही चिकित्सकको मिलेमतोमा बिरामीलाई जबरजस्ती निजी अस्पताल पठाइएको हो। कमिशनकै कारण लालुको ज्यान गयो ।”
स्थानीयको आक्रोश, दोषीलाई कारबाहीको माग!
घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दोषी चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। शनिबार स्थानीयबासीले अस्पताल अगाडि प्रदर्शन गर्दै “लापरबाही चिकित्सकलाई कारबाही गर!” जस्ता नारा लगाए। मात्र नभई आपराधिक क्रियाकलाप भएको दाबी गरे ।
स्थानीयको आक्रोश, दोषीलाई कारबाहीको माग!
घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दोषी चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।