• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल


विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल


महेश सिंह लहान सिरहा –लहान नगरपालिका वडा नम्बर ८ स्थित लोटस स्कुलले बसन्त पञ्चमी (सरस्वती पूजा) को अवसर पारेर वार्षिक विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यार्थीसँगै अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा करिब १५० जना विद्यार्थीले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए।


विद्यालयका संस्थापक प्रिन्सिपल सुदीप चौधरीका अनुसार लोटस स्कुलमा हाल करिब १,३०० विद्यार्थी अध्ययनरत छन् भने ४५ जना शिक्षक कार्यरत छन्। विद्यालयले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न प्रत्येक वर्ष सरस्वती पूजाका दिन विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ।
विद्यालयका भ्वाइस प्रिन्सिपल अरुणकुमार चौधरीका अनुसार सरस्वती पूजाको अवसर पारेर विद्यालयले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने विशेष अवसर प्रदान गर्दै आएको छ।
“विद्यार्थीहरूले वर्षभर सिकेका सीपलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्न यो प्रदर्शनी आयोजना गरिएको हो। शिक्षालाई सिर्जनशील बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरेका छौं,” चौधरीले भने।
विद्यालय परिसरभित्र निर्माण गरिएका स्टलहरूमा विद्यार्थीहरूले विज्ञान तथा कलासम्बन्धी विभिन्न परियोजना प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले सिर्जित कलात्मक चित्रकला, हस्तकला तथा वैज्ञानिक अनुसन्धान एवं प्रयोगात्मक परियोजनाहरू अभिभावक तथा आगन्तुकहरू समक्ष प्रदर्शन गरेका थिए।
प्रदर्शनीमा सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने ८ जना विद्यार्थीलाई विद्यालयले नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ। विद्यालय प्रशासनका अनुसार विजेताहरूलाई निम्नानुसार पुरस्कार प्रदान गरिनेछः
प्रथम स्थान – नगद रु ५,००० र प्रमाणपत्र
द्वितीय स्थान – नगद रु ३,००० र प्रमाणपत्र
तृतीय स्थान – नगद रु २,००० र प्रमाणपत्र
सान्त्वना पुरस्कार – नगद रु १,००० र प्रमाणपत्र
– विजेता विद्यार्थीहरूका अभिभावकलाई पनि विद्यालयले विशेष सम्मान गर्ने जनाएको छ।
प्रदर्शनीमा विज्ञान विधातर्फ करण साह, आशा कुमारी, मनिषा यादव, श्रीकान्त चौधरी लगायतका विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने कला विधातर्फ समीक्षा चौधरी, सामसागी शाही ठकुरी, विपिन रौनियार लगायतका विद्यार्थीहरूले आर्ट प्रोजेक्ट प्रस्तुत गरेका थिए।
विद्यालयका प्रिन्सिपल सुदीप चौधरीका अनुसार विद्यार्थीहरूलाई सिर्जनशील बनाउने उद्देश्यले यस्तो प्रदर्शनी आयोजना गरिएको हो। “विद्यार्थीहरूलाई विज्ञान र कलामा अभिरुचि बढाउन तथा उनीहरूलाई सिर्जनात्मक बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण छन्,” चौधरीले भने।
विद्यालयले एक हप्ताभित्र निर्णायक समितिको मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने जनाएको छ। निर्णायक टोलीले विद्यार्थीहरूको सिर्जनशीलता, प्रयोगात्मक ज्ञान र प्रस्तुतीकरणलाई आधार मानेर मूल्यांकन गर्नेछ।
लोटस स्कुल शिक्षाको गुणस्तर वृद्धिमा योगदान दिँदै शैक्षिक हबका रूपमा विकास भइरहेको विद्यालय प्रशासनले जनाएको छ। स्थानीय स्तरमै उच्च गुणस्तरको शिक्षाको प्रवर्द्धन गर्दै आएको यो विद्यालय विद्यार्थी, अभिभावक तथा समाजबीच एक विश्वासिलो शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको छ। विद्यालयले आगामी वर्षहरूमा पनि यस्ता सिर्जनात्मक तथा प्रयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लोटस स्कुलद्वारा खेलकुद प्रतियोगिताका विजयी विद्यार्थी र अभिभावक सम्मानित
  • २०८१ माघ २२, मंगलवार २०:५९
  • In "BannerNews"
  • नारी छन्, संसार टिकेको छ: नगर प्रमुख चौधरी लोटस युनिक स्कुलले भब्य मनाए नारी दिवस
  • २०८१ माघ २२, मंगलवार २०:५९
  • In "BannerNews"
  • लहानमा इन्टर स्कुल खेलकुद प्रतियोगिता आयोजना
  • २०८१ माघ २२, मंगलवार २०:५९
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

प्रवेश परीक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

Next Post

मालपोत र प्रशासन कार्यालय घेराउको योजना

बोदे बर्साईन नगरपालिकामा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया

‘मन्त्री’को लोभमा अध्यादेशको समर्थन गर्दै उपेन्द्र यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version