• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बोदे बर्साईन नगरपालिकामा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया


बोदे बर्साईन नगरपालिकामा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया

उमेश कुमार साह
बोदे बर्साईन। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले सप्तरीको बोदे बर्साईन नगरपालिकामा बीमा सम्बन्धित अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न गरेको हो ।

सो कार्यक्रममा नगरपालिकाका वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य,वडा सदस्य, कर्मचारीहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु, सहकारी संस्था , कृषि फार्म तथा महिला समुहका व्यक्तिहरु सहभागि थिए । सो कार्यक्रममा ९० भन्दा बढिको सहभागिता रहेको थियो ।

बिमा प्राधिकरणको अन्तरक्रियामा सहभागीहरू: तस्बिर  भ्वाइस खबर

कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ सम्म आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानाकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी अभावमा बिमा गराउनबाट बन्चित रहेको यस्तो कार्यक्रमलाई अगामी दिनमा गाउँगाउँ सम्म पुर्याउनु पर्नेे जोड दिइएका थिए। साथै, कार्यक्रमका सहभागिहरुले यस क्षेत्रमा धेरै किसानहरुको आफ्नो जग्गा नहुने र अरुको जग्गामा खेति गर्ने हुँदा बीमा दाबी परेको खण्डमा सोको क्षतिपूर्ती जग्गा धनिले पाउने कि वास्तविक किसानले पाउने भन्ने जस्ता जिज्ञासा राखेका थिए ।बीमा अन्तरक्रिया कार्यक्रममा बीमा र बीमा प्राधिकरणको बारेमा नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख प्रीति देवले प्रस्तुतिकरण गरेकी थिइन्।

कार्यक्रममा उपस्थित सहभागिहरुले बीमा कम्पनीहरुले समयमा दावी भुक्तानी दिन आनाकानी गर्ने गरेको र सानो रकमको दावी भुक्तानी लिनका लागि पनि पटक पटक बीमा कम्पनी धाउनु पर्ने अवस्था रहेकोले कृषकहरु बीमा प्रति आकर्षित नरहेको कुरा राखेका थिए । साथै सहभागिहरुले यस कार्यक्रमले हामीलाई धेरै किसिमको चेतना भएको र बीमा त हाम्रै सुरक्षाको लागि आवश्यक रहेछ र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरि हुन सक्ने आर्थिक नोक्सीबाट सुरक्षित रहन सकिने कुराको जानाकारी पाएकोमा सहभागी रहरूले नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिएका थिए ।

नगरपालिकाका कृषि शाखा अधिकृत हिमानी यादवले यस क्षेत्रमा बीमा गर्नका लागि बीमा कम्पनीहरु गाउँसम्म पुग्न नसकेको कुरा राख्नु भएको थियो । उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालकले सप्तरी जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि ओरियन्टल इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने व्यवस्था रहेको कुराको जानकारी गराएका थिए ।

बोदे बरसाईन नगरपालिका नगर उपप्रमुख रेनु कुमारी साहले यो कार्यक्रम निकै नै महत्वपूर्ण रहेको र यसका लागि हाम्रो पालिकाको कार्यालयमा आएर यस्तो कार्यक्रम राखि हामीलाई साथै हाम्रो सम्पूर्ण पालिकालाई जानाकारी उपलब्ध गराएकोमा धन्यवाद समेत दिएका थिए । साथै नगर उप-प्रमुखले बीमा आफु रहदाँ पनि नरहदाँ पनि आवश्यक रहेको हुँदा प्रत्येक मानिस, निजको गाडि, घोडा ,सम्पत्तीहरु , बाली तथा पशुपन्छीहरुको बीमा गरि ढुक्कले बस्नु पर्ने र क्षती भएको अवस्थामा बीमा बाट नै क्षतिपूर्ती पाउन सकिने हुँदा आर्थिक अभावलाई पूर्ती गर्न बीमाले सहयोग गर्ने धारणा राखेका थिए ।

मधेश प्रदेश बिमा प्राधिकरणका कार्यालय प्रमुख प्रीति देवले नेपाल सरकारले बजेट मार्फत घोषण गरेको एक घर एक बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमा सम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेकी थिइन् ।

बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम प्रमुख बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहको प्रमुख आतिथ्यमा भएको थियो । सो कार्यक्रममा सहजिकरण बिमा प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख प्रीति देवले र बीमा समितिका सहायक निर्देशक रोमिला शर्माले गरेका थिए। voicekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सहिद यादवको १९ औं स्मृति दिवस मनाइयो
  • २०८१ माघ २३, बुधबार १९:५९
  • In "BannerNews"
  • सडक अतिक्रमणले दुर्घटना निम्तियाएपछि तातिए स्थानीय सरकार
  • २०८१ माघ २३, बुधबार १९:५९
  • In "देश"
  • मानराजामा १ हजार १ कलश स्थापना
  • २०८१ माघ २३, बुधबार १९:५९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

‘मन्त्री’को लोभमा अध्यादेशको समर्थन गर्दै उपेन्द्र यादव

अमेरिकाले १० अवैध आप्रवासीलाई संसारकै सबैभन्दा खतरनाक जेलमा पठायो

चीनले झट्का दिएपछि युक्रेनमाथि दवाब बढाउँदै डोनाल्ड ट्रम्प

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version