No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारमा भव्य राहु पूजा : धार्मिक आस्थाको महाकुम्भ

गोलबजारमा भव्य राहु पूजा : धार्मिक आस्थाको महाकुम्भ

महेश सिंह, लहान – सिरहा जिल्लाको गोलबजारमा भव्य राहु पूजा सम्पन्न भएको छ। आठ छोरीपछि छोरा प्राप्तिको भाकल पूरा गर्न आयोजित यस पूजामा हजारौं श्रद्धालु सहभागी भएका थिए।

गोलबजार नगरपालिका–१ निवासी रबिलाल पासमान र उनकी श्रीमती कुशमा देवी पासमानले करिब २५ वर्षअघि सूर्य देवतासँग छोरा प्राप्तिको लागि भाकल गरेका थिए। आठ छोरीपछि छोरा रामकृष्ण पासमान जन्मिएपछि उनले करिब तीन लाख रुपैयाँ खर्च गरेर विशेष पूजा गराएका हुन्।
पूजामा सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाबाट आएका भक्तजनहरूको ठूलो भिड लागेको थियो। स्थानीय राजलाल पासमानका अनुसार राहु पूजा सबै समुदायका लागि खुला रहन्छ। परापूर्वकालदेखि चल्दै आएको यो पूजामा लहान–१४ पिडरबोनीका छुतहरू पासवान मुख्य पूजारीका रूपमा रहेका थिए।

दोस्रो पुजारी हरी पासमानका अनुसार राहु पूजामा ५६ करोड देवी–देवतासँगै मिथिलाञ्चलका प्रसिद्ध राजा सल्हेश र राजा चोहरमलको विशेष पूजा गरिन्छ। “राहु भनेको दैवी शक्ति हो। यो पूजा विशेष गरी सन्तान प्राप्ति, दोष निवारण र पारिवारिक सुखका लागि गरिन्छ,” उनले भने।
पूजाको अन्तिम दिन गोलबजारमा मेलाको माहोल देखिन्थ्यो। श्रद्धालुहरूका लागि स्थानीय स्वयंसेवकहरूले भोजन, पानी र आवासको व्यवस्था गरेका थिए। स्थानीय बासिन्दा टेकराज पासमानले भने, “यति ठूलो भीड लागेको मैले पहिले कहिल्यै देखेको थिइनँ। गाउँ नै मेला जस्तो बनेको थियो।”

मुख्य पूजारी छुतहरू पासवानका अनुसार राहु पूजा सूर्य देवता दिनकरसँग सम्बन्धित भएकाले विशेष गरी माघ महिनामा गरिन्छ। स्थानीय समाजसेवी राजकुमार पासमानले भने, “राहु पूजा परापूर्वकालदेखि चल्दै आएको महत्वपूर्ण अनुष्ठान हो। यसपालि झनै भव्य रूपमा सम्पन्न भएको छ।”
यस पूजाले धार्मिक तथा सांस्कृतिक महत्त्व स्थापित गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका कार्की पक्राउ

अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका कार्की पक्राउ

प्रतिनिधिसभामा छवटा अध्यादेश पेश

प्रतिनिधिसभामा छवटा अध्यादेश पेश

धनुषामा सरस्वती पूजाको भव्य आयोजना तथा सांस्कृतिक शुद्धता कायम राख्न आग्रह

धनुषामा सरस्वती पूजाको भव्य आयोजना तथा सांस्कृतिक शुद्धता कायम राख्न आग्रह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...