No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यातायात कार्यालय लहानमा १० वर्षदेखि दाहालको रजगज, मान्दैनन् मधेश सरकारको सरुवा

यातायात कार्यालय लहानमा १० वर्षदेखि दाहालको रजगज, मान्दैनन् मधेश सरकारको सरुवा

सिरहाको यातायात व्यवस्था कार्यालय लहानका अधिकृत छैटौँ विजय दहालको १५ असोजमा श्रम तथा यातायात मन्त्रालयमा सरुवा भयो । मन्त्रालयको १४ असोजको निर्णय अनुसार १५ असोजमा पत्र पठाएपनि दहाल माघ ९ गतेसम्म हाजिर भएका छैनन् । मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार साहले अधिकृत दहाल अहिलेसम्म मन्त्रालयमा हाजिर भएका छैनन् ।

दहालको यो पहिलो सरुवा भने होइन । साउन २८, २०७१ मा उनी पहिलोपटक यातायात व्यवस्था कार्यालय सगरमाथा, लहानमा खरिदारका रूपमा आएका थिए । त्यसबेलादेखि एक वर्ष मात्र कार्यालय बाहिर बसेका दहाल अहिले छैटौँ अधिकृतसम्म बढुवा भइसकेका छन् । तर लहान कार्यालयमै कायम छन् ।

एक वर्षभित्रै मात्र दहालको तीन पटक सरुवा भएको छ । भदौ २०८० मा उनलाई मधेशको उद्योग तथा पर्यटन मन्त्रालयमा सरुवा गरिएको थियो । तर उनले त्यहाँ पनि काम गरेनन् । मुख्यमन्त्री कार्यालयलाई प्रभावमा पारेर दहाल फेरि यातायात कार्यालय लहानमै बस्न सफल भए । त्यसपछि मुख्यमन्त्री कार्यालयले १८ चैत २०८० मा उनलाई भू तथा जलाधार कार्यालय लहानमा सरुवा गर्यो । तर, जलाधार कार्यालयमा पनि उनी हाजिर भएनन् । अनाधिकृत रुपले यातायात कार्यालयमै रहिरहे ।

असोज १५ मा श्रम तथा यातायात मन्त्रालयले उनलाई पुनः आफ्नै मन्त्रालयमा सरुवा गरे पनि दहाल अझै त्यहाँ पुगेका छैनन् । पटक पटक सरुवा हुँदा पनि सरुवा भएको कार्यालय नजानुको कारणबारे प्रश्न गर्दा उनले अब जान्छु जवाफ दिए । अरु केही कुरा नभनि अलमलिँदै उनले जवाफ दिए ‘अब चाँडै जान्छु’

यातायात कार्यालयहरु माल अड्डाका रूपमा चिनिन्छ । मुख्यमन्त्री कार्यालयका अनुसार, प्रशासनतर्फका कर्मचारीहरूले यातायात कार्यालय विशेष प्राथमिकतामा राख्ने गरेका छन् ।
साधारणतः कर्मचारीको सरुवा दुई वर्षमा हुने प्रावधान छ । २१ असार २०७३ मा खरिदारबाट नासुमा बढुवा भएका दहाल यातायात व्यवस्था कार्यालय लहानमा दोस्रोपटक ३ असार २०७४ मा समान्य प्रशासन मन्त्रालयबाट नासुमा पदस्थापन भए । त्यस यता उनको पटक पटक सरुवा भयो तर लहान यातायात व्यवस्था कार्यालयबाहेक अन्यत्र गएका छैनन् । ५ असार २०७६ मा समायोजन हुँदा पनि उनी लहान यातायातमै पदस्थापन भए ।

३० भदौ २०७७ मा, २० चैत २०७७ मा सरुवा भयो । तर उनी कार्यालय छाडेन ।
लोकसेवा आयोगम मार्फत ९ साउन २०६६ मा जिविस खोटाङमा गाविस सचिवमा पदस्थापन भएका उनी १९ असार २०७१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भए । त्यस यता उनी यातायात कार्यालयमै कायम छन् ।

कार्यालयका कर्मचारीका अनुसार, दहालले खरिदारदेखि अधिकृतसम्मको यात्रा पूरा गर्दै कार्यालयका प्रमुखलाई समेत प्रभावित गरी आफूअनुकूल कार्यालय सञ्चालन गर्दै आएका छन् । उनको यहाँ रजगज छ ।

‘यहाँ नामका लागि कार्यालय प्रमुख रहन्छन् । कार्यालय चालउने नै अधिकृत विजय दहाल हुन् । लाईसेन्सदेखि हरेक फाँट आफ्नो नियन्त्रणमा राख्छन् । यहाँ चलखेल गरेर मोटो रकम कमाउँदैछन् । र त्यसैबाट सरकारलाई प्रभावित गरी कार्यालयमा टिकिरहेका छन् । निरन्तर साढे ७ वर्ष यहाँ बस्नु र कानुन न मान्नु नै यसको प्रमाण हो’ ती कर्मचारीले भने ।

यातायात मन्त्रालयकै एक कर्मचारीले दहालसँग यति पावर छ की उनलाई मन्त्रालयमै हाजिर गराउन कसैले नसक्ने दावी गरे ।
यातायात व्यवस्था कार्यालयमा हुने अनाधिकृत कमाइका लागि अधिकांश कर्मचारी कसरत गर्ने गर्छन् । गइसकेका कर्मचारीहरु त्यहाँबाट फर्किन मान्दैनन् । वर्षौदेखि यातायात कार्यालयमा चलखेल गरी कायम रहेका कर्मचारीहरु चलखेल गरी आफ्नो सरुवा रोकाउने गर्छन् ।

दहाल जस्तै १५ असोजमै यातायात व्यवस्था कार्यालय जनकपुरमा अधिकृत छैठौंमा रहेका रमेशकुमार दासलाई दरबन्दी कायम भएको शिक्षा विकास निर्देशनालयमा फर्किन पत्र पठायो । मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार मन्त्रालयले उनलाई काज फिर्ता हुन दुईपटक पत्र पठाइसकेको छ । तर उनी अहिलेसम्म मन्त्रालयमा हाजिर भएका छैनन् । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

Next Post
धनुषामा एक महिलाको हत्या

धनुषामा एक महिलाको हत्या

लहान–९ मा महिलाका लागि ब्यूटी पार्लर तालिम सुरु

लहान–९ मा महिलाका लागि ब्यूटी पार्लर तालिम सुरु

शीतलहर पीडितलाई लहानमा कम्बल वितरण

शीतलहर पीडितलाई लहानमा कम्बल वितरण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .