No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ठगी आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ

ठगी आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ

सप्तरी । मधेस प्रदेशमा ‘पैसा डबल’ गरिदिने ठगी धन्दा चलाउने गिरोह सक्रिय रहेको खुलासा भएको छ । सप्तरी जिल्लामा सर्वसाधारणको पैसा लिएर ‘डबल’ गरिदिने भन्दै ठगी धन्दा चलाइरहेको गिरोहका नाइकेसहित एक जना पत्रकार पक्राउ परेपछि यसको खुलासा भएको हो ।

सप्तरी प्रहरीले बुधवार बिहान पत्रकार महासङ्घ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई तिलाठीाट पक्राउ गरेको जनाएको छ । पत्रकार यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएकोले पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए ।

उनका अनुसार दर्जनौँ मान्छेहरूको जाहेरी परेपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको र सोही क्रममा पत्रकार यादव पक्राउ परेका हुन ।  यसअघि प्रहरीले पैसा डबल गरिदिने धन्दा चलाइरहेका गिरोहका मुख्य नाइके सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका –७ निवासी रामबहादुर भन्ने हनुमानी रजकलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकाहरुविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेत बताउँछन् । उनका अनुसार यो गिरोहले दश वर्षदेखि सप्तरीमा पैसा डबल गरिदिने भन्दै ठगी धन्दा चलाइरहेका थिए । अहिलेसम्म परेको जाहेरीमा यो गिरोहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।

ठुलो गिरोह बनाएर ठगी धन्दा चलाइरहेको देखिएकोले प्रहरीले यो घटनामा सूक्ष्म अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ ।

कसरी चल्थ्यो ठगी धन्दा ?

सप्तरी प्रहरीका अनुसार यो धन्दाको सुरुवात करिब दश वर्ष अगाडिदेखि भइरहेको छ । पत्रकार र नेताहरूसहितको गिरोह बनाएर ठगी गर्ने योजनाका साथ धन्दा सुरुवात गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।  प्रहरीका अनुसार त्यही योजनाअनुसार उक्त गिरोहले आफूहरूसँग पैसा छाप्ने मेसिन रहेको भन्दै सुरुमा प्रचार गरेका र  पछि पैसा ठग्न थालेका हुन् ।

डबल पैसा पाउने लोभमा ठगिएका भरत ठाकुरका अनुसार सुरुमा यो गिरोहका मान्छे सर्वसाधारणको घरमा जान्थे । उनी भन्छन्, ‘आफूहरूसँग पैसा छाप्ने मेसिन छ, त्यसमा केमिकलको प्रयोगबाट पैसा डबल बनाइन्छ भन्दै जालमा फसाइन्थ्यो । रकम बढी आइसकेपछि पैसा छाप्ने मेसिनको केमिकल सकिएको छ, आउन केही समय लाग्छ भन्दै त्यसपछि उनीहरु बहाना बनाउन सुरु गर्थे ।’

उनका अनुसार जब पैसा माग्न गइन्थ्यो तब उनीहरूले झन् उल्टै धम्काउँथे  । उनका अनुसार प्रहरी प्रशासन, नेता गुन्डाहरू सबै आफ्नो गोजीमा रहेको भन्दै उल्टै हामीलाई हप्कीदप्की आउँथ्यो ।

प्रहरी प्रवक्ता बस्नेत भन्छन्– ‘गिरोहले सुरुमा सर्वसाधारणसँग कम पैसा लिन्थ्यो, केही समयपछि त्यसलाई डबल गरेर फिर्ता गरिदिन्थ्यो । जुन कारण सर्वसाधारण विश्वस्त हुन्थे । त्यसपछि ती व्यक्ति फेरि लोभमा परेर लाखौँ रुपैयाँ दिन्थे । अनि जब बढी पैसा आउँथ्यो, त्यो पैसा भने उनीहरूले गायब बनाइदिन्थे ।’

उनका अनुसार तर उक्त गिरोहले पैसा लिँदा भने कुनै प्रमाण दिँदैन्थ्यो, जुन कारण सर्वसाधारणहरू बिचल्लीमा पर्थे । तर धेरैको जाहेरी आइसकेपछि प्रहरीले थालेको अनुसन्धानमा उक्त गिरोह धेरै जनासँग ठगी गरेको पाइएको उनी बताउँछन् । यसरी नै उनीहरूले लामो समयदेखि जिल्लामा ठगी धन्दा चलाइरहेको पाइएको प्रहरी भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
शीतलहर पीडितलाई मनकारी युवाहरूद्वारा लहानमा बल्याङ्गकेट उपहार

शीतलहर पीडितलाई मनकारी युवाहरूद्वारा लहानमा बल्याङ्गकेट उपहार

पेस्तोल देखाएर पैसा असुल्ने अब्दुल कलाम पक्राउ

पेस्तोल देखाएर पैसा असुल्ने अब्दुल कलाम पक्राउ

आर्टिफिसियल इन्टेलिजेन्समा ५०० अर्ब डलर लगानी गर्ने डोनाल्ड ट्रम्पको घोषणा

आर्टिफिसियल इन्टेलिजेन्समा ५०० अर्ब डलर लगानी गर्ने डोनाल्ड ट्रम्पको घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .