No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

४० वर्षअघिको हत्या घटनाका आरोपी राजु सिंह पक्राउ पर्दा मो.सराज राइन

४० वर्षअघिको हत्या घटनाका आरोपी राजु सिंह पक्राउ पर्दा मो.सराज राइन

काठमाडौं । हत्या घटनामा संलग्न भएर अदालतबाट जन्मकैद सजाय तोकिएका एक फरार अभियुक्त ४० वर्षपछि फरक परिचयमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका वडा नं. –९ का रत्नेश्वर प्रसाद सिंहका छोरा ५६ वर्षीय राजु सिंहस छन् । तर उनको हालको घर र परिचय फेरिएको छ ।

उनी हाल सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ का ५६ वर्षीय मो. सराज राइन छन् । उनको विगतको धर्म, नाम र पहिचान भने परिवर्तन गरिसकेका हुन् । यसको कारण हो, ४० वर्षअघि भएको एउटा हत्या घटना ।

प्रहरीका अनुसार जग्गा सम्बन्धि विवादमा १६ चैत २०४१ मा रौतहटको साविक ब्रह्मपुरी गाविस १ एवं हालको राजदेवी नगरपालिका ९ का स्थानीय लेखापढी व्यवसायी ललन सिंहको हत्या भएको थियो । हत्या घटनामा ब्रहमपुरी गाँउ विकास समिति वडा नं. ३ हाल राजदेवी नगरपालिका वडा नं. –९ का रत्नेश्वर प्रसाद सिंह र उनका छोरा राजु सिंहसमेत गरी चारजना संलग्न भएको आरोप छ ।
मृतक ललन सिंहकी पत्नी धुपकली देवीको जाहेरीले वादी नेपाल सरकार रहेको कर्तव्यज्यान मुद्दामा रत्नेश्वर प्रसाद सिंह र उनका छोरा राजु, नागेश्वर महरासहित चारजनालाई प्रतिवादी बनाइ जिल्ला अदालत रौतहटमा अभियोजन गरियो । रौतहत जिल्ला अदालतले २६ फागुन २०५७ मा राजु सिंहलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसमै उनका बुबासहित अन्य प्रतिवादीलाई पनि जेल सजाय फैसला सुनाएको थियो ।

मृतक ललनका छोरा विजय सिंहका अनुसार घटना पश्चात संलग्न चारजनै आरोपी फरार भएका थिए । घटनाको केही समय पश्चात सीमा पारी भारतबाट रत्नेश्वरलाई पक्राउ गरी ल्याएर कारागार चलान गरिएको थियो । केहीवर्षको जेल सजाय भोगेर उनी रिहा भए । छोरा राजुसहित तीनजना फरार नै रहे । रत्नेश्वर अहिले पनि जिवीतै छन् ।
प्रहरी स्रोतका अनुसार घटना पश्चात फरार रहेकाले राजु आफ्नो परिचय फेरे । धर्मसँगै नाम पनि परिवर्तन गरे । उनले हिन्दु धर्म परिवर्तन गरी मुसलीम धर्म अपनाए र राजु सिंह नामलाई मोहम्द सराज राइनमा परिवर्तन गरे ।

भारतमा बसेर बसको खलासीको काम गर्दै आएका थिए । पछि सर्लाहीको चक्रघट्टा गाँगपालिका ४ सुन्दरपुर फर्के । त्यहाँ घर बनाए । राजुले सुन्दरपुरमै धर्म र नाम परिवर्तन गरे । ‘घटनाको केहीवर्षसम्म फरार भएर म भारतको विहारमै बसमा खलासीको काम गरे । करिब ३० वर्ष भयो । म सुन्दरपुर फर्के । त्यहाँ मैले धर्म परिवर्तन गरी मुस्लिम बने । विवाह गरे । नागरिकता बनाएँ’ प्रहीलाई बयानको क्रमममा उनले भनेका छन् ।

झुटो विवरण पेश गरी नागरिकता पनि उनले बनाएका छन् । जसमा फर्जी रुपमा बुबाको नाम मो.खलिफ राखेर उनले मो. सराज राइनको नामबाट नागरिकता लिएका छन् । ‘मेरो सुरुको नाम राजु सिंह हो । बुबा रत्नेश्वर हुनुहुन्छ । यहाँ नागरिकता लिँदा बुबाको नाम मो. खलिफ राखेको छु । त्यस नामको व्यक्ति कोही हुनुहुन्न । यतिकै नाम राखे’ उनले प्रहरीलाई बयान दिएका छन् ।
उनले त्यही पालैपालो दुईवटा विहे समेत गरेका छन् । राजुका अनुसार पहिलो बिहे सबिला नामका महिलासँग गरे । उनले छाडेर हिडेपछि अर्को सबिना नाम गरेकी महिलासँग गरे । ‘पहिलोपटक विहे हुँदा सविलासँग गरेको थिएँ । उनले छाडेर गएपछि दोस्रो पटक सविनासँग गरेको छु’ उनले बयामा भनेका छन् ।

उनले हत्या घटनाको बेला आफू बालक भएको र त्यसमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । ‘म बालक नै थिएँ । त्यो घटनामा मेरो संलग्नता छैन । त्यस घटनामा बुबाको संलग्नता थियो । उहाँ जेल सजाय काटिसक्नु भएको छ’ बयानमा उनले खुलाए ।

फरार अभियुक्त विगतका राजु अहिले सराज भएको रहस्य ४० वर्षपछि पक्राउ परेपछि खुलेको हो । उनलाई प्रहरीले गत शुक्रबार सर्लाही चक्रघट्टा गाँगपालिका ४ सुन्दरपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय जकपुरले खटाएको सिरहाका प्रहप्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवान समेतको टोलीले पक्राउ गरेको छ । राजुलाई थप अनुसन्धान तथा कारबाहीको लागि रौतहट प्रहरी मार्फत जिल्ला अदालत रौतहटमा पेश गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

Next Post
सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक

सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक

मधेश केन्द्रित दलहरुले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति

मधेश केन्द्रित दलहरुले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति

माघे संक्रान्ति विशेषः लायन्स क्लब अफ लहान फूलबारीद्वारा नि:शुल्क चिया र कपडा वितरण

माघे संक्रान्ति विशेषः लायन्स क्लब अफ लहान फूलबारीद्वारा नि:शुल्क चिया र कपडा वितरण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .