No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बहुभाषिक नीति सशक्त पार्न र मधेसको अधिकार सुनिश्चित गर्न प्रतिबद्धता

महेश सिंह लहान – जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ३५ वर्षको कालखण्डमा कांग्रेस र एमालेले देशलाई बर्बादीको दिशामा पुर्‍याएको गम्भीर आरोप लगाएका छन्। सिरहाको लहानमा आयोजित चार महिने महाअभियान कार्यक्रमको समापन गर्दै यादवले युवाहरू देश छोड्न बाध्य हुनु र कृषि, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको कमजोर अवस्थालाई विगतका गलत नीतिहरूको परिणाम भने।
“करिब ७० लाख युवा-युवतीहरू विदेशमा ठक्कर खाइरहेका छन्। देशभित्र अवसर सिर्जना गर्नु त परको कुरा, यहाँ भ्रष्टाचार र लूटतन्त्र मात्रै फस्टाएको छ,” उनले टिप्पणी गरे।
कार्यक्रममा यादवले मधेस आन्दोलनले लोकतान्त्रिक व्यवस्था परिवर्तन गर्न योगदान दिएको उल्लेख गर्दै मधेसमा समानता र समावेशिताको अभाव अझै गम्भीर रहेको बताए। “मधेसको जनसंख्या ५४ प्रतिशत छ। यस्तो अवस्थामा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित नगर्ने हो भने देशमा लोकतन्त्रको अभ्यास हुन सक्दैन,” उनले भने।
उनले महिला, दलित, र पिछडिएका समुदायहरूका लागि छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्नेमा जोड दिए। “संबिधानमा परिवर्तन नगरी यो सम्भव छैन,” उनले भने।
नेपालमा १२५ वटा भाषा रहेको तथ्य औंल्याउँदै यादवले बहुभाषिक नीतिलाई सशक्त बनाउनुपर्ने धारणा राखे। “मधेस हजारौं वर्षदेखि स्वशासित रहेको क्षेत्र हो। यसको पहिचान र अधिकारलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं,” उनले भने।
३५ वर्षको राजनीतिक नेतृत्वको आलोचना गर्दै उनले भने, “यो देशमा ‘काले काले मिलके खाउ भाले’ भन्ने उखान चरितार्थ भएको छ। कांग्रेस र एमालेले देश चलाउन पूर्णतः असफलता बेहोरेका छन्।”
जसपा नेपालको चार महिने महाअभियान अन्तर्गत सिरहाको लहानमा आयोजित प्रशिक्षण तथा छलफल कार्यक्रममा पार्टीका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल, र जिल्ला अध्यक्ष अशोक यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा माननीय सञ्जिला यादव, सहिदा खातुन, राजकुमार गुप्ता, इन्जिनियर बैजनाथ साह, विजयकुमार यादवसहितका नेताहरूले पनि आफ्नो धारणा राखेका थिए।
पार्टीका नेता परियागलाल यादवले कार्यक्रमको उद्देश्य मधेसको हकहितका विषयमा पार्टीका कार्यकर्ताहरूलाई अभिमुखीकरण गर्नु रहेको बताए। यादवले परिवर्तनको लडाइँ अझै अधुरो रहेको भन्दै समानता, बराबरी, र स्वतन्त्रता बिना लोकतन्त्रको अभ्यास सम्भव नभएको धारणा व्यक्त गरे। “देशको विकासका लागि समतामूलक व्यवस्था अनिवार्य छ,” उनले भने। कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा सुरु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
लहान शाखाबाट हीरोको दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्‍यो

रिहा हुँदै गर्दा दुर्गा प्रसाईंले भने- म हारेको छैन नि फेरि

आफ्नी श्रीमतीलाई दर्जनौं व्यक्तिबाट बलात्कार गराउने व्यक्तिलाई २० वर्षको जेल सजाय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .