No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अदालतको आदेश उल्लंघन गर्दै निर्माण कार्य जारी

अदालतको आदेश उल्लंघन गर्दै निर्माण कार्य जारी

लहान वडा नं २ मा कानुन विपरीत निजी जग्गामा वडा कार्यालय निर्माण गर्दै, स्थानीयको विरोध जारी

महेश सिंह सिरहा ३ पुष – लहान नगरपालिका वडा नम्बर २ मा विवादास्पद रूपमा वडा कार्यालय निर्माण कार्य अघि बढ्दा स्थानीयवासी आन्दोलित भएका छन्। स्थानीय भूपेन्द्र प्रसाद यादवको नाममा रहेको कित्ता नम्बर ९१० को निजी जग्गामा निर्माण थालिएको भन्दै स्थानीयले अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएका छन्।
स्वास्थ्य चौकी निर्माणका लागि २२५ कित्ता नम्बरको जग्गा एलानी भनी देखाइए पनि, सोको सट्टा भूपेन्द्र यादवको निजी जग्गा उपयोग गरिएको स्थानीय बिन्देश्वर महतोको गुनासो छ। यसअघि जिल्ला अदालत सिरहाले सो मुद्दामा यादवको पक्षमा फैसला गरिसकेको छ। तर, वडा अध्यक्ष शिया राम यादवले अदालतको आदेश अटेर गर्दै निर्माण कार्य जारी राखेको आरोप स्थानीयले लगाएका छन्।

“२२५ कित्ता देखाएर हाम्रो निजी सम्पत्तिमा वडा कार्यालय बनाउन खोजिँदा विरोध गरेका हौं। अदालतको आदेश आए पनि निर्माणकार्य रोकेकाे छैन । कस्तो जनप्रतिनिधि हाे ? भनि गुणासाे जग्गा धनिकाे छ ।
वडा कार्यालय निर्माणमा स्थानीयसँग कुनै परामर्श नगरी, अध्यक्ष यादवले मनोमानी शैली अपनाएको आरोप स्थानीयको छ। “घरमै उपभोक्ता समिति गठन गरेर सरकारी बजेट कुम्ल्याउने तवरले काम अघि बढाइएको छ,” स्थानीय राम औतार महतो बताउँछन्।

स्थानीय बासिन्दाहरूले लहान नगरपालिकामा सामूहिक निवेदन दर्ता गरेका छन्। साथै,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूका हस्ताक्षरसहितको प्रेस विज्ञप्ति पनि वडा कार्यालयमा बुझाइएको छ। तर, निर्माण कार्य रोक्ने कुनै पहल नभएको उनीहरूको गुनासो छ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले निर्माण कार्यमा रोक लगाउँदै उत्प्रेषण निषेधाज्ञा जारी गरेको भए पनि वडा कार्यालय निर्माणकार्य रोकिने जस्तो देखिदैन भनि स्थानीय युवाहरूको आरोप छ।

“वडा अध्यक्षले अदालतको आदेशको उल्लंघन गरेका छन्। स्थानीयको भावनालाई बेवास्ता गरेर मनोमानी गरेपछि हामी शान्तिपूर्ण विरोध गरिरहेका छौं,” स्थानीय युवाहरूले बताए।
यस विषयमा वडा अध्यक्ष यादवसँग प्रतिक्रिया लिन खोज्दा उहाँसँग सम्पर्क हुन सकेन।

स्थानीयहरूले निर्माण कार्य तुरुन्त रोक्न माग गरेका छन्। “हाम्रो माग सम्बोधन नगरे, हामी आन्दोलन चर्काउन बाध्य हुनेछौं,” विरोधमा सहभागी स्थानीयले भने।यस विवादले लहान नगरपालिकाको प्रशासनिक व्यवस्थापन र स्थानीय सरकारप्रतिको विश्वासमाथि प्रश्न खडा गरेको छ। अदालतको आदेशको पालना नगर्नु र स्थानीयको माग बेवास्ता गर्नुले विवाद अझै गहिरिने संकेत बुद्धिजीवी, नागरिक समाज र समाजसेवीहरुकाे ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
नवराजपुर १ ढेकहामा आगलागी: १० लाखको क्षति, राहत दिन सहयोगी पीडितको घरमा

नवराजपुर १ ढेकहामा आगलागी: १० लाखको क्षति, राहत दिन सहयोगी पीडितको घरमा

बहुभाषिक नीति सशक्त पार्न र मधेसको अधिकार सुनिश्चित गर्न प्रतिबद्धता

बहुभाषिक नीति सशक्त पार्न र मधेसको अधिकार सुनिश्चित गर्न प्रतिबद्धता

लहान शाखाबाट हीरोको दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्‍यो

लहान शाखाबाट हीरोको दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्‍यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...