No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरक डसना बनाएर मासिक डेढ लाख आम्दानी गर्ने रफिक

सिरक डसना बनाएर मासिक डेढ लाख आम्दानी गर्ने रफिक

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

रासस-
सर्लाही, । 
सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ ।
सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उनले बताए । रफिकका दुई छोरा सोही काममा वैदेशिक रोजगारीमा छन्। उनको एक छोरा ट्र्याक्टरमा पुरानो लुगा पेलेर सिरक डसना बनाउने काम गर्दै विभिन्न स्थान पुग्ने गरेका छन्। मोहमद भने गाउँ तथा नजिकैको बजार क्षेत्रमा सिरक डस्ना बनाउने काम गर्छन् ।

यस कामबाट आम्दानी राम्रो हुने गरेको हरिपुर–५ का कालीगढ हसन मन्सुरले बताए । ‘सिरक डसना बनाउने काम परम्परागत हुँदै हामीले सिकेका हौँ’, उनले भने, ‘व्यापारीले काम दिएको बेला बजारतिरै काम गर्छौं । बाँकी समय गाउँगाउँमै पनि पुग्ने गरेका छौँ।’

धनुषा, पर्सा, काठमाडौँसम्म पुगेर सिरक डसना बनाउने काम गरेको रफिकले बताए। उनका अनुसार एक जना कालीगढले दिनमा सात वटासम्म सिरक वा डसना बनाउन सक्छन् । पसले वा स्थानीयबाट लम्बाइ र चौडाइ हेरेर एउटा सिरक वा डसना बनाएको कम्तीमा रु सात सय ज्याला लिने गरेको उनले बताए ।

सिरक डसना बनाउन सम्पूर्ण सामान साहुले नै उपलब्ध गराइदिन्छन् । कपास फिट्ने लाठी र सियोको भरमा मनग्य आम्दानी गर्ने गरेको मन्सुरको भनाइ छ । जस्तोसुकै भए पनि सीप भएपछि कमाइ गर्न समस्या नहुने उनी बताउँछन् ।

औपचारिक शिक्षा नलिएका तीनै जनाले आफ्ना बुबाबाजेबाट सिकेको सीप लिएर स्वरोजगार बनेको बताए । मेहनत गर्न सक्दा गाउँ ठाउँमै काम पाइने उनको भनाइ थियो।
यामको तीन-चार महिना कात्तिक, मङ्सिर, पुस र माघसम्म मासिक डेढ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गरेको रफिकले बताए । ‘दिनको झण्डै ५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने, ‘बिहानैदेखि आँखा देखुञ्जेल काम गर्नुपर्छ।’

सिरक डसना बनाएर कमाएको आम्दानीले परिवारका सात जनाको भरणपोषण गर्ने गरेको उको भनाइ थियो । ‘अहिले छोराहरू पनि कमाउन जान्छन्, अर्का कालीगढ हाफिज मन्सुले भने, ‘तर, घरमा भएका बुहारी नातिनातिनीहरु सबैको लालनपालन आफैँले गरिरहेको छु।’ कमाइ नभए कसरी परिवार पाल्नु ?’

हफिजका अनुसार पछिल्लो समय विभिन्न प्रकारका म्याटेसलगायतको बजारले सिरक डसनाको माग कम हुँदै गएको छ।
यसरी सिरक डसनाको मागसँगै बनाउने पेसासमेत सङ्कटमा पर्दै गएकोमा दुखेसो छ । उनले भने, ‘बजारमा विभिन्न म्याटेस पाहिन्छ । गाउँमा पनि त्यही राख्न थालेका छन् । गाउँगाउँमा ट्र्याक्टरमा उपकरण लिएर हिँड्नेले पुरानो लुगाबाट सिरक डस्ना बनाउन थालेपछि झन कपासको प्रयोग गरेर सिरक डसना बनाउने काम घट्दै गएको छ।’

प्रत्येक वर्ष चिसो बढ्दै जाँदा जाडोको जोहो न्यानो सिरक डसनाको खपत बढ्ने गर्दछ । यस वर्ष पनि समयमै चिसो सुरु भएकाले जिल्लामा सिरक डसना बनाउने जनशक्तिको चहलपहल बाक्लिनुका साथै बजार पसलका समेत सिरक डसनाको माग बढ्दै गएको सर्लाहीको बरहथवा बजारमा सिरक डस्ना व्यापार गर्नुहुने राम दरेश ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

Next Post
महोत्तरीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, बस सिरहाबाट नियन्त्रणमा

महोत्तरीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, बस सिरहाबाट नियन्त्रणमा

अदालतको आदेश उल्लंघन गर्दै निर्माण कार्य जारी

अदालतको आदेश उल्लंघन गर्दै निर्माण कार्य जारी

नवराजपुर १ ढेकहामा आगलागी: १० लाखको क्षति, राहत दिन सहयोगी पीडितको घरमा

नवराजपुर १ ढेकहामा आगलागी: १० लाखको क्षति, राहत दिन सहयोगी पीडितको घरमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .