• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन


भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखक शुक्रबार भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीसँगकाे बैठकमा स्थानीय तहको उपनिर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिँदै । तस्बिर : शेरबहादुर सिंह/रासस

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज भर्चुवल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन आग्रह गरे ।

“३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,” गृहमन्त्री लेखकले भने, “शान्ति सुरक्षा नभएर पुनःमतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।” निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिनेस्थिति आउन नदिन आग्रह गरे ।

“लोकतन्त्रको आधार भनेकै निर्वाचन हो,” मन्त्री लेखकले भने, “त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस् ।” उनले पछिल्लो समय मुलुकमा लागुऔषधको अवैध कारोवार र दुव्र्यसन बढ्नुका साथै ठूलो चुनौतीका रुपमा देखापरेको बताए ।

लागुऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा जिल्लामा जोड दिन निर्देशन गर्दै गृहमन्त्री लेखकले भने, “भ्रष्टाचार र अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।” त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकाप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको बताए । “जिल्लामा हेटस्पीज दिने, अरुको मनमार्दन गरेर सामाजिक सञ्चाल प्रयोग गर्ने कार्य हुँदैछन्,” उनले भने, “लोकतन्त्र अनुशासनको पद्धति हो, अराजकताको पद्धति होइन ।”

गृहमन्त्री लेखकले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजस्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

मन्त्री लेखकले नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । “२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ,” उनले भने, “जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो ।”

त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिए । उनले वैदेशिक रोजगारीका नाउँमा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागुऔषध नियन्त्रणलगायत विषयमा ध्यान दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई निर्देशन दिए ।

गृह मन्त्रालयद्वारा आयोजित उक्त भर्जुअल बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सुशीला कार्की द्वारा लुम्बिनी भ्रमण, चुनावी तयारीको समीक्षा
  • २०८१ मंसिर ७, शुक्रबार २१:१९
  • In "BannerNews"
  • फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने
  • २०८१ मंसिर ७, शुक्रबार २१:१९
  • In "BannerNews"
  • निर्वाचन आयोगलाई निष्पक्ष र कडा अनुगमनको आग्रह
  • २०८१ मंसिर ७, शुक्रबार २१:१९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

Next Post

थमन बिक हत्या प्रकरण: चौधरी पुर्पक्षका लागि जेल चल

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान : विप्लव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version