• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान : विप्लव


विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान : विप्लव

काठमाडाैं। नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन्।

पार्टी पुनर्गठन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले सरकार बनाउनका लागि चूनावमा जनता सहभागी भएपनि नेताहरुले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका हुन्।

नेपालको सरकार विदेशी शक्तिले ढाल्ने र बनाउने नेताहरुको व्याख्या जनतामाथिको धोका भएको उनले बताए। त्यस्तै विप्लवले अहिलेको मुलुकको अवस्था अस्तव्यस्त रहेको र सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए।

प्रधानमन्त्रीको काम सरकार ढल्दैन भन्ने मात्रै रहेको उल्लेख गर्दै विप्लवले अहिलेको सरकार रातको १२ बजे ढल्नसक्ने आभाष जनतालाई भएको बताए। अहिले भ्रष्टहरुले नै सडकमा नारा लगाउने काम गरिरहेको र आफूले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरेको उनले बताए।

त्यस्तै उनले ऋणको त्रास देखाएर बीआरआई परियोजना रोक्ने र एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको उल्लेख गरे।

उनले आफूहरुले चाहेको व्यवस्था अहिलेसम्म नआएको गुनासो पोखे । उनले भने,‘०६४ सालपछि हामी नयाँ जीवन चाहन्थ्यौं । माओवादीले जुन दिन विजयी हाँसिल गर्नेछ, जनताले विजयी हाँसिल गर्नेछ । जनताको अनुहारमा मुस्कान छाउनेछ । रगतलाई गौरवको रुपमा बुझ्नेछ । मसिर ८गते जनमुक्ति सेना बनेको दिन हो । नेपालमा सुकुम्बासीको अन्त्य भएको हेर्न चाहन्थ्यौं । जनजातिहरु सत्तामा पुगेको हेर्न चाहन्थ्यौं । युवाहरुले नेपालमै बसेर देश बनाएको हेर्ने हो । २१औं शताब्दीमा जनयुद्ध लडेका युवाहरु यही देशमा बस्नुपर्छ । गणतन्त्रलाई ठूलो उपलब्धिको रुपमा हेर्नुपर्छ । जनताका अधिकार पनि प्राप्त भए । तर, जनताको जीवनमा परिवर्तन भएन । नेपाल देश स्वाधिन भएन । क्रान्तिले पूर्णता पाउन सकेन । नेपाली जनताको व्यवस्था बन्न सकेन । क्रान्ति अधुरो भयो । अधिकार अधुरो भयो । नौजवानले आफ्नो भविष्य अन्धकार भएको महशुस गरे । हाम्रा मान्छेहरुलाई अपमानित हुन दिनुहुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देशमा संकटमा : विप्लव
  • २०८१ मंसिर ८, शनिबार २०:३२
  • In "देश"
  • नेपालको राजनीतिक प्रक्रिया कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने काम अहिले अदालतले नै गर्नु पर्ने स्थिती
  • २०८१ मंसिर ८, शनिबार २०:३२
  • In "देश"
  • कांग्रेस सांसदहरुको एकैस्वर : देउवा नै संसदीय दलको नेता, उहाँकै नेतृत्वमा सरकार बन्छ
  • २०८१ मंसिर ८, शनिबार २०:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

अमेरिकाकी पहिलो ट्रान्सजेन्डर सांसदले शौचालय प्रयोग गर्ने विषयमा विवाद

आणविक युद्धको जोखिम अहिले जस्तो चरम कहिल्यै थिएन : कीम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version