• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

योजनामा फँसाएर गरिब घरपरिवारको बिल्लीबाठ


योजनामा फँसाएर गरिब घरपरिवारको बिल्लीबाठ

काठमाण्डौं । शुक्रबार मध्यान्ह, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका विजय साह घरमा थिएनन् । घरमै रहेको सानो किराना पसलमा बसिरहेका थिए वृद्ध बुबाआमा योगनारायण र लाछोदेवी । विजय केहीबेर अघि मात्र बरहथवाका ढुंगा व्यवसायीलाई भेट्न निस्किसकेका थिए ‘तटबन्ध गर्न ल्याएको ढुंगाको पैसाको लागि डेढवर्षदेखि बारम्बार तागेता आइरहेको छ । विजय उसैलाई भेट्न केहीबेर अघि निस्किे’ बुबा योगनारायणले सुनाए ।

योगनारायाणको तीन छोराको सँगोल परिवार छ । तर घरमा अन्य कोही थिएन । हृदयघातपछि विजयकी श्रीमती रञ्जु गत माघदेखि दिल्लीमा उपचाररत्त छिन् । दिल्लीमै बसिरहेका सालोको डेरामा दुई छोराछोरी छन् विजयको । विजयका दुई भाइका परिवार आफ्नै अनुकुल बसेका छन् । सानो किराना पसल, दुध डेरी र कुटानीपिसानी मिलको भरमा वृद्ध आमाबुबाले घर धानेका छन् ।
डेढ वर्षदेखि आर्थिक संकट, ऋणको भारी र उधारोको दलदलमा फँसेको छ परिवार । पारिवारिक कलह र तनावले विजयकी श्रीमती रञ्जुलाई हृदयघात भयो । छोराछोरीको पठनपाठ प्रभावित बन्यो । घर विथोलियो । यतिखेर उनको घर नर्क जस्तो बनिसकेको छ । जेनतेन हाँसीखुसी चलिरहेको परिवारलाई यो दुरावस्था पुर्याउने काम गरेको छ, सरकारको राष्ट्रिय गौरवको योजना राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति ।

आर्थिक वर्ष २०७९।८० मा समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरले विजयको घर नजिक रहेको ढेंग्रा नदीमामा नदी स्थिरिकरण गर्न तटबन्धको काम गरायो । इकाईले काम विजयकी श्रीमती रञ्जु अध्यक्ष रहेकी रामजानकी नदी नियन्त्रण उपभोक्ता समितिसँग वैशाख पहिलो साता २०८० मा गरेको थियो । विजयका अनुसार कन्टिजेन्सीसहित २६ लाख ३१ हजार ४६३ रुपैयाँ ३८ पैसामा सम्झौता भएपछि काम अघि बढाउँदा जेठमा ७ लाख पेश्की खातामा पठायो ।
बाँकी भुक्तानी कामपछि दिने गरी उधारोमा ढुंगा, जाली र जनशक्ति लगाएर विजयले काम गराए । उपभोक्ता समितिले ढेंग्रा नदीकोको झोलुंगे पुलको उत्तर पश्चित तर्फ डेढ सय जालीमा तटबन्धको काम गर्यो ।

विजयका अनुसार असारको दोस्रो साता तटबन्धको काम सम्पन्न भयो । सम्पन्नताको कागजात पेश गरे । योजनाका साइट इन्चार्ज कार्यान्वयन इकाइ जनकपुरका तत्कालीन सव–ईन्जिनियर रामईश्वर साहले मूल्यांकन नै गरेनन् । २९ असारसम्म भुक्तानी हुने भन्दै बीचमा आएर मूल्यांकन गरिदिने भन्दै विजयलाई अल्झाए । जबकी नजिकै चक्रघट्टा गाउँपालिका १ स्थित झोलुंगे पुल नजिक लखनदेही नदी स्थिरिकरण योजनाको निरीक्षण र मूल्यांकनमा सव–ईन्जिनियर रामईश्वर पटकपटक गरेको विजयको गुनासो छ ।
‘रामइश्वरले छेउकै वडाको नदीमा तटबन्ध योजना हेर्न कतिपटक आए । मैले कयौं पटक आग्रह गर्दा आजभोलि भन्दै बजेट फ्रिज गराइदिए’ विजय आक्रोश पोख्छन् ‘दुई पैसा कमाइ हुने लोभमा हामीलाई फँसाइदियो ।’

विजयको बुझाइमा सव–ईन्जिनियरले ठेकेदारलाई काम गर्ने योजना नदिँदा आफूलाई फँसाएका छन् । ‘हाम्रो उपभोक्ता समितिसँग कार्य सम्झौता हुँदा रामइश्वरले यो काम ठेकेदारलाई दिन आग्रह गरे । हामीले आफै श्रमदान गरी काम गर्दा दुई पैसा बचत हुने भनेर अस्वीकार गर्यौ’ विजय सुनउँछन् ‘नजिकै लेखनदेही नदीमा नामको उपभोक्ता समिति बाएर उसले आफ्नो ठेकेदार नागेन्द्र मार्फत काम गराए । पटक पटक भिजिट गरे, मूल्यांकन गरी भुक्तानी गरायो । हाम्रो अल्झायो’

यता तत्कालीन सव–ईन्जिनियर रामईश्वर उक्त आर्थिक वर्षको असार मसान्तमा काम अनुसारकै सात लाख भुक्तानी गरेको दावी गरे । ‘असारमा सबै कामै गरेका थिएनन् । जति काम गरेको थियो । त्यस अनुसारको भुक्तानी भयो’ उनले तर्क गरे ‘साइट भिजिट गर्न आएन भन्ने कुरा झुटो हो । मैले ठेकेदार माफर्त काम गराउनुस् भनेको होइन । विजय आफ्नै कारणले मनपरी र बढी काम गरेर फँसेका छन्’

विजय ३६ प्रतिशत चर्को व्याजदरमा गाउँघरबाट ऋण काढेर मजदुरको ज्याला, जाली, ढुंगा, माटो ल्याएका व्यवसायीको केही रकम तिरे । केहीको बाँकी छ । सँगोल सम्पतिको नाममा चारकठा खेत र दुईकठा घडेरी मात्र रहेका उनको परिवारमा यसले कलह सुरु भयो ।

योजना इकाइ कार्यालयले आर्थिक वर्ष २०८०।०८१ मा बाँकी भुक्तानी दिने आश्वासन दियो । गरेकै काममा थपथाप गरिदिनु भनेर इकाइले ३२ लाख २२ हजार ९४० रुपैयाँ २० पैसाको अर्को नयाँ योजनको सम्झौता रामजानकी नदी नियन्त्रण उपभोक्ता समितिसँग गर्यो । २१ भदौ २०८० मा गरेको सम्झौतामा गर्यो । जसमा अध्यक्ष विजयका आफन्त फुलबन्तीलाई राखियो । २५ असार २०८१ भित्र काम सम्पन्न गर्ने गरी इकाइले गरेको सम्झौता पत्रमा तत्कालीन इकाइ प्रमुख उपसचिव शिवकुमार पोखरेलको हस्ताक्षर छ । सम्झौताले विजयमा बाँकी भुक्तानी हुने आश पलायो । तर धेरै दिन टिक्न सकेन ।

असोजमा तत्कालनी इकाइ प्रमुख पोखरेल र अभररियर रामइश्वरको सरुवा भयो । पोखरेल भू तथा जलाधार कार्यालय उदयपुरमा सरुवा भए भने सव–ईन्जिनियर रामईश्वर जनताको तटबन्ध कार्यक्रम सर्लाहीमा ।

नयाँ इकाइ प्रमुखका रुपमा जनकपुरमा मिथिलेश महतो आए । विजयको उपभोक्ता समितिसँग गरेको सम्झौता अनुसारको कार्यक्रम नै सो आर्थिक वर्षमा स्वीकृत नरहेको पाइयो । ‘म आउँदा सम्झौताको नत दर्ताचलानी थियो । नत स्वीकृत कार्यक्रम । यो प्रक्रिया अनुसार काम र भुक्तानी हुँदैन’ प्रमुख महतो भन्छन् ।

तत्कालीन सव–ईन्जिनियर रामईश्वर नयाँ कामको लागि सो उपभोक्ता समितिसँग पुनः आर्थिक वर्ष २०८०।०८१ म सम्झौता गरेको बताउँदै आफूहरुको सरुवा भएपछि केही थाहा नभएको तर्क गर्छन् ‘स्वीकृत कार्यक्रम अनुसार नै अर्को नयाँ सम्झौता गरिएको थियो । अब किन काम वा भुक्तानी भएन हामीलाई थाहा छैन’ उनी भन्छन् ।

विजय फेरि तनावमा परे । जबकी विजय सँगसँगै भदौमा नयाँ सम्झौता गरेको चक्रघट्टा गाउँपालिका १ मै अघिल्लो आर्थिक वर्षमा भएको नदी स्थरीकरणको काममा केही थपेर प्रकटनाथ लखनदेही नदी नियन्त्रण उपभोक्ता समितिलाई असोज २०८० मै २५ लाख ४९ हजार १८ रुपैयाँ भुक्तानी गरिसकेका छन् ।
‘दोस्रो पटकसँगै सम्झौता भएको चक्रघट्टाको अर्को नयाँ योजनाको सम्झौता गरेर भुक्तानी पनि दियो । तर हाम्रो नगर्दै सरुवा गरेर गए । हामीलाई फँसाउने नियत नै थियो उनीहरुको’ विजय भन्छन् ।

भुक्तानी नहुने भएपछि विजयको परिवार तनावको दलदलमा फँस्दै गयो । विजयले सँगोलको सम्पतिबाट दुई कठा खेत र ६ धुर घडेरी करिब ५ लाखमा बेचेर केही उधारो र उपचारमा खर्च तिरे । ऋण र घरको चिन्ताले आमा लाछो देवी पनि पिरोलिएकी छन् ।

‘तटबन्धके काम हमर घरके काल भगेल । दु ढौवा कमाइके लोभमे हमरा बेटाके फँसाक हमर घर बर्बाद कदेल । पुतहुके बेमारी भगेलै । पोतापोती हमरासे दुर भगेल’ आमा लाछोदेवी दुखेसो सुनाइन् ‘कुटान पिसान मिल आ इ छोटका दोकानसे जेनतेन हमर घर चलैय । अफिस पैसा नै देतै त धियापुता केना रहतै ?’
चर्को ब्याज दरको ऋणको भारीले परिवार थिचिदै गएको छ । उधारोको ताकेताले कहिलेकाही विजयलाई मोबाइल स्वीच आफ र लुक्नुको बिकल्प हुन्न ।
‘ऋण त छँदै छ । उधारोको ताकेताले कहिलेकाही स्वीच अफ नगरी हुन्न । घडेरी बेच्दा ५ लाखले केही उधारो र श्रीमतीको उपचारमा लगाएँ ?’ विजय भन्छन् ‘कहिले नगरेको काम दुई पैसा हुने लोभमा फँसायो । मेरो घरपरिवार र जिन्दगी नर्क भयो’

यो योजना बारे विजय वडाध्यक्ष दिनेश साहको घरमा पुग्दा थाहा पाएका थिए । रामइश्वर वडाध्यक्षको घरमा आएको बेला योजनाको चार्चा चल्यो । काम गरे केही आम्दानी हुने आशामा विजय चाँसो लिए । र दलदलमा इकाइले फँसाएको दुखेसो छ ।

वडाध्यक्ष साहले इकाइले काम गराएर विजयको भुक्तानी नदिइ घरपरिवारलाई ऋणमा डुबाएर बर्बाद गरेको गुनासो गरे । ‘गरिब मान्छे । जसोतसो काम गर्यो । तर भुक्तानी नदिँदा चिन्ता तनाबले श्रीमतीलाई हर्टअट्याक भयो । खेत बेचेर उपचार गराइरहेका छन्’ वडाध्यक्ष साह भन्छन् ।

यता तत्कालीन इकाइ प्रमुख शिव पोेखरेल योजनामा काम अनुसार नै उपभोक्ता समितिलाई भुक्तानी भएको बताए । धेरै दौडधुप गरेपछि पछिल्लो वर्ष आर्थिक वर्ष २०८०÷०८१ मा पुनः रामजानकी उपभोक्ता समितिलाई नयाँ योजनाको सम्झौता गरेको उनको भनाइ छ । तर त्यस सम्झौतामा सव इन्जिनियर रामइश्वरको कारण हस्ताक्षर गरेको र त्रुटि भएको उनले स्वीकारे ।

‘सुरुको योजनाको काम अनुसार भुक्तानी गर्यौं । पछि धेरै दौडधुप गरेपछि अर्को नयाँ योजनाको सम्झौता गरिदियौं । मेरो सरुवा भइसकेको थियो । तर रामइश्वरको जोडबलमा समझरूता पत्रमा हस्ताक्षर गरिदिएँ । त्यो मेरो त्रुटि भयो’ उनले भने ।

मैखिक आदेशमा तटबन्धको काम, भुक्तानी नदिँदा बिचल्लीमा कामदार

त्यही आर्थिक वर्ष २०७९।०८० मा रौतहटको गुजरा नगरपालिका ३ धन्सार खोलामा तटबन्ध गर्ने उपभोक्ता र ठेकेदारलाई भुक्तानी नदिइ इकाइले फँसाएको छ । सव ईन्जिनियर रामइश्वरको आश्वासनमा राजकुमार पहरी अध्यक्ष रहेको झोलुंगेपुल उपभोक्ता समितिले अढाईसय मिटर तटबन्धको काम स्थानीय ठेकेदार घनश्याम कार्की मार्फत गराए । उपभोक्ता समिति अध्यक्ष पहरीका अनुसार ४२ लाखको योजना छ र पछि सम्झौता गरि भुक्तानी दिने सव इन्जिनियर रामइश्वरको आश्वासनमा काम थालियो ।

डेढसय मिटर काम गरेर सम्झौता गर्न पुग्दा अढाइसय मिटर काम गर्न सव ईन्जिनियर राइश्वरले कर गरे । अढाइसय मिटरकै काम सकाएपछि असारमा ८० मिटरको मात्र सम्झौता गरी ११ लाख २५ हजार रुपैयाँ भुक्तानी दिएको कार्कीले सुनाए । ‘सुरुमा अढाइसय मिटर काम गर्न भन्यो । गरेपछि मात्र ८० मिटरको सम्झौता गरी भुक्तानी दियो । डयाम बनाउन, तारजाली, ढुंगा, र मजदुर गरी ३४ लाख रुपैयाँ मेरो खर्च भएको छ । साउनको दोस्रो सातामै नयाँ सम्झौता गरेर भुक्तानी गरिदिने भन्यो । आलटाल गर्दै असोजमा अभरसियर रामइश्वर र प्रमुख पोखरेल सरुवा भएर गइहाले’ ठेकेदार कार्कीले आक्रोश पोखे ।

उनको त्यो भुक्तानकीको बाटो बन्द भइसकेको छ । विधि प्रक्रियाले काम नभएकाले भुक्तानी दिन सक्ने अवस्था नरहेको इकाइ प्रमुख महतो बताउँछन् ।
भुक्तानी नपाएर उपभोक्ता समिति र ठेकेदार तनावमा छन् । उनीहरु बोर्डसम्म पुगेर हारगुहार गरेपनि भुक्तानी पाउने कुनै छाँटकाट छैन । “हामीले बोर्डका अध्यक्ष किरण पौडेलसम्म पुगेर समस्या राख्यौं । उहाँले बोर्ड सदस्य सुनिता ढकाल र कर्मचारी नयन बहादुर तामांगलाई फिल्ड निरीक्षणमा पठाउनुभयो । निरीक्षणपछि पनि कुनै समाधान भएन । पछि भुक्तानी नहुने भनियो’, ठेकेदार कार्कीले भने ।

पैसा नदिँदा उधारोमा ल्याएको तारजाली, ढुंगा व्यवसायी र मजदुरबाट पटक पटक गालीबेज्जती सहनु परेको ठेकेदार कार्कीको गुनासो छ ।
“दिएको चेक बाउन्सले लफ्डा हुने गरेको छ । गालीबेज्जती हुन्छ । म ऋणमा डुबेको छु । उपभोक्ता समितिले भन्छ, पैसा पाएपछि मात्र दिन्छु’ कार्की चेतावनी दिन्छन् ‘अब कुनै उपाय नभए म तारजाली र ढुंगा उखेलेर लैजान्छु’

सव इन्जिनियर साहले आफूले सुरुमा मौखिक आदेशमा काम नगराएको दावी गरे । ‘मैले मौखिक आदेशमा काम गराएकै छैन । जति काम भएको थियो त्यति सम्झौता गरेर भुक्तानी दियौं । उपभोक्ता समितिले भुक्तानी पाउनले लोभमा आफै बढी काम गरे’ सव इन्जिनियर रामइश्वरको दावी छ ।
तत्कालीन इकाई प्रमुख पोखरेल पनि उपभोक्ता समितिले आफ्नै मनपरि बढी काम गरेको दावी गर्छन् । ‘बढी काम गरेपछि तटबन्धको भुक्तानी हुन्छ भनेर आफै उनीहरुको काम गर्यो । आफै फँसेका हुन्’ उनले तर्क गरे ।

सव इन्जिनियर रामइश्वर आर्थिक वर्ष २०७९।०८० मा इकाले संचालन गरेको १५० मध्ये १०३ योजना संचालन गरेको एक्टिभिटी प्रोफाइलमा उल्लेख छ । राष्ट्रपति चुरे इकाई जनकपुरले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्ला कार्य क्षेत्र रहेको छ । समितका बोर्ड सदस्य शशीकुमार शर्माले स्थलगत निरीक्षण र अध्ययन गरी तयार गरेको प्रतिवेदनमा सो आर्थिक वर्षमा ५ करोड २४ लाख ३२ हजार रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । फागुन २०८० मा उनले बोर्डमा पेश गरेको प्रतिवेदन आन्तरिक भन्दै अहिलेसम्म अल्झाएर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देशकै चर्को मिटरब्याजी : ऋणीलाई शौचालयमा थुनेर यातना, ४ परिवार विस्थापित
  • २०८१ आश्विन ३, बिहीबार २०:०२
  • In "मधेश प्रदेश"
  • विपन्न बस्तीमा शीतलहर : परालको ओछ्यान, परालकै ओढ्ने
  • २०८१ आश्विन ३, बिहीबार २०:०२
  • In "देश"
  • प्रहरी हिरासतमा मृत्युकाण्ड : दोषीमाथि कडा कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन
  • २०८१ आश्विन ३, बिहीबार २०:०२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

अधीनस्थ प्यालेस्टिनी भूभागबाट इजरेल हट्नुपर्ने प्रस्ताव राष्ट्रसङ्घबाट पारित, नेपाल तटस्थ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version