• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विपन्न बस्तीमा शीतलहर : परालको ओछ्यान, परालकै ओढ्ने


विपन्न बस्तीमा शीतलहर : परालको ओछ्यान, परालकै ओढ्ने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३१ बेल्वाका गणेश माझीको घरमा बालबालिकाहरु भुजाको लड्डु खाँदै थिए । कठ्यांग्रिने शीतलहरमा उनीहरुको शरीर पूरै ढाक्ने कपडा छैन । गणेशका दुई छोरा र एउटी छोरी छिन् । ज्वाइँ र नातिनातिनीहरु यतै रहेकोले परिवार १० जनाको छ ।

१० जनाको परिवार सानो फुसको घरमा बस्न बाध्य छ । बालबालिकाका लागि न्यानो कपडा त परको कुरा ज्याला मजदुरीको कमाइले परिवार धान्न मुस्किल छ । घरभित्र न सुत्नका लागि प्रयाप्त ठाउँ छ, न त न्यानो हुने खालका ओढ्ने ओच्छ्याउने । परालको ओछ्यान र परालकै ओढ्ने । ज्याला मजदुरी गरेर कमाएको पैसाले बिहान बेलुकाको हातमुख जोर्नकै लागि सकस भइरहेको माझी बताउँछन् ।

बेल्वाकै रामरती देवीको छानाको खरले भर दिन छोडेको छ । घामपानी छेक्न त्रिपालको सहारा लिनु परेको छ । त्रिपालले खरले जसरी चिसो छेक्न सकेको छैन । ३ धुर जमिनमा बनेको फुसको घरमा दुई परिवार बस्छन् ।

‘वर्षामा चुहिन्छ, त्यसैले त्रिपाल लगाएका छौं । तर बाहिरबाट निकै चिसो आईरहेको छ,’ रामरती देवीले भनिन्, ‘ श्रीमानले काम पाउँदा गर्ने नत्र नगर्ने हुँदा घर व्यवहार टार्न मुस्किल छ । न्याना लुगा कपडा लगाउने र बालबालिकालाई किनिदिने कुरा सपना जस्तै छ ।’

चुलाई माझीको घरमा न ओढ्ने छ, न ओछ्याउने छ । सुकुलको ओछ्यान, सुकुलकै सिरानी । अर्काको जमिनमा घर बनाएर बसेका रहेछन् । २ छोरा र एक छोरीका पिता उनको आँखा कमजोर हुँदै गइरहेको छ । चुलाई माझीको परिवार चिसोमा कष्टकर जीवन बिताइरहेको स्थानीय बोहनीयादेवी बताउँछिन् ।

दुखानीदेवीको दुःखको कहानी उस्तै छ । घरमा पकाएर खाने कराई, कसौडी, थाल भाँडा र एउटा चुल्हो छ । पानी पस्यो भने समान राख्नका लागि एउटा मचान घरभित्र बनाइएको छ । उनी चिसोमा मचानको तल पराल ओछ्याएर सुत्छिन् ।

‘घरमा कमाउने कोहि छैन, दुईवटा छोरा भिन्दै बसेको छ । मतलब गर्दैनन् । खेतबारीमा काम मिल्यो भने गर्छु । कहिले काम मिल्छ त कहिले मिल्दैन,’ उनले भनिन्, ‘काम नपाएको दिनमा गाउँका महिलासँग मागेर खान्छु । शरीरमा लगाएको कपडा बाहेक अरु ओढ्ने ओछ्याउने कपडा छैन । पराल ओछ्याउँछु, पराल नै ओढ्छु ।’

धेरै चिसो हुँदा आगो बालेर रातभरी जाग्राम बस्ने गरेको उनी सुनाउँछिन् । घर भत्कन लागेको भए पनि बनाउन नसक्ने अवस्थामा आफू रहेको उनले बताइन् ।

बेल्वा गाउँमा मात्रै ४२ परिवार दलित माझी मुसहर समुदाय बसोबास गर्छन् । अधिकांशको आर्थिक अवस्था कमजोर छ । ज्याला मजदुरी र जंगलबाट दाउरा ल्याएर जीवीकोपार्जन गर्दै आएका छन् । ज्यालामा जम्मा ५ किलो धान मिल्ने गरेको उनीहरु बताउँछन् ।

‘गरीब कसरी जीउँछ गरीब नै जान्दछन्’

बेल्वाकै रमियादेवी माझी गरीबको पीडा अरुले बुझ्न नसकेको बताउँछिन् । ‘चिसोमा एकदमै दिक्कत छ । घरमा केही छैन, आफ्नै गोडामा चप्पल छैन, न शरीरमा स्वीटर छ । बालबालिकालाई समेत न्यानो कपडा दिन सकेको छैन ।’ उनले भनिन्, ‘गरीब कसरी जीउँछ, गरीब नै जान्दछन् । पराल ल्याउँछौं, ओछ्याउँछौं परालमै घुसेर सुत्छौं ।’

कम्बल वितरण गर्न भनी नाम लेखेर लगेको भए पनि समान नआएको उनले बताइन् । स्थानीय जनप्रतिनीधिलाई सबै जानकारी हुँदाहुँदै पनि सहयोग नगर्ने गरेको उनको भनाइ छ ।

केही दिनयता बढेको चिसोका कारण नागरिक कठ्यांगि्ररहेका छन् । तर महानगरका विपन्न समुदायलाई जोगाउन महानगरपालिकाको तयारी भने सुस्त देखिन्छ ।

मौसम परिवर्तनसँगै शीतलहरले वर्षेनी जनजीवन प्रभावित हुने गरेको भए पनि महानगरपालिकाले योजना बनाएर काम गर्न नसकेको सरोकारवाला बताउँछन् । महानगरपालिकासँग चिसोबाट प्रभावित हुने नागरिक कति छन ? भन्ने यकिन तथ्याङकसमेत छैन ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी महानगरपालिकाले खरिद गर्न लागेको कम्बल आउनै बाँकी रहेको बताउँछन् ।

‘महानगरपालिकाले १ हजार कम्बल मगाएको छ । एक दुई दिनमा आइपुग्छ । त्यसपछि अत्यावश्यक परिवारलाई कम्बल दिन्छौं,’ नगर प्रमुख सरावगीले भने ।
व्यक्तिगत रुपमा १५० जना विपन्न नागरिकलाई कम्बल वितरण गरिसकेको उनी बताउँछन् ।

न्यानो कपडा ल्याउन नसक्ने सप्लायर्सको धरौटी जफत गरिँदै

पर्सामा १८ हजारभन्दा बढी विपन्न नागरिक रहेको अनुमानित तथ्याङक छ । शितलहर तथा चिसो जन्य विपद्बाट प्रभावित हुन सक्ने संकटापन्न व्यक्ति तथा परिवारलाई सहयोग गर्न जिल्ला विपद व्यवस्थापन समितिसँग ४४ लाख बजेट छ ।

संघीय सरकारबाट १५ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं २, जनकपुरबाट १० लाख, स्थानीय तहहरुबाट १९ लाख प्राप्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्लाका ७० वर्षमाथिका विपन्न जेष्ठ नागरिकहरुलाई एक/एक थान टोपी, वडी वार्मर र कम्बल उपलब्ध गराउने निर्णय विपद व्यवस्थापन समितिको बैठकले गरिसकेको छ ।

पर्सामा पुस २ गते नै विपद व्यवस्थापन समितिको बैठक बसेर अति विपन्न र ७० वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकलाई कम्बललगायत न्यानो कपडा गर्ने निर्णय गरिसकेको छ । तर छनौटमा परेको सप्लायर्सले कपडा नै दिन नसक्ने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भिम पौडेल नेतृत्वको नमुना छनौट समितिले बजारबाट नमुना संकलन गरेर बोल पत्र आव्हान गरेको थियो । तीनवटा सप्लायर्सले आवेदन दिएको थियो ।

अञ्जली ट्रेड सप्लायर्स ३ हजार सेट ल्याउन नसक्ने जानकारी दिइसकेको छ । उसले धरौटी जफत गरिदिनु भनी पत्राचार गरेकोले १ लाख २० हजार रुपैयाँ जफतको प्रक्रियामा अघि बढेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन् । ‘

‘खरिद कर्ताले समान नै पाइएन भनेर हात उठाइदिएको छ । उसको धरौटी जफत गर्ने प्रक्रिया अघि बढेको छ । धेरै मूल्यको समान भएकोले टेन्डरबाटै खरिद गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘टेन्डरमा जान समय लाग्छ । अब आर्थिक नियमावली अनुसार खरिद गरेर न्यानो कपडा वितरण गर्न नसकिने अवस्था छ ।’

पालिकाहरुले आफ्नो स्रोतबाट न्यानो कपडा खरिद गरेर वितरण गर्न सक्ने उनी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने कुनैपनि नागरिक चिसोका कारण समस्यामा परेको जानकारी आए आवश्यक सहयोग गर्ने बताए । ‘गुणस्तरीय समानको आपूर्ति नै हुन सकेन, कम गुणस्तरको वितरण नगर्ने भन्ने सोच हाम्रो हो ,’ प्रजिअ तामाङले भने, ‘चिसोका कारण समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्न सकिन्छ, कतिपय पालिकाले विपद व्यवस्थापन समितिसँग समन्वय गरेर आवश्यक सामग्रीहरु लगेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जाडो छल्न पराल नै मुसहरको सहारा
  • २०७७ माघ ३, शनिबार १०:०१
  • In "BannerNews"
  • ‘परालमाथि पुराना लुगा ओछ्याएर सुत्छौं’
  • २०७७ माघ ३, शनिबार १०:०१
  • In "BannerNews"
  • ‘जनता आवास’का घर नबन्दा वर्षायाममा दलित परिवारको बिचल्ली
  • २०७७ माघ ३, शनिबार १०:०१
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

आधा उद्योग-व्यवसायमा अझै कोभिडको असर

नयाँ अपडेटपछि लाखौँले छाडे ह्वाट्सएप

कन्चनपुरमा भूमी मिचिएको समाचार 'फेक'

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version