• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नयाँ अपडेटपछि लाखौँले छाडे ह्वाट्सएप


नयाँ अपडेटपछि लाखौँले छाडे ह्वाट्सएप

मेसेजिङ एप ह्वाट्सएपले हालै लागू गरेको विवादास्पद अपडेटपछि लाखौँ प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग गर्न छाडेका छन् ।

त्योसँगै प्रतिस्पर्धी प्लाटर्फमहरु सिग्नल र टेलिग्रामको डाउनलोड ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

ह्वाट्सएपले लागू गरेको नयाँ नियमअनुसार फेसबुकसँग डाटा शेयरको अनुमति दिने नयाँ अपडेटलाई स्वीकार नगरेमा अब ह्वाट्सएप चलाउन पाइने छैन । यद्यपि बेलायत तथा युरोपका अन्य मुलुकहरुका प्रयोगकर्तालाई चाहिँ यो नियम नलाग्ने बताइएको छ ।

आगामी फेब्रुअरी ८ सम्ममा प्रयोगकर्ताले ह्वाट्सएप अपडेट नगरेमा तत् पश्चात् ह्वाट्सएप प्रयोग गर्न पाइने छैन । नयाँ अपडेटसँगै ह्वाट्सएपमा शपिङ र भुक्तानीका फिचरहरु समेत थप गरिएको ह्वाट्सएपले जनाएको छ ।

एनालिटिक्स कम्पनी सेन्सर टावरका अनुसार गत जनवरी ४ अगाडिको एक हप्तामा मेसेजिङ एप सिग्नल २ लाख ४६ हजार पटक डाउनलोड भएकोमा तत् पश्चात्को हप्तामा ८८ लाख पटक डाउनलोड भएको छ ।

त्यसमध्ये भारतमा सबैभन्दा धेरै डाउनलोड भएको पाइएको छ । ह्वाट्सएपमा नयाँ अपडेटको समाचार आउनु अगाडि भारतमा साप्ताहिकरुपमा १२ हजार पटक सिग्नल डाउनलोड हुने गरेकोमा अहिले २७ लाख पुगेको छ । त्यस्तै बेलायतमा ७ हजार ४ सय बाट १ लाख ९१ हजार पटक र अमेरिकामा ६३ हजारबाट बढेर ११ लाखमा पुगेको छ ।

सिग्नलको डाउनलोड अत्यधिक बढेसँगै प्रयोगकर्ताले भेरिफिकेसन कोड प्राप्त गर्न र ग्रुप क्रिएट गर्नमा समस्या उत्पन्न भैरहेको प्रयोगकर्ताले गुनासो गरेका छन् र उक्त समस्या समाधानको पहल भैरहेको सिग्नलले जनाएको छ ।

विश्वका नम्बर वान धनाढ्य एलन मस्कले समेत ह्वाट्सएप प्रयोग गर्न छाडेर सिग्नल प्रयोग गर्न आह्वान गरिसकेका छन् ।

सिग्नलभन्दा टेलिग्राम झनै लोकपि्रय बनिरहेको छ । ह्वाट्सएपमा नयाँ अपडेटको समाचार आउनु अगाडि टेलिग्राम एप विश्वमा एक हप्तामा ६५ लाख पटक डाउनलोड हुने गरेकामा अहिले १ करो८ १० लाख पुगेको छ ।

बेलायतमा टेलिग्रामको साप्ताहिक डाउनलोड संख्या ४७ हजारबाट १ लाख नाघेको छ । त्यस्तै अमेरिकामा २ लाख ७२ हजारबाट ६ लाख ७१ हजारमा पुगेको छ ।

सिग्नल र टेलिग्रामका प्रयोगकर्ताको संख्या तिव्र गतिमा बढिरहँदा ह्वाट्सएपको डाउनलोड दर भने उल्लेख्य मात्रामा घटेको छ ।

यसअघि ह्वाट्सएप औसतमा हप्तामा १ करोड १३ लाख पटक डाउनलोड हुने गरेकोमा हाल घटेर ९२ लाखमा झरेको छ ।

यद्यपि कतिपयले भने ह्वाट्सएपको डाउनलोड दर केही घट्दैमा हालसम्म ५ अर्ब ६० करोड पटक डाउनलोड भैसकेको ह्वाट्सएपलाई ठूलो असर नपर्ने बताउँछन् ।

सेन्सर टावरका अनुसार ह्वाट्सएपका प्रतिस्पर्धी कम्पनीहरुलाई प्रयोगकर्ताको आनीबानीमा परिवर्तन ल्याउनु निकै कठिन हुनेछ । जसका कारण ह्वाट्सएप आगामी दिनमा पनि सबैभन्दा लोकप्रिय मेसेजिङ एपकै रुपमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने
  • २०७७ माघ ३, शनिबार १०:३४
  • In "सूचना-प्रविधि"
  • ह्वाट्सएपले भन्यो – फेसबुकसँग शेयर गरिनेछैन प्रयोगकर्ताका डाटा
  • २०७७ माघ ३, शनिबार १०:३४
  • In "देश"
  • ह्वाट्सएपले किन हाल्यो भारतविरुद्ध मुद्दा ?
  • २०७७ माघ ३, शनिबार १०:३४
  • In "सूचना-प्रविधि"
Tags: #एसईई#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

कन्चनपुरमा भूमी मिचिएको समाचार 'फेक'

‘कांग्रेसको दुवै हातमा लड्डु छ, अदालतले धेरै लम्ब्याउनु हुन्न’

फेला परे दुई पुड्के जिराफ, वैज्ञानिकहरु आश्चर्यमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version