• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो


कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

काठमाडौं। उपत्यकामा कागका कारण बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा) तीव्र रूपमा फैलिएको पशु सेवा विभागले जनाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार व्यावसायिक रूपमा पालिएका कुखुरामा देखिने बर्डफ्लुलाई जैविक सुरक्षा अपनाएर वा नष्ट गरेर नियन्त्रणमा लिन सहज हुने भए पनि खुला रूपमा उड्ने कागमा संक्रमण सरेकाले यसलाई नियन्त्रण गर्न निकै चुनौतीपूर्ण बनेको छ।

हाल सदर चिडियाखानालगायत उपत्यकाका विभिन्न क्षेत्रमा कागकै माध्यमबाट संक्रमण थप फैलिरहेको छ। संक्रमित कागहरू एक ठाउँबाट अर्को ठाउँमा उडेर जाँदा भाइरस सहजै सर्ने गरेको र कागमा यसको संक्रमण अवधि २१ दिनसम्म रहने भएकाले रोग सार्ने जोखिम उच्च हुन्छ।

मरेका कागहरू कता पुग्छन् भन्ने यकिन नहुने र तिनको सुलीका कारण पनि अन्य पन्छीहरूमा भाइरस सजिलै सर्ने गरेको महानिर्देशक डा. दाहालले स्पष्ट पारे।हाल काठमाडौं उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लामा बर्डफ्लु पुष्टि भइसकेको छ।

उपत्यकाबाहिर समेत गरी हालसम्म देशभरका ११ जिल्लाका करिब १०० स्थानमा यो सङ्क्रमण फैलिसकेको विभागको तथ्यांक छ। उपत्यकाका कीर्तिपुर र कागेश्वरी मनोहरा क्षेत्रबाहेक अन्य स्थानमा भने संक्रमणलाई नियन्त्रणमा लिइसकेको विभागको दाबी छ।

बर्डफ्लु रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरेको छ। संघ, प्रदेश र स्थानीय तहको त्रिपक्षीय समन्वयमा संक्रमित क्षेत्रका पन्छी, दाना र अन्डा नष्ट गर्ने कार्यसहित नियन्त्रण अभियानलाई तीव्र पारिएको छ।

बर्डफ्लुको प्राविधिक पक्ष र अपनाउनुपर्ने सावधानीनेपालमा सामान्यतया पन्छीहरूमा एच फाइभ एन वान नामक अत्यधिक संक्रामक बर्डफ्लु भाइरसको उपप्रजाति देखिने गरेको छ। यो भाइरस पन्छीका लागि घातक त हुन्छ नै, तर यसले मानिसमा समेत सङ्क्रमण गर्ने क्षमता राख्छ।

हाल कागका माध्यमबाट रोग फैलिरहेकाले उपभोक्ता, किसान र सर्वसाधारणले विशेष सावधानी अपनाउनु आवश्यक छ। घरवरपर वा सार्वजनिक स्थलमा काग, परेवा वा अन्य जंगली पन्छी अचानक मरेको भेटिएमा खाली हातले नछुने र तुरुन्तै नजिकैको पशु सेवा केन्द्र वा वडा कार्यालयमा खबर गर्नुपर्छ।

कुखुरा फार्म सञ्चालकहरूले फार्मभित्र जंगली पन्छी वा कागको प्रवेश पूर्ण रूपमा रोक्न जालीको व्यवस्था गर्ने तथा फार्म छिर्नुअघि र निस्कँदा निसंक्रमण गर्नु आवश्यक हुन्छ।यसैगरी उपभोक्ताहरूले कुखुराको मासु वा अन्डा उपभोग गर्दा राम्ररी पकाएर, अर्थात् न्यूनतम ७० डिग्री सेल्सियस तापक्रममा मात्र खाने बानी बसाल्नुपर्छ।

काँचो मासु काट्दा प्रयोग गरिएका भाँडाकुँडा र हात साबुनपानीले राम्रोसँग धुनुपर्छ। पन्छी वा फार्मको सम्पर्कमा रहेका व्यक्तिहरूमा अचानक उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा ढिला नगरी तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराउनु आवश्यक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोना त्रास, डराउनुनपर्ने दिन कहिले आउँछ ?
  • २०८३ असार १४, आईतवार २१:४३
  • In "BannerNews"
  • ५०३२ जनामा परीक्षण गर्दा ४०३ मा कोरोना संक्रमण
  • २०८३ असार १४, आईतवार २१:४३
  • In "देश"
  • चीनमा फेरि तीव्र रूपमा फैलिंदै कोरोना, नेपालमा पनि जोखिम
  • २०८३ असार १४, आईतवार २१:४३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version