• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोना त्रास, डराउनुनपर्ने दिन कहिले आउँछ ?


कोरोना त्रास, डराउनुनपर्ने दिन कहिले आउँछ ?

काठमाडौँ – १ महिनायता जापान, दक्षिण कोरिया र चीनमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । यी देशमा फैलिएको कोरोनाको संक्रमण एसियाका अन्य देशमा समेत देखिन थालेको छ ।

कोरोना भाइरस संक्रमण वृद्धिसँगै आममानिसमा पुनः लकडाउनको अवस्था सिर्जना हुन सक्छ कि भन्ने त्रास बढेको छ । तर यसबाट खासै डराउनुनपर्ने चिकित्सकहरू बताउँछन् ।

हाल देखिएको बिएफ.७ नामक नयाँ भेरियन्ट कति घातक छ भनेर हालसम्म पुष्टि भइसकेको छैन । त्यसैले यसको असरबारे अहिले नै निर्णय गर्न नसकिने विज्ञहरुको भनाइ छ ।

नेपाल सरकारको अधिकारिक तथ्यांकअनुसार हालसम्म नेपालमा बिएफ.७ काे संक्रमण पुष्टि नभएका कारण यसबाट डराउनुपर्ने अवस्था नरहेको स्वास्थ्या सेवा विभागका डाक्टर अनुप बास्तोला बताउँछन् । तर यसको मतलब कोरोनालाई हल्का रूपमा लिन नहुने उनको भनाइ छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक प्रतिशतभन्दा कम छ । संक्रमण र मुत्यृदर लगातार कम भएसँगै हाल सरकारले कस्ता प्रकारका भेरियन्ट देखापर्छन् अथाव कस्ता बिरामी आउँछन् भन्नेबारेमा  सर्वेक्षण गरिरहेको उनले बताए ।

नेपालमा खोप अभियन सुरु भएयता प्राइमरी सिरिज (दुइटा खोप लगाउने) मानिसको संख्या करिब ८२ प्रतिशत छ । तर अझै थप मानिसले खोप लगाउन वास्ता नगर्ने गरेको उनको भनाइ छ ।

१४ मे २०२२ देखि हालसम्मको तथ्यांकअनुसार कोभिडका कारण ज्यान गुमाउनेमध्ये करिब ७७ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको डा. बाँस्तोलाले बताए ।

सरकारले विभिन्न उमेर समूहका लागि भनेर खोप उपलब्ध गराए पनि आमसर्वासाधरणले त्यसको बेवास्ता गर्ने गरेको उनको भनाइ छ ।

कोरोना भाइरसका विभिन्न भेरियन्टहरू देखापर्ने क्रम जारी रहेकाले संक्रमणमुक्त अवस्था कहिलेसम्म आउँछ भन्नेबारे यकिन रुपमा भन्न नसकिने डा. बाँस्तोलाले जानकारी दिए । त्यस्तै हाल जाडो महिनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने सिजनल फ्लु पनि हुने भएकाले परीक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए ।

छिमेकी मुलुक भारतलगायत अन्य देशमा यसको संक्रमण बढ्न थालेपछि नेपालमा पनि यसको प्रभाव पर्ने भएकाले सम्बन्धित निकायले सुरक्षाको व्यावस्थापनमा कडाइ गरिनुपर्ने डा. बाँस्तोलाले बताए । कोरोना भाइरसकाे संक्रमण नेपालमा उच्च विन्दुमा पुगेको समयमा डा. बाँस्तोला टेकु अस्पतालका निर्देशक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा फेरि तीव्र रूपमा फैलिंदै कोरोना, नेपालमा पनि जोखिम
  • २०७९ पुष २०, बुधबार १३:५५
  • In "BannerNews"
  • चीनका ११ प्रान्तमा पुन: कोरोना संक्रमण
  • २०७९ पुष २०, बुधबार १३:५५
  • In "अन्तराष्ट्रिय"
  • नयाँ कोरोना भाइरस : नेपालमा के होला ?
  • २०७९ पुष २०, बुधबार १३:५५
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

Next Post

ऋणमा नेपाललाई नफसाउ , असल छिमेकी भए अनुदान हो भनी घोषणा गर

गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै राहदानी विभागको सेवा ठप्प

गठबन्धन टुट्नुमा कांग्रेस होइन प्रचण्ड दोषी छन् : नेपाली कांग्रेस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version