• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गठबन्धन टुट्नुमा कांग्रेस होइन प्रचण्ड दोषी छन् : नेपाली कांग्रेस


गठबन्धन टुट्नुमा कांग्रेस होइन प्रचण्ड दोषी छन् : नेपाली कांग्रेस

काठमाडौं( नेपाली कांग्रेसले पाँचदलीय गठबन्धन टुट्नुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोषी रहेको बताएका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर गठबन्धन टुट्नु र प्रचण्ड जानुमा कांग्रेस दोषी नरहेको बताएका हुन्।

‘गठबन्धन टुट्नु र प्रचण्डजी जानुमा कांग्रेस दोषी छैन, प्रचण्डजी दोषी हुनुहुन्छ,’ मतले भने,‘गठबन्धन निर्माणताका गरेका प्रतिबद्धताहरू कांग्रेसले होइन प्रचण्डजीले तोड्नुभएको छ।’

पहिलो कार्यकालका लागि प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने विकल्पमा छलफल गर्न समय नै नपाइएको उनले बताए।
महतले वैकल्पिक गठबन्धन गरेर सरकार निर्माण गर्ने विषयलाई कांग्रेसले प्राथमिकता नदिएको जिकिर गरेका छन्।

‘कांग्रेस विचलित छैन। प्रचण्डजीलाई प्रधानमन्त्री दिएर जाने विकल्पबारे छलफल गर्न समय नै भएन,’ उनले थपे,‘वैकल्पिक गठबन्धन गरेर सरकारमा जाने कुरालाई हामीले प्राथमिकता नै दिएनौं।’

अहिलेको सत्ता गठबन्धनलाई अवसर केन्द्रित गठबन्धन भएको र धेरै दिनसम्म नटिक्ने महतले दाबी गरे।

‘राजतन्त्र चाहिनेदेखि राजतन्त्र चाँहिदैन भन्नेहरू यहाँ छन्, संघीयता पक्षधर र संघीयताविरोधीहरू छन्। यो अवसर केन्द्रित गठबन्धन हो,’ महतले भने,‘पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको छ। विचार र दृष्टिकोणमा एकता छैन। यो गठबन्धनको आयु छोटिनसक्ने सम्भावना हामीले हेरेका छौं।’

‘नो नट अगेन’ को नारा लगाउनेदेखि सत्ता चाहनेबीच प्रतिस्पर्धा भइरहेकोले अहिलेको सत्ता गठबन्धन धेरै अगाडिसम्म नजाने उनको तर्क छ।

‘कुन दलले ठूलो र महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने प्रतिस्पर्धा चलेको छ, नो नट अगेनको नारा लगाउने र सत्ता चाहिरनेबीच प्रतिस्पर्धा छ। गठबन्धनको आयु छोटिनसक्ने सम्भावना हामीले देखेका छौं,’ महतले भने।

प्रतिपक्षमा रहँदासम्म कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका वहन गर्ने उल्लेख गर्दै उनले आउने दिनमा पार्टी संगठन निर्माणमा केन्द्रित हुने बताए।

‘आउने दिनमा कांग्रेसको संगठन निर्माण, पार्टी एकता, व्यक्ति केन्द्रित नभएर लक्ष्य केन्द्रित भएर नेतृत्वले काम गर्छ,’ महतले भने,‘प्रतिपक्षमा रहँदासम्म सशक्त प्रतिपक्षको भूमिका वहन गर्छौं।’

ठूलो पार्टी विपक्षमा र साना पार्टीहरू सरकारमा जाने परिवेश सिर्जना भएको विषयमा भविष्यमा समीक्षा हुने उनको भनाइ थियो। आयोमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कांग्रेसले भनेजस्तै ‘ओलीको पिँजडा’मै छन् प्रचण्ड ?
  • २०७९ पुष २०, बुधबार २३:५६
  • In "BannerNews"
  • प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गर्दै उपेन्द्र यादव, प्रचण्डको पनि मिलेमतो
  • २०७९ पुष २०, बुधबार २३:५६
  • In "देश"
  • गठबन्धनमा प्रधानमन्त्रीको बहसः सभामुख लिए पहिलो, राष्ट्रपति लिए दोस्रो
  • २०७९ पुष २०, बुधबार २३:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण

पोखरा विमानस्थलबारे चिनियाँ वक्तव्यमाथि प्रदीप ज्ञवालीले उठाए प्रश्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version