• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कांग्रेसले भनेजस्तै ‘ओलीको पिँजडा’मै छन् प्रचण्ड ?


कांग्रेसले भनेजस्तै ‘ओलीको पिँजडा’मै छन् प्रचण्ड ?

काठमाडौँ– बिहीबार सभामुख निर्वाचन सकेर निस्किने क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा रोचक प्रसंग निकाले । उनको भनाइमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको पिँजडामा थुनिएका छन् ।

जुन धातुबाट बनेको पिँजडाको तात्विक अर्थ नफेरिने भन्दै उनले प्रचण्ड ओलीले बनाएको ‘प्रधानमन्त्री’ नामको पिँजडामा कैद भएको बताए, त्यो पनि सांकेतिक भाषामा होइन, मुखै फोरेर ।

हुन पनि नेपाली कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री बन्नकै लागि एमालेको ‘फेर’ समाएका प्रचण्डको हातमा अहिले ‘प्रधानमन्त्री’बाहेक केही छैन ।

सरकारका महत्वपूर्ण मन्त्रालय गृह, रक्षा, अर्थ, परराष्ट्र माओवादीसँग छैनन् । रास्वपाका रवि लामिछाने गृहमन्त्री छन्, अर्थ, परराष्ट्र, रक्षा जस्ता पावरफुल मन्त्रालय एमालेले आफूसँगै राखेको छ ।

एमालेले मन्त्रालय मात्र होइन, सरकार चलाउने चाबीसमेत आफ्नै हातमा राखेको छ– उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा । सरकार गठनमा सहमति हुने बेलामै ओलीले सत्ता साझेदार दलहरू सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउने सहमति गराए र सोको संयोजक आफैँ बसे ।

अहिले बनेको मन्त्रिपरिषद्मा कसलाई कुन मन्त्रालय दिने भन्ने पनि ओलीकै डिजाइनमा भएको कांग्रेस नेताहरूले बताउँदै आएका छन् । सरकारको चाबी कसको हातमा छ भन्ने थप पुस्ट्याइँ गर्ने अर्को दृश्य हो– सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रम ।

सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा एमाले अध्यक्ष ओली बीचमा अझ नेपालको निशान छापको तल बसे भने प्रधानमन्त्री प्रचण्ड उनको साइडमा बसेका थिए । जब कि संविधानले प्रधानमन्त्री र सरकार चिन्छ, कुनै पनि नामको संयन्त्र चिन्दैन ।
संघसँगै प्रदेश सरकारको बाँडफाँटमा पनि ओलीकै डिजाइनले काम ग¥यो । त्यतिमात्र होइन, मन्त्रिपरिषद्को विषयमा देशको प्रधानमन्त्री अर्को पार्टीको अध्यक्षको घरमा गएर लामो समय व्यतीत गरेको विषयले पनि उनी पिँजडामा छन् भन्ने पुष्टि हुने तर्क शर्माले पेस गरेका छन् ।

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई पिँजडाबाट बाहिर ल्याउन अहिलेको सत्ता समीकरण भत्काउनुपर्ने हुन्छ । समीकरण भत्काउन एमालेलाई सत्ताबाहिर बस्न बाध्य पार्नुपर्छ । त्यसका लागि एमालेले माओवादीसँग गरेको बाचा पूरा हुन नदिने तयारीमा कांग्रेस जुटेको छ ।

नेपाली कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले पनि अहिलेको सत्ता समीकरण भत्काउन काम भइरहेको मुखै खोलेर बताइसकेका छन् ।

नेता भण्डारीले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर बनेको गठबन्धन भत्काउने मिसनमा पार्टी रहेको बताएका छन् । प्रतिपक्षलाई ‘वेटिङ गभरमेन्ट’ भनिए पनि भण्डारीले जस्तै ‘हामी सरकार ढाल्ने मिसनमा छौँ’ भनेर मुखै फोरेर बोलेको भने राजनीतिक इतिहासमा कमै पाइन्छ ।

उनका अनुसार एमालेले कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको माओवादीलाई प्रधानमन्त्री दियो र कांग्रेससँगको गठबन्धन टुट्यो । अब एमालेसँग भएको माओवादीको गठबन्धन कांग्रेसले टुटाउने बताइरहँदा यो गठबन्धन टुट्ने आधारबारे चर्चा स्वाभाविक हो ।

भण्डारीले कांग्रेस ‘सरकार ढाल्ने मिसन’मा रहेको बताइरहँदा पार्टी सभापति शेरबहादुर देउवा पनि त्यही हठमा रहेको कांग्रेस वृत्तमा चर्चा छ । कांग्रेसका एक पदाधिकारीका अनुसार देउवा राजनीतिमा केही परिवर्तन नगराएसम्म बूढानीलकण्ठस्थित आफ्नो घर पनि नजाने हठ लिएर बसेका छन् ।

प्रचण्डले राष्ट्रपतिका लागि कांग्रेसलाई बचन दिएको उनको भनाइ छ । राष्ट्रपतिको निर्वाचनमा फ्लोर क्रस गरेर भए पनि माओवादीले कांग्रेसलाई मतदान गर्ने बचन दिएका कारण कांग्रेसले माओवादीलाई विश्वासको मत दिएको ती नेताले बताए ।

‘प्रचण्डले हामी (कांग्रेस)सँग राष्ट्रपतिका लागि बचन दिनुभएको छ । अहिले उहाँ (प्रचण्ड) को भाषाशैलीले निरीह बन्नुभएको हो कि ! झैँ लागेको छ । स्पष्टसँग बोल्न नसकेकै कारण उहाँ पिँजडामा हुनुहुन्छ भन्ने हाम्रो पार्टीको धारणा हो,’ ती पदाधिकारीले भने ।

राष्ट्रपतिको निर्वाचन भइसकनुपर्ने मिति आउन २२ दिनमात्र बाँकी छ । राष्ट्रपतिको निर्वाचनअघि कांग्रेसको केन्द्रीय समिति बैठकसमेत नबस्नेतर्फ उनको संकेत छ ।

माघ १५ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइए पनि अर्को अवस्था सिर्जना नभएसम्म बैठक सारिन सक्ने उनको भनाइ छ ।
कांग्रेसले राष्ट्रपतिका लागि गरेको अभ्यासबारे एमाले चनाखो छ । तर, एमालेसँगको गठबन्धन भत्काउन पनि प्रचण्ड तयार हुन्छन् कि हुँदैनन् भन्ने विषय प्रमुख बनेको छ । ‘विश्वजीले भनेजस्तै प्रधानमन्त्री पिँजडाबाट बाहिर आउन चाहनुहुन्छ भने उहाँले बचन पूरा गर्नुपर्छ । उहाँले आफ्नो बचन पूरा गर्नुभएन भने अझै लामो समय पिँजडामै बस्नुपर्ने हामीले देखिसक्यौँ । त्यसपछि कांग्रेसले केही अरू रणनीति अपनाउला । हाललाई कांग्रेस प्रचण्डले दिएको बचनको पर्खाइमा छ,’ उनले भने ।

तत्कालीन नेकपा हुँदा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको मतभेदका कारण माधव नेपाललाई लिएर सडकमा पुगेका प्रचण्डले आफू प्रधानमन्त्री बन्दा नेपाललाई समेत वास्ता नगरेको जस्तो देखिएको छ ।

त्यसको पछाडिको कारण पनि अहिलेको सत्ता समीकरण टुटेको अवस्थामा माधव नेपाल र कांग्रेसलाई लिएर सरकारमा जाने प्रचण्डको तयारी रहेको हुन सक्ने नेपाली राजनीतिका जानकारहरू बताउँछन् । क्यानाडानेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी
  • २०७९ माघ ८, आईतवार १०:५३
  • In "BannerNews"
  • एमाले-माओवादी सत्ता साझेदारीमा संशय
  • २०७९ माघ ८, आईतवार १०:५३
  • In "BannerNews"
  • सोमबार प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण, यस्तो छ ४६ सदस्सीय टोली
  • २०७९ माघ ८, आईतवार १०:५३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

मतदाता परिचयपत्र छ, नागरिकता छैन

चीनमा फेरि तीव्र रूपमा फैलिंदै कोरोना, नेपालमा पनि जोखिम

ऋणात्मक जन्मदरका कारण चीनको जनसंख्या घट्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version