• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रहरी हिरासतमा मृत्युकाण्ड : दोषीमाथि कडा कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन


प्रहरी हिरासतमा मृत्युकाण्ड : दोषीमाथि कडा कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा पल्टु रविदासको मृत्यु भएको घटनामा दलित जनमत संघले जनकपुरमा प्रदर्शन गरेको छ । सोमबार दिउँसो संघले दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा उनको हत्या गरिएको दाबी गर्दै जनमत पार्टीका भातृ संगठन दलित जनमत संघले पाँच बुँदे माग अघि सार्दै जनकपुरका विभिन्न ठाउँमासमेत प्रदर्शन गरेको हो ।

धनुषाका एसपी प्रकाश रानाभाटलाई कारबाही, प्रहरी छानबिन पारदर्शी, पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था र प्रहरी आतंक रोक्न, दलित हत्या बन्दको माग गर्दै संघले प्रदर्शन गरेको दलित अगुवाहरुले बताएका छन् ।

धनुषामा दलित समुदायको व्यक्तिहरूको प्रहरी हिरासतमा पटकपटक यस्ता प्रकृतिका घटनाहरू बारम्बार दोहोरिँदै आएकाले यस्ता घटनालाई न्यायालय, नेपाल सरकार मातहत रहेको सुरक्षा निकाय मधेसमा सुरक्षा दिनुको सट्टा ज्यान मार्ने निकाय बनेको जनमत पार्टीको ठहर छ ।

जनमत पार्टीले अघि सारेको माग पूरा गर्न भन्दै केहीबेर जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्र समेत पठाएका छन् ।

‘हिरासतमा स्वयम् आत्महत्या गरेको अथवा हिरासतमै यातना दिई षडयन्त्रपूर्वक हत्या गरी झुण्डिएको हो भन्ने कुरा शंकास्पद रहेकाले जनमत पार्टी धनुषाले उक्त घटनाको न्यायिक समिति गठन गर्दै सत्यतथ्य छानबिन, दोषीलाई कडाभन्दा कडा कारबाही र पल्टु रविदासलाई न्याय तथा क्षतिपूर्तिको व्यवस्थापन गर्न जोडदार माग गर्दछौं,’ ज्ञापनपत्रमा लेखिएको छ ।

गएको साउन १५ गते लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदास हिरासतकक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो झुण्डिएको अवस्थामा भेटिएका थिए ।

धनुषा प्रहरीले उनले हत्या गरेको दाबी गरे पनि पीडित परिवार, दलित अगुवा तथा जनमत पार्टीले पल्टुको हत्या भएको दाबी गर्दै आएको छ ।

निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै घटना भएकै दिनदेखि दलित अगुवाको नेतृत्वमा प्रदर्शन भइरहेको छ ।

लगातार दुई दिनदेखि उनीहरूले जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा प्रदर्शन गर्दै केहीबेर चक्काजाम समेत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिरासतमा थुनुवा मृत्यु प्रकरण : पीडित परिवार शव बुझ्न तयार, ड्युटीमा खटिएका प्रहरी निलम्बित
  • २०७८ श्रावण १८, सोमबार १८:००
  • In "देश"
  • सुजाता शाह रिहाईको माग गर्दै साहु महाजन संघर्ष समिति आन्दोलित
  • २०७८ श्रावण १८, सोमबार १८:००
  • In "मधेश प्रदेश"
  • सिके राउतका जनमत पार्टीविरुद्ध बर्दिबासका कर्मचारीहरुले गरे प्रदर्शन
  • २०७८ श्रावण १८, सोमबार १८:००
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

गोलबजार नगरबासीको सन्तुष्टि नै मेरो सन्तुष्टिः प्रमुख प्रशासकीय अधिकृत केसी

घातक चिनियाँ ओबिओआर: ३० वर्षसम्म चिनियाँले सञ्चालन गरेपछि पार्क सरकारलाई हस्तान्तरण गर्ने !

चिनियाँ कम्पनीले डुब्लेकेट समान बेच्दा नि कार्यवाही गर्न गर्हो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version