No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दशैँपछि प्रदेश २ को नाम र राजधानी टुंग्याउने तयारी, प्रदेशको नाम मधेस, मिथिला कि जानकी ?

दशैँपछि प्रदेश २ को नाम र राजधानी टुंग्याउने तयारी, प्रदेशको नाम मधेस, मिथिला कि जानकी ?

धनुषा: संघीय संरचना कार्यनन्वयनमा आएको अढाई वर्ष बितिसक्दासमेत टुंगो लाग्न नसकेको प्रदेश २ को स्थायी राजधानी र नामकालागि दशैँपछि प्रयास थालिने भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दसैँपछि नाम र स्थायी राजधानी टुंग्याउने विषयमा सदनसँगै दलहरूसँग आन्तरिक सहमतिको प्रयास थालिने जानकारी दिएका छन् ।

राजधानीको विषयमा सबै दलहरू एकमत रहे पनि नामकरणको विषयमा दलहरूको आ–आफ्नै अडानले थप राजनीति किचलो बढ्ने देखिएको छ । गत फागुनमा सदनमा लगेको प्रस्ताव फेल भएको सात महिना बित्न लाग्दासमेत नाम र राजधानी विवाद टु्ंग्याउने दलहरूले अग्रसरता देखाएको छैन् ।

यसअघि प्रदेश सरकारले नाम र राजधानीको प्रस्ताव ल्याउन नसकेपछि सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित संसदीय समितिले दलहरूसँग छलफल गरेर विवाद टुंग्याउन प्रस्ताव लगेपछि ४ चैतमा मतदान भएको थियो ।

तर, नामकरण सन्दर्भमा सत्तारूढ तत्कालीन राजपा र समाजवादी पार्टीको संयुक्त प्रस्ताव ‘मधेस प्रदेश’ प्रस्ताव अस्वीकृत भएपछि जनकपुर राजधानीका लागि दलहरूबीच सहमती जुटिसक्दासमेत सो प्रस्ताव फेल गराइएको थियो ।

‘संसदीय विशेष समितिमा जनकपुरलाई राजधानी बनाउन सबै दलले सहमति जनाइ सकेको थियो,’ नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भन्छन्, ‘तर, मधेश प्रदेश पारित नभएको आक्रोशमा सत्ताधारी दलका सांसदले नै विपक्षमा मतदान गरेपछि राजधानीको पनि टुंगो लाग्न सकेन । छिट्टै नाम र राजधानी टुंग्याउन हामीले भन्दै आएका छौँ ।’

प्रदेश–२ को राजधानी जनकपुर र नाम मिथिला भोजपुरा नै कायम हुनुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको उनले बाए । तर, सत्तारूढ जसपा भने प्रदेशको राजधानी जनकपुर राख्न सहमत भए पनि नामकरण जसरी पनि मधेस प्रदेश राख्नुपर्ने अडानमा छ ।
मधेसको पहिचान र सहिदको सपना पुरा गर्न प्रदेश २ को नाम मधेस प्रदेश नै हुनुपर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री यादवको भनाइ छ ।

‘मिथिलाको सम्मान हुनुपर्छ तर पहिचानकै लागि धेरैले सहादत दिएका छन् । गोली खाएका छन् । त्यसैले मधेस प्रदेश नामको कुनै विकल्प छैन् । पूर्वमाओवादीका साथीहरू यसमा सहमत पनि भइसकेका छन् तर काठमाडौंको ठाडो हस्तक्षेपले हुन सकेन हामी फेरि पनि सहमतिका लागि प्रायसरत छौँ,’ उनले भने ।

नाम र राजधानी टुंग्याउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित समितिले फेरि प्रक्रिया अघि बढाउने मन्त्री यादवको भनाइ छ ।

१०७ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा सत्ताधारी दलका ५५, नेकपाका ३२, नेपाली कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका १ जना सांसद छन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेशको स्थायी राजधानी र नाम तोक्न दुई तिहाइ अर्थात ७२ मत जरुरी हुन्छ ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

Next Post
देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न बाबुरामलाई कांग्रेसको चुनौती

देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न बाबुरामलाई कांग्रेसको चुनौती

सरकारका लागि सवा १८ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?

सरकारका लागि सवा १८ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?

सावधान हुनुस्, डलर साट्ने भन्दै यसरी लुटछन् लुटेराले

सावधान हुनुस्, डलर साट्ने भन्दै यसरी लुटछन् लुटेराले

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .