No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यस्तो पवित्र सहर, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

यस्तो पवित्र सहर, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

भारत : वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ। कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन्।भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् जहाँ हरेक वर्ष हजारौँ हिन्दू श्रद्धालु आफ्नो अन्तिम दिनहरू बिताउन आउने गर्छन्। गङ्गाको किनारमा मृत्युवरणले उनीहरूको त्यहीँ अन्त्येष्टि गरिनेछ र उनीहरूको खरानीलाई नजिकको सिँढीहरू वा ‘घाटहरू’ मा पानीमा छरिन्छ भन्ने ग्यारेन्टी दिन्छ। हिन्दूहरू यसबाट पुनरजन्मको चक्रबाट मुक्ति सुनिश्चित गर्छ भन्ने विश्वास गर्छन्।

९२ वर्षीय बद्रीप्रसाद अग्रवालले सुदूर पश्चिमी राजस्थानबाट धेरै दिनसम्म एक हजार किलोमिटरभन्दा लामो यात्रा गरे। आफू मर्नका लागि सही ठाउँमा भएको थाहा पाएर शान्तिपूर्वक पर्खन पाउँदा उनी खुशी थिए। लामो र कठिन जीवनको अन्तिम अवस्थामा आराम गर्दै उनले भने, “यो भगवान्को आफ्नै भूमि हो।” उनका अनुसार उनको भगवानले उनलाई अझै पाँच महिना बाँच्ने बताएका छन्। उनी एउटा धर्मशालामा समय बिताउन सन्तुष्ट छन्। धर्मशालाले अतीतको शान्त चिन्तनमा आफ्ना अन्तिम दिनहरू बिताउन आउनेहरूलाई सेवा गर्दछ। अग्रवालले भने, “म हरेक दिन भगवानसँग कुरा गर्छु, चाँडै नै म भगवान्को घरमा शान्तिसँग हुनेछु।”

सहरका धेरै ‘मुक्ति घर’ मध्येको एक ‘मुक्ति खोज्नेहरूको घर’ भनिने मुमुक्षु भवन धर्मशाला नामक परोपकारी अतिथिगृहमा बस्नका लागि उनले ठाउँ पाएका छन्। केन्द्रमा ४० वटा कोठा छन्। धर्मशालाले वाराणसीमा मर्न आउने हजारौँ मानिसलाई सेवा दिन्छ। नदीबाट केवल एक मिनेटको पैदल दूरीमा रहेको उक्त धर्मशाला नदीबाट सबैभन्दा नजिक रहेकाले अग्रवाल त्यहाँ आउन पाउँदा प्रसन्न छन्। अनादिकालदेखि भइरहे जस्तै त्यहाँ दाहसंस्कारको आगो कहिल्यै निभ्दैन। बनारसको नामबाट पनि चिनिने हिन्दूहरूका लागि उत्तरी सहर वाराणसी विश्वको सबैभन्दा पवित्र स्थानमध्येको एक हो। यो संहारका देवता भगवान् शिवको सहर हो। हिन्दूहरू भगवान् शिवले पुनःनिर्माण गर्नुअघि नष्ट गर्ने बताउँछन्। ‘मोक्ष’ अर्थात मुक्तिको खोजीमा मानिसहरू शताब्दीयौँदेखि यहाँको यात्रा गर्दै आएका छन्।

मोक्ष धर्मशालामा केही एक्लै आउँछन् र परोपकारमा निर्भर हुन्छन् भने केही विवाहित जोडी पनि आउँछन्। अन्यले आफ्नो जीवनको बचत आफ्नो मार्ग तिर्न प्रयोग गर्दछन् वा आफ्नो हेरचाहका लागि आफन्तहरूलाई साथमै ल्याउँछन्। बिरामीका लागि चिकित्सा सुविधा छ तर यो पवित्र सहरमा मृत्युमा शोक गर्ने कुरा होइन। यसको सट्टा यसलाई आशीर्वाद मानिन्छ किनकि भक्तहरूमा उनीहरूको आत्माले जीवन र मृत्युको चक्रबाट मुक्ति पाउनेछ भन्ने बुझाइ छ। ७२ वर्षीया नादी बाई दुई वर्षअघि मणिकर्णिका घाट दाहसंस्कार स्थलबाट आफ्नो समयको प्रतीक्षा गर्दै वाराणसी गइन्। “मेरो दाहसंस्कार होस् भन्ने म चाहन्छु जसबाट मेरो आत्मालाई शान्ति प्राप्त होस् र मेरो खरानी गङ्गामा विसर्जन होस्”, उनले भनिन्।

उनले मोक्ष अगाडि छ भन्ने प्रबल विश्वासमा मृत्युवरण गरेकाहरूको उत्सव हेरेकी छन्। “मानिसहरूलाई दाहसंस्कारका लागि लैजाँदा तपाईंलाई भगवानको जस्तै सिंहासनमा बसाएको जस्तो लाग्दछ”, उनले भनिन्, “त्यहाँ धेरै सम्मान छ र सबै कुरा राम्रो तरिकाले गरिन्छ।” गुलाब बाई ३० वर्षअघि आफ्ना श्रीमानसँग यहाँ आएकी थिइन्। सात वर्षअघि उनको श्रीमानको मृत्यु भयो। अहिले हुर्किसकेका छोराछोरी भेट्न आउँदा उनी जान तयार छैनन्। हिन्दू धर्मको पवित्र रङ भगवा साडी लगाएकी ९१ वर्षीया बाई शान्तिपूर्वक आफ्नो प्रतीक्षा गरिरहेकी छन्। “यहाँ मृत्युवरण गर्दा र अन्त्येष्टि गर्दा जीवन र मृत्युको अन्तहीन चक्र तोडिन्छ, त्यसपछि मलाई मोक्षा प्राप्त हुनेछ”, उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
इजरेलमा अमेरिकीहरूको हत्या गरेको भन्दै हमासका ६ नेताविरुद्ध अमेरिकामा मुद्दा

इजरेलमा अमेरिकीहरूको हत्या गरेको भन्दै हमासका ६ नेताविरुद्ध अमेरिकामा मुद्दा

उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा

उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .